मुख्य समाचार
नेपालमा चिनियाँ बैंकको शाखा विस्तार गर्न अध्ययन भइरहेको छ : सीसीपीआईटी
नेपालमा चिनियाँ बैंकको शाखा विस्तार गर्न अध्ययन भइरहेको छ : सीसीपीआईटी

काठमाडौँ — दुई देशबीच व्यापारमा भुक्तानीको समस्या रहेको भन्दै व्यवसायीले लामो समयदेखि माग गरिरहेको चिनियाँ बैंकको शाखा स्थापनाका लागि चिनियाँ पक्ष सकारात्मक देखिएको छ । नेपाल भ्रमणमा रहेको चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सीसीपीआईटी)का उच्च अधिकारीले नेपालसहित दक्षिण एसियाली मुलुकमा बैंकिङ सेवामा सहजीकरण गर्ने सम्बन्धमा अध्ययन भइरहेको जनाएका छन् ।

'नेपालमा मात्र नभई दक्षिण एसियाभर नै चिनियाँ बैंकको सेवाका लागि माग भइरहेको छ,' सीसीपीआईटी उपाध्यक्ष जङ साओगाङले सोमबार नेपाल चीन उद्योग वाणिज्य संघको कार्यक्रममा भने, 'यसमा हामी गम्भीर छौं र हामीले अध्ययन पनि गरिरहेका छौं । चाँडै नै यो विषय सकारात्मक रुपमा सम्बोधन हुने विश्वास छ ।'
सीसीपीआईटीका उपाध्यक्ष साओगाङले चिनियाँ बैंकको सेवा विस्तार गर्नुपूर्व यस क्षेत्रको बजारको आकार, चीनसँगको आर्थिक कारोबारको माग तथा स्थानीय बैंकहरुसँगको सहकार्यजस्ता विषयमा अध्ययन भइरहेको जानकारी दिए । नेपाललगायत दक्षिण एसियामा व्यावसायिक सहकार्यको उच्च सम्भावना रहेकाले बैंकिङ सेवा विस्तारको विषयलाई आफूहरुले सकारात्मक रुपमा लिइरहेको उनको भनाइ छ । छलफलमा नेपाली व्यवसायीहरुले चीनसँगको कारोबारमा भइरहेको भुक्तानीको समस्यालाई गम्भीरतापूर्वक लिइदिन आग्रह गरेका थिए । सीसीपीआईटीकोे सात सदस्यीय टोलीको नेतृत्व गर्दै उपाध्यक्ष साओगाङ आइतबार काठमाडौं आएका हुन् । भ्रमण टोलीले चार दिन नेपालको व्यावसायिक संस्था तथा विभिन्न सरकारी प्रतिनिधिसँग भेटवार्ता गर्नेछ ।

नेपाल चीन उद्योग वाणिज्य संघका अध्यक्ष त्रिभुवनधर तुलाधरले कोभिडपछि सुस्ताएको नेपार चीनबीचको आर्थिक सम्बन्ध पछिल्ला दिनमा सुधार हुँदै गएको बताए । 'चीनसँगको व्यापारिक सम्बन्धमा वृद्धि, चिनियाँ पर्यटकको संख्या बढ्दै गएको जस्ता विषय हाम्रा लागि सुखद् पक्ष हुन्,' अध्यक्ष तुलाधरले भने, 'हामी चीनसँग दिगो आर्थिक साझेदारी गर्न चाहान्छौं । यसका निमित्त चीन र नेपालबीच कनेक्टिभिटी बढाउनुपर्ने आवश्यकता छ । हामीले स्थलसँगै हवाई सम्पर्कमा पनि उल्लेख्य वृद्धि गर्नुपर्ने जरुरी देखेका छौं ।'

सीसीपीआईटीका उपाध्यक्ष साओगाङले चीन नेपालको दोस्रो ठूलो आर्थिक साझेदार मुलुक रहेको स्मरण गर्दै लगानी र पर्यटनसँगै अन्य क्षेत्रमा पनि सहकार्य गर्न सकिने धारणा राखे । चिनियाँ लगानीकर्ता नेपालमा लगानी गर्न आतुर रहेको र प्रस्तावित रेलमार्गबाट जोडिन सके लाभदायक सहकार्य हुने उनको भनाइ छ । बीआरआईमार्फत दुई देशको व्यापारिक सम्बन्धमा गुणस्तरीय आयाम थप्न सकिने उल्लेख गर्दै उपाध्यक्ष साओगाङले आसन्न बीआरआई समिटमा नेपालको सक्रिय सहभागिताको अपेक्षा गरिएको बताए । चीनका विभिन्न सहरमा हुने एक्स्पोमा विश्वका गुणस्तरीय उत्पादन सहभागी हुने गरेको उल्लेख गर्दै नेपाली उत्पादकलाई पनि उत्प्रेरित गर्नसके चिनियाँ बजारमा नेपाली वस्तु स्थापित हुने उनको सुझाव छ । नेपाल चीन उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठले चीनले हालैमात्र पर्यटकीय गन्तव्य सूचीमा नेपाललाई समावेश गरेको स्मरण गराउँदै सहकार्यले नयाँ उचाई हासिल गर्ने धारणा व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: हिमाली जिल्ला मुस्ताङमा १२ महिनाको अवधिमा ४ लाख २५ हजार ९६४ जना पर्यटक भित्रिएका छन्। २०८० को वैशाखदेखि चैत महिनाको अन्तिमसम्म बेनी–जोमसोम सडकमार्ग तथा पोखरा–जोमसोम हवाईमार्ग हुँदै उक्त संख्यामा आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले उल्लेख गरेको छ। मुस्ताङ भित्रिने आन्तरिक तथा बाह्य पर्यटकको रेकर्डका लागि म्याग्दी र मुस्ताङको सीमाना घाँसा ...
। अमेरिकी डलरको भाउमा नयाँ रेकर्ड बनेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बुधबार एक अमेरिकी डलरको बिक्रीदर मूल्य १३३ रुपैयाँ ९६ पैसा कायम भएको छ भने खरिदर मूल्य १३३ रुपैयाँ ३६ पैसा कायम भएको छ । अघिल्लो दिनको तुलनामा डलरको मूल्य १३ पैसा बढेको हो भने यो मूल्य हालसम्मकै उच्च हो । इरान र इजरायलको ...
। अमेरिकी डलरको भाउ फेरि उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार एक अमेरिकी डलरको बिक्रीदर मूल्य १३३ रुपैयाँ ८३ पैसा कायम भएको छ भने खरिददर मूल्य १३३ रुपैयाँ २३ पैसा कायम भएको छ । इरान र इजरायलको द्वन्द्व बढेसँगै अमेरिकी डलर महँगिएको हो । इरानको आक्रमणपछि इजरायलले अमेरिका बेलायतसहित अन्तर्राष्ट्रिय मुलुकहरूको समर्थन ...
। नेपाल वायुसेवा निगम (नेवानि) ले अन्तर्राष्ट्रिय उडानका लागि जहाज खरिद गर्न लिएको ऋणको चैतको किस्ता भुक्तानी गरेको छ । कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई नेवानिले चैत महिनाको किस्ता भुक्तानी गरेको हो । नेवानिले दुई न्यारोबडी र दुई वाइडबडी जहाज खरिद गर्न ती दुई कोषबाट ऋण लिएको थियो । नेवानिका अनुसार दुई न्यारोबडी जहाजको चैत ...
: पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ। नेपाल आयल निगमको सञ्चालक समिति बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले मूल्य वृद्धि गरेको हो। नयाँ मूल्य भोलि विहान १ बजेदेखि लागू हुनेछ। यससँगै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १७८ रुपैयाँ पुगेको छ। त्यस्तै डिजेल र मट्टितेलको मूल्य १६१ रुपैयाँ पुगेको छ।