मुख्य समाचार
मिसेल योहले ओस्करमा रचेको इतिहास
मिसेल योहले ओस्करमा रचेको इतिहास

— एसियाली कलाकारका लागि ९५ औं ओस्कर रेकर्ड राख्ने वर्ष बन्यो । मिसेल योहले उत्कृष्ट अभिनेत्रीको ओस्कर जित्ने पहिलो एसियाली कलाकारको इतिहास रचिन् ।

'एभ्रिथिङ एभ्रिह्वेर अल एट वन्स'मा निभाएको चरित्रबाट मलेसियन अभिनेत्री योहले यो रेकर्ड बनाएकी हुन् । यो वर्ष उत्कृष्ट फिल्मसँगै ७ विधामा अवार्ड उचालेको 'एभ्रिथिङ एभ्रिह्वेर अल एट वन्स'मा योह एभ्लिन वाङको भूमिकामा देखिएकी छिन् । लौन्ड्री व्यवसाय चलाउने चिनियाँ–अमेरिकी वाङले आफ्नो फरक स्वरुपलाई मल्टिभर्समा कसरी भेटाउँछिन् अनि विश्व जोगाउन कस्तो कदम चाल्छिन् भन्ने कथा फिल्ममा देखाइएको छ ।

'सबै पुरुष र महिलाहरु जो मजस्तै देखिनुहुन्छ, ज-जसले मलाई आज यहाँ हेर्दै हुनुहुन्छ । यो आशा र सम्भावनाको किरण हो,'ओस्कर उचाल्दै योहले भावुक मुद्रामा भनिन्,'सपना साकार हुन्छन् भन्ने यो प्रमाण हो ।अनि महिलाहरु, तपाईं कसैलाई पनि यो भन्न नदिनुस् कि तिम्रो उमेर गयो । हिम्मत नहार्नुस् ।'

आफूले उचाल्दै गरेको ओस्करको श्रेय आमालाई सुम्पदै योहले थपिन्,'मेरी आमा ८४ वर्षको हुनुभयो । म यो अवार्ड उहाँसामू पुर्‍याउन चाहन्छु । उहाँले मलाई मलेसियाबाट हेर्दै हुनुहुन्छ । धन्यवाद एकेडेमी, यो अवार्ड इतिहास बन्दैछ ।'


योहले भनेझैं ओस्कर दाबेदार केट ब्लान्चेटलाई पछाडि पार्दै ६० वर्षीया उनी उत्कृष्ट अभिनेत्रीको विधामा रेकर्ड तोड्ने पहिलो एसियाली अभिनेत्री हुन् । मलेसियाको इपोमा जन्मेकी योहले हङकङको एक्सन फिल्महरुबाट अभिनय करिअर सुरु गरेकी हुन् । आफ्नो फिल्म करिअरमा आङ लीको 'क्रोचिङ टाइगर, हिडन ड्र्यागन'देखि 'सुपरकप', 'टुमोरो नेभर डाइज' र 'क्रेजी रिच एसियन्स'लगायतका फिल्महरुमा योहले अभिनय गरिन् । जब ड्यानिएलको 'साई-फाई' फिल्म 'एभ्रिथिङ एभ्रिह्वेर अल एट वन्स'मा एभ्लिनको भूमिका पाइन्, त्यसमा योहले आफ्नो अभिनयको सबै क्षमतालाई पस्किदिइन् । फिल्ममा मल्टिभर्स चाहरिरहे पनि एक आमाले छोरीलाई गर्ने प्रेम, परिवार र आफ्नो जिम्मेवारीप्रति देखाउने इमान्दारितालगायतका थुप्रै पाटोलाई छोएको छ ।

ओस्कर अवार्डमा 'एभ्रिथिङ एभ्रिह्वेर अल एट वन्स'को वर्चश्व, क–कसले जिते ? [सूचीसहित]
ओस्करमा यो इतिहास रच्न एसियाली कलाकारलाई लामो समय लागेको मिसेलले हालै 'द हलिउड रिपोर्टर'लाई बताएकी थिइन् । 'यो समय आउन निकै बेर लाग्यो । अहिले धेरै एसियालीहरुले मलाई तिमी यो गर्न सक्छौ, तिमी हाम्रो लागि त्यहाँ पुग्यौं भन्दैछन् । मलाई थाहा छ, यो लामो समय एसियालीलाई कसैले चिनेन अनि उनीहरुका कुरालाई सुनिदिएन ।'

योह उत्कृष्ट अभिनेत्रीको मनोनयमा पर्नु नै इतिहास बन्यो । एसियाली पुष्ठभूमिकी मर्ल ओब्रन ओस्करको ८ औं संस्करणमा यही विधामा मनोनयमा परेकी थिइन् । 'द डार्क एन्जल'मा गरेको किटी भेनको चरित्रबाट उनी मनोनयनमा परेकी थिइन् । तर, श्रीलंकाकी उनले त्यतिबेला आफ्नो पृष्ठभूमि लुकाइएकी थिइन् । योह अस्कर जित्ने पाँचौं एसियाली कलाकारमा पर्छिन् भने उत्कृष्ट अभिनेत्री जित्ने पहिलो ।

यो वर्ष ओस्करमा अभिनयको विधामा चार एसियाली कलाकारको मनोनयन पर्‍यो । अभिनेत्री योहसँगै 'एभ्रिथिङ एभ्रिह्वेर अल एट वन्स'मा सह-अभिनेताको भूमिकामा देखिएका 'के ह्ये क्वान' र 'स्टेफनी सु', 'हङ चाउ' मनोनयनमा परेका थिए । त्यससँगै 'एभ्रिथिङ एभ्रिह्वेर अल एट वन्स'का निर्देशकद्वाय ड्यानिएल क्वान र ड्यानिएल साइनर्ट, निर्माता जोनाथन वाङ, लेखक काजिओ इसिगुरो(लिभिङ), डोमी सी(टर्निङ रेड), भारतीय गीतकार/कम्पोजर चन्द्रबोस(आरआरआर) र एमएम किरावानी(आरआरआर) यो वर्ष ओस्कर मनोनयमा परेका अन्य एसियाली कलाकारहरु हुन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
ढिलो साँझ परेको डालसको आँगनमा सूर्यका किरण मधुरा हुन थालेका थिए । घाम पश्चिम क्षितिजमा पुग्नै लागेको बेला झकिझकाउ मञ्चमा देखिए अमृत गुरुङ । परिचयको कुनै फुर्को जोडिरहनु नपर्ने अमृतलाई सुन्न उनका फ्यानहरु आतुर थिए । उत्तर फर्किएको मञ्चमा उनी उभिनासाथ तालीको गडगडाहट सहित दर्शकले उत्तेजना र उमंग मिसिएको लवजमा उनको स्वागत गरे । दर्शकलाई नमस्ते ...
। प्रंशसकलाई चक्मा दिंदै विश्वचर्चित अमेरिकी रक ब्याण्ड लिंकिन पार्कले सात वर्षपछि नयाँ लाइनअपसहित जबर्जस्त पुनरागमन गरेको छ । एमिली आर्मस्ट्रङ र कोलिन ब्रिटन क्रमशः सहभोकलिस्ट र ड्रमर-सहनिर्माताको रूपमा सामेल भएका छन् । पुनरागमनसँगै ब्याण्डले विश्व टुरको घोषणा गरेको छ । त्यसअघि नोभेम्बर १५ मा ब्याण्डको नयाँ एल्बम ‘फ्रम जिरो’ रिलिज तयारीमा छ । टुरअन्तर्गत चार ...
। शर्तसहित प्रतिबन्ध हटाउने सरकारको निर्णयपछि टिकटकका प्रतिनिधिहरु काठमाडौं आएका छन् । उनीहरुले बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरकारले राखेका शर्तहरुबारे छलफल गरेका छन् । टिकटकको सिंगापुरस्थित कार्यालयबाट आएका तीन जना प्रतिनिधिले सरकारले राखेका शर्तहरु पूरा गर्ने प्रतिवद्धता पत्र तुरुन्तै दिन सकिने बताएका मन्त्रालय स्रोतले बताएको छ । स्रोतका अनुसार टिकटकले सरकारले राखेका शर्तबाहेक अन्य विषयमा ...
। फिल्म ‘शाम्बाला’को प्रिमियरमा सहभागी हुन बलिउड निर्देशक अनुराग कश्यप र अभिनेता नवाजुद्दिन सिद्दिकी आउँदो शनिबार नेपाल आउने भएका छन् । आउँदो आइतबार फिल्मको प्रिमियर समारोह आयोजना गरिएको छ । निर्देशक तथा निर्माता मीनबहादुर भामका अनुसार यी दुई भारतीय कलाकारले फिल्म समेत हेर्नेछन् । अभिनेता सिद्दिकीले बर्लिनमै फिल्म हेरिसकेको र ठूलो पर्दामा हेर्ने इच्छा जनाएका निर्देशक ...
। गायन रियालिटी शो ‘भ्वाइस अफ नेपाल’को छैटौं सिजन सुरु भएको छ । यतिबेला ब्लाइन्ड अडिसनका लागि १२० जना प्रतियोगी छनोट भएका छन् । निर्देशक लक्ष्मण पौडेलले यसपटक उत्साहजनक सहभागिता पाइएको बताए । उनका अनुसार डिजिटल अडिसनमा ४० हजार आवेदन आएका थिए । जसबाट दुई हजार जनाले फिजिकल अडिसनमा भाग लिए । तीमध्येबाट १२० जना ब्लाइन्डमा ...