मुख्य समाचार
९५ औं ओस्कर अवार्ड : 'एभ्रिथिङ एभ्रिह्वेर अल एट वन्स' उत्कृष्ट फिल्म
९५ औं ओस्कर अवार्ड : 'एभ्रिथिङ एभ्रिह्वेर अल एट वन्स' उत्कृष्ट फिल्म

— ९५ औं संस्करणको ओस्कर (एकेडेमी अवार्ड) अवार्डमा 'एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स' उत्कृष्ट फिल्म घोषणा गरिएको छ । यो फिल्मले उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशन, उत्कृष्ट अभिनेत्री, उत्कृष्ट सम्पादन, ओरिजिनल स्क्रिनप्ले, उत्कृष्ट सहअभिनेता, उत्कृष्ट सहअभिनेत्री गरी ७ विधाको अवार्ड हात पारेको छ ।

यही फिल्मबाट उत्कृष्ट निर्देशकको अवार्ड डानिएल क्वान र डानिएल साइनर्ट पाएका छन् । उक्त फिल्मबाटै उत्कृष्ट सहअभिनेता र उत्कृष्ट सहअभिनेत्रीको अवार्ड के ह्ये क्वान र जेमी ली कर्टिसले उचालेका छन् । फिल्मले ओरिजिनल स्रिकनप्लेको ओस्कर पनि पाएको छ ।

सोमबार बिहान भएको ओस्कर अवार्ड समारोहमा एडवर्ड बर्गर निर्देशित 'अल क्वाइट अन द वेस्टर्न फ्रन्ट' ले तीन विधाको अवार्ड आफ्नो पोल्टोमा पारेको छ । यो फिल्म यसपटकको ओस्करको उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्म घोषणा गरिएको छ । यस फिल्मले उत्कृष्ट सिनेम्याटोग्राफी र बेस्ट ओरिजिनल स्कोरको अवार्ड समेत पाएको छ ।

एस एस राजामौली निर्देशित तेलुगु फिल्म ‘आरआरआर’को गीत 'नाटु नाटु' ले ९५ औं संस्करणको ओस्कर अवार्डमा ओरिजिनल सङको उपाधि पाएको छ ।

यस्तै, एनिमेटेड फिचर फिल्मका लागि 'ग्विलेर्मो डेल ट्रोज पिनोसियो' ले ओस्कर अवार्ड पाएको छ । डकुमेन्ट्री फिचरको अवार्ड 'नाभल्नी' र डकुमेन्ट्री सर्टको अवार्ड 'द एलिफेन्ट विस्परर्स'ले पाएको छ ।हेयर एन्ड मेकअप स्टाइलिङको अवार्ड 'द ह्वेल' ले पाएको छ । सर्ट फिल्म (एनिमेटेड)को अवार्ड 'द ब्वोई, द मोल, द फक्स एन्ड द हर्स' र सर्ट फिल्म (लाइभ एक्सन)को अवार्ड एन आइरिस गुडबाई'ले पाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बलिउड अभिनेता सलमान खानको मुम्बईस्थित घरबाहिर गोली चलाउने दुवै आरोपी गुजरातको भुजबाट पक्राउ परेका छन् । घटनाको अनुसन्धान गरिरहेको मुम्बई क्राइम ब्रान्चको टोलीले सोमबार राति उनीहरुलाई पक्राउ गरेको हो । भारतीय सञ्चारमाध्यमका अनुसार दुवै जनालाई पश्चिमी कच्छबाट पक्राउ गरेको गुजरात प्रहरीले पुष्टि गरेको छ । प्रहरीले मंगलबार दुवै आरोपीसँग सोधपुछ गर्ने जनाइएको छ । यी दुवै ...
। रोयल्टीलाई लिएर संगीत वितरक युनिभर्सल म्युजिक ग्रुप र टिकटकबीचको विवाद साम्य भएको छ । यो सहमतिसँगै टिकटकबाट हटाइएका टेलर स्वीफ्ट र रिहानाका गीत प्लाटफर्ममा फर्किएका छन् । आगामी साता गायिका स्वीफ्टको बहुप्रतीक्षित नयाँ एल्बम ‘द टर्टर्ड पोएट्स डिपार्टमेन्ट’ रिलिज हुनुअघि यो लोकप्रिय सामाजिक सञ्जालमा उनका गीतहरु फिर्ता आएका हुन् । सीएनएनका अनुसार टिकटकको नयाँ संगीत क्याटालगमा ...
। विश्वभर युट्युबमा सबैभन्दा धेरै सब्सक्राइबर भएका सेलिब्रेटी युट्युबर मिस्टर बिस्टले नेपालको एक अस्पतालको मर्मतसम्भार गर्दै नयाँ जीवन दिएका छन् । डिसेम्बरमा उनको टिम नेपाल आइपुगेको थियो । बिस्टले नयाँ भिडियो सार्वजनिक गर्दै आफ्नो टिमले सिन्धुलीको फिक्कल गाउँपालिकाको मर्मत गरेकोबारे जानकारी दिएका छन् । भिडियोमा जाडो र औषधोपचारको अभावमा बच्चा गुमाएकी स्थानीय महिला नीराको मर्मस्पशी कथा देखाइएको ...
। भारतको मुम्बईस्थित बान्द्रा क्षेत्रमा रहेको ग्यालेक्सी अपार्टमेन्टको धेरै चर्चा हुन्छ । आइतबार झिसमिसेमै यो समुन्द्री किनारको अपार्टमेन्टमा चार राउण्ड हवाई फायर भयो । त्यसपछि फेरि एकपटक यो अपार्टमेन्टको चर्चा विश्वभर फैलिएको छ । मोटरसाइकलमा सवार दुईजनाले यो घटना गराएपछि उनीहरु फरार छन् । प्रहरीले घटनामा संलग्न एकजनाको पहिचान गरिएको जनाएको छ । प्रहरीले दुवैजना आक्रमणकारीको ...
। बलिउड अभिनेता सलमान खानको मुम्बईस्थित घरबाहिर आइतबार बिहान फायरिङ भएको छ । भारतीय सञ्चारमाध्यमका बान्द्रास्थित ग्यालेक्सी अपार्टमेन्ट अगाडि बिहान ५ बजेतिर दुई मोटरसाइकलमा सवार व्यक्तिले चार राउण्ड फायर गरेका थिए । घटनापछि घरको सुरक्षा बढाइएको छ । मुम्बई प्रहरीको अपराध शाखाका अधिकारी अनुसन्धानका लागि त्यहाँ पुगेका छन् । गोलीबारी हुँदा सलमान घरमा थिए । उनलाई ...