मुख्य समाचार
थ्री स्टार जावलाखेलसँग स्तब्ध
थ्री स्टार जावलाखेलसँग स्तब्ध

काठमाडौँ — सहिद स्मारक लिग ए डिभिजन ०७९–०८० मा जावलाखेलले शुक्रबार थ्री स्टारलाई स्तब्ध पारेको छ । सातदोबाटो मैदानमा भएको खेलमा जावलाखेल १–० ले विजयी रहेको हो ।

त्यस जितमा एन्कोटो मासोबीले १६ औं मिनेटमा गरेको गोल निर्णायक रह्यो । यो जितपछि जावलाखेलको पाँच खेलबाट १० अंक भएको छ भने थ्री स्टार ७ अंकमै सीमित रह्यो ।

शुक्रबार नै च्यासल मैदानमा भएको खेलमा दस खेलाडीमा सीमित डिफेन्डिङ च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजले गोलरहित बराबरी खेले । खेलको ४२ औं मिनेटमा पुजन उपरकोटी रातो कार्ड खाएर मैदान छाड्न बाध्य रहे ।

यस नतिजापछि चर्च ब्वाइजको ११ अंक भएको छ भने मछिन्द्र ५ अंकमै सीमित रह्यो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालले आईसीसी विश्वकप लिग-२ मा आज ओमानसँग खेल्दैछ । खेल नेपाली समय अनुसार आज राति ८ : ४५ मा क्यानडाको किंग सिटीमा मेपल लिफ नर्थ वेस्ट क्रिकेट ग्राउण्डमा सुरु हुनेछ । नेपाल पहिलो खेलमा क्यानडासँग १०३ रनले पराजित भएको थियो । त्यसैले नेपाललाई आजको खेलमा जित्नुपर्ने दबाब छ । ओमानको भने यस सिरिजमा पहिलो खेल ...
। अखिल नेपाल फुटबल संघ (एन्फा) ले पुरुष टिमको प्रमुख प्रशिक्षक माग गरेको छ । हालका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्कर्टो एनेसको अवधि नवीकरण नभएपछि सोमबार सामाजिक सञ्जालमा एक सूचना राख्दै एन्फाले प्रमुख प्रशिक्षक माग गरेको हो । आवेदकसँग एएफसीको प्रो लाइसेन्स भएको हुनुपर्नेछ । त्यस्तै एन्फाले आवेदकसँग सिनियर राष्ट्रिय टोली अथवा व्यवसायिक फुटबलमा ५–१० वर्षको अनुभव रहनुपर्ने ...
। तीन महिनापछि अन्तर्राष्ट्रिय क्रिकेट खेल्दा सोमबार राति क्यानडाविरुद्धको खेलमा नेपाल १०३ रनले पराजित भयो । नेपालको पराजयको कारण यस पटक पनि खराब ब्याटिङ नै रह्यो । नेपालले गत जुनमा भएको आईसीसी टी–२० विश्वकप मा दक्षिण अफ्रिका, बंगलादेश र नेदरल्याण्डससँगको खेल पनि खराब ब्याटिङकै कारण गुमाएको थियो । सोमबार क्यानडाविरुद्धको खेलमा नेपालको ब्याटिङ र खेलाडीको खेल कौशलमा ...
। आईसीसी विश्वकप लिग २ का लागि क्यानडा भ्रमण रहेको नेपाली टोलीले आज ओमानसँग खेल्दैछ । खेल नेपाली समयअनुसार किंग सिटी मैदानमा आज राति पौने ९ बजेदेखि सुरु हुनेछ । त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल आयोजक क्यानडासँग फराकिलो अन्तरले पराजित भएको थियो । नेपालले लिग २ को सुरुआत नै कमजोर प्रदर्शनबाट गरेको हो । ७ महिनाअघि घरेलु ...
। नेपाली विभागीय टोली नेपाल पुलिस क्लबले सेन्ट्रल एसियन भलिबल एसोसियसन (काभा) महिला क्लब भलिबल च्याम्पियनसिपमा दोस्रो जित निकालेको छ । सोमबार माल्दिभ्सको मालेमा भएको खेलमा पुलिसले श्रीलंकाली क्लब एयर फोर्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै दोस्रो जित निकालेको हो । पुलिसले एयर फोर्सलाई २५–१६, २५–२० र २५–२१ ले हराएको हो । पहिलो र दोस्रो सेटमा ...