मुख्य समाचार
९५ औं ओस्कर अवार्ड : 'नाटु नाटु' उत्कृष्ट गीत
९५ औं ओस्कर अवार्ड : 'नाटु नाटु' उत्कृष्ट गीत

— एस एस राजामौली निर्देशित तेलुगु फिल्म ‘आरआरआर’को गीत 'नाटु नाटु' ले ९५ औं संस्करणको ओस्कर अवार्डमा ओरिजिनल सङको उपाधि पाएको छ ।

यसअघि 'नाटु-नाटु' गीतले गोल्डेन ग्लोबको ८०औं संस्करणमा 'नाटु-नाटु' गीतले 'बेस्ट ओरिजिनलन संग मोसन पिक्चर' को अवार्ड हात पारेको थियो ।

जुनियर एनटीआर र रामचरण अभिनय रहेको चलचित्रको यो गीत विश्वभर मन पराइएको थियो । चन्द्रबोशको शब्द रहेको तेलुगु भाषाको यस गीतको कम्पोज भने एमएम कीरवणीले गरेका हुन् । त्यस्तै यस गीतमा स्वर दिएका छन् राहुल सिपलीगन्ज र काल भैरवले । गीतको छायांकन रुसी आक्रमणको केही अघि मात्रै सन् २०२१ अगस्टमा युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्की निवास मरिन्स्की दरबारमा भएको थियो ।

आखिर फिल्ममा के मिसाउँछन् राजामौली ?

९५ औं संस्करणको ओस्कर (एकेडेमी अवार्ड) पुरस्कार अन्तर्गत विभिन्न विधामा विजेता घोषणा भइरहेको छ । सोमबार बिहान भएको ओस्कर अवार्ड समारोहमा एडवर्ड बर्गर निर्देशित 'अल क्वाइट अन द वेस्टर्न फ्रन्ट' ले तीन विधाको अवार्ड आफ्नो पोल्टोमा पारेको छ । यो फिल्म यसपटकको ओस्करको उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्म घोषणा गरिएको छ । यस फिल्मले उत्कृष्ट सिनेम्याटोग्राफी र बेस्ट ओरिजिनल स्कोरको अवार्ड समेत पाएको छ ।


फिल्मले विश्वयुद्धका बेला एक जर्मन युवा सैनिकको भोग्ने त्रासदीपूर्ण अनुभवलाई पर्दामा उतारेको छ । यो फिल्मले गत फेब्रअरीमा सम्पन्न बाफ्टा (ब्रिटिश एकेडेमी अफ फिल्म एन्ड टेलिभिजन आर्टस्) अवार्डको उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशक, उत्कृष्ट गैरअंग्रेजी फिल्म, उत्कृष्ट सिनेम्याटोग्राफी लगायतका सात प्रमुख विधामा पुरस्कार पाएको थियो ।

यस्तै, उत्कृष्ट सहअभिनेता र उत्कृष्ट सहअभिनेत्रीको अवार्ड 'एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स'बाट के ह्ये क्वान र जेमी ली कर्टिसले उचालेका छन् ।

यस्तै, एनिमेटेड फिचर फिल्मका लागि 'ग्विलेर्मो डेल ट्रोज पिनोकियो' ले ओस्कर अवार्ड पाएको छ । डकुमेन्ट्री फिचरको अवार्ड 'नाभल्नी' र डकुमेन्ट्री सर्टको अवार्ड 'द एलिफेन्ट विस्परर्स'ले पाएको छ ।हेयर एन्ड मेकअप स्टाइलिङको अवार्ड 'द ह्वेल' ले पाएको छ ।

सर्ट फिल्म (एनिमेटेड)को अवार्ड 'द ब्वोई, द मोल, द फक्स एन्ड द हर्स' र सर्ट फिल्म (लाइभ एक्सन)को अवार्ड एन आइरिस गुडबाई'ले पाएको छ ।

अन्य विधाको अवार्डको केहीबेरमा घोषणा जारी छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: इलाम २ को उपनिर्वाचनमा पहिचानवादी स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगिमको पक्षमा मत माग्न गायक राजेश पायल राई सहितका कलाकार उनको चुनावी क्षेत्रमा आएका छन्। गयक राई, लाहुरे , एकदेव लिम्बु, सुनिता थेगिमदेखि धरान उप महानगरपालिकाका मेयर हर्क साङपाङसहितको समुहले इलामको चुलाचुली गाउँपालिका ४ आइतबारेमा आज हुने सभामा प्रस्तुति दिने थेगिमका छोरा गायक एकदेव लिम्बुले जानकारी ...
। बलिउड अभिनेता सलमान खानको मुम्बईस्थित घरबाहिर गोली चलाउने दुवै आरोपी गुजरातको भुजबाट पक्राउ परेका छन् । घटनाको अनुसन्धान गरिरहेको मुम्बई क्राइम ब्रान्चको टोलीले सोमबार राति उनीहरुलाई पक्राउ गरेको हो । भारतीय सञ्चारमाध्यमका अनुसार दुवै जनालाई पश्चिमी कच्छबाट पक्राउ गरेको गुजरात प्रहरीले पुष्टि गरेको छ । प्रहरीले मंगलबार दुवै आरोपीसँग सोधपुछ गर्ने जनाइएको छ । यी दुवै ...
। रोयल्टीलाई लिएर संगीत वितरक युनिभर्सल म्युजिक ग्रुप र टिकटकबीचको विवाद साम्य भएको छ । यो सहमतिसँगै टिकटकबाट हटाइएका टेलर स्वीफ्ट र रिहानाका गीत प्लाटफर्ममा फर्किएका छन् । आगामी साता गायिका स्वीफ्टको बहुप्रतीक्षित नयाँ एल्बम ‘द टर्टर्ड पोएट्स डिपार्टमेन्ट’ रिलिज हुनुअघि यो लोकप्रिय सामाजिक सञ्जालमा उनका गीतहरु फिर्ता आएका हुन् । सीएनएनका अनुसार टिकटकको नयाँ संगीत क्याटालगमा ...
। विश्वभर युट्युबमा सबैभन्दा धेरै सब्सक्राइबर भएका सेलिब्रेटी युट्युबर मिस्टर बिस्टले नेपालको एक अस्पतालको मर्मतसम्भार गर्दै नयाँ जीवन दिएका छन् । डिसेम्बरमा उनको टिम नेपाल आइपुगेको थियो । बिस्टले नयाँ भिडियो सार्वजनिक गर्दै आफ्नो टिमले सिन्धुलीको फिक्कल गाउँपालिकाको मर्मत गरेकोबारे जानकारी दिएका छन् । भिडियोमा जाडो र औषधोपचारको अभावमा बच्चा गुमाएकी स्थानीय महिला नीराको मर्मस्पशी कथा देखाइएको ...
। भारतको मुम्बईस्थित बान्द्रा क्षेत्रमा रहेको ग्यालेक्सी अपार्टमेन्टको धेरै चर्चा हुन्छ । आइतबार झिसमिसेमै यो समुन्द्री किनारको अपार्टमेन्टमा चार राउण्ड हवाई फायर भयो । त्यसपछि फेरि एकपटक यो अपार्टमेन्टको चर्चा विश्वभर फैलिएको छ । मोटरसाइकलमा सवार दुईजनाले यो घटना गराएपछि उनीहरु फरार छन् । प्रहरीले घटनामा संलग्न एकजनाको पहिचान गरिएको जनाएको छ । प्रहरीले दुवैजना आक्रमणकारीको ...