मुख्य समाचार
खेलकुदलाई उपेक्षित क्षेत्रमा राख्नु हुँदैन : राष्ट्रपति पौडेल
खेलकुदलाई उपेक्षित क्षेत्रमा राख्नु हुँदैन : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुद क्षेत्रलाई उपेक्षा गर्न नहुने बताएका छन् ।

आईसीसी लिग टु मा तेस्रो स्थान प्रप्त गर्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई शुक्रवार शीतलनिवासमा बोलाएर बधाइ दिँदै राष्ट्रपति पौडेलले सरकारले खेलकुदलाई उपेक्षित क्षेत्रमा राख्नु नहुने बताएका हुन् ।

राष्ट्रपति पौडेलले भने, ‘मैले हिजो इन्ट्रेस दिएर हेरेँ । असाध्यै राम्रो खेल थियो । दर्शकहरु पनि धेरै प्रफुल्ल हुनुहुन्थ्यो । पूर्वाधारको कमी रहेको छ । तर पनि यस्तो सफलता प्राप्त गर्नुभएको छ, यो ठूलो कुरा हो । यो क्षेत्रलाई पक्कै पनि राज्यले उपेक्षित क्षेत्रमा राख्नु हुँदैन।’

उनले नेपाली क्रिकेट टिमले राष्ट्रको इज्जत र गौरवलाई बढाएको बताए । उनले नेपालमा खेलकुद क्षेत्रमा पूर्वाधारको कमी रहेको भन्दै देशको सान राख्न खेलकुद क्षेत्रको पूर्वाधार बढाउनुपर्ने आवश्यक्ता औंल्याए ।

उनले भने, ‘यसमा त विश्वका देशहरुसँग प्रतिष्पर्धा हुन्छ, देशको सान राख्न खेलकुद क्षेत्रको पूर्वाधार बढाउनुपर्छ, खेलाडीहरुको मनोबल बढाउन सरकारले लाग्नुपर्छ ।’

राष्ट्रपति पौडेलले खेलाडीहरुको मनोबल बढाउन सरकार लाग्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालले आईसीसी विश्वकप लिग-२ मा आज ओमानसँग खेल्दैछ । खेल नेपाली समय अनुसार आज राति ८ : ४५ मा क्यानडाको किंग सिटीमा मेपल लिफ नर्थ वेस्ट क्रिकेट ग्राउण्डमा सुरु हुनेछ । नेपाल पहिलो खेलमा क्यानडासँग १०३ रनले पराजित भएको थियो । त्यसैले नेपाललाई आजको खेलमा जित्नुपर्ने दबाब छ । ओमानको भने यस सिरिजमा पहिलो खेल ...
। अखिल नेपाल फुटबल संघ (एन्फा) ले पुरुष टिमको प्रमुख प्रशिक्षक माग गरेको छ । हालका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्कर्टो एनेसको अवधि नवीकरण नभएपछि सोमबार सामाजिक सञ्जालमा एक सूचना राख्दै एन्फाले प्रमुख प्रशिक्षक माग गरेको हो । आवेदकसँग एएफसीको प्रो लाइसेन्स भएको हुनुपर्नेछ । त्यस्तै एन्फाले आवेदकसँग सिनियर राष्ट्रिय टोली अथवा व्यवसायिक फुटबलमा ५–१० वर्षको अनुभव रहनुपर्ने ...
। तीन महिनापछि अन्तर्राष्ट्रिय क्रिकेट खेल्दा सोमबार राति क्यानडाविरुद्धको खेलमा नेपाल १०३ रनले पराजित भयो । नेपालको पराजयको कारण यस पटक पनि खराब ब्याटिङ नै रह्यो । नेपालले गत जुनमा भएको आईसीसी टी–२० विश्वकप मा दक्षिण अफ्रिका, बंगलादेश र नेदरल्याण्डससँगको खेल पनि खराब ब्याटिङकै कारण गुमाएको थियो । सोमबार क्यानडाविरुद्धको खेलमा नेपालको ब्याटिङ र खेलाडीको खेल कौशलमा ...
। आईसीसी विश्वकप लिग २ का लागि क्यानडा भ्रमण रहेको नेपाली टोलीले आज ओमानसँग खेल्दैछ । खेल नेपाली समयअनुसार किंग सिटी मैदानमा आज राति पौने ९ बजेदेखि सुरु हुनेछ । त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल आयोजक क्यानडासँग फराकिलो अन्तरले पराजित भएको थियो । नेपालले लिग २ को सुरुआत नै कमजोर प्रदर्शनबाट गरेको हो । ७ महिनाअघि घरेलु ...
। नेपाली विभागीय टोली नेपाल पुलिस क्लबले सेन्ट्रल एसियन भलिबल एसोसियसन (काभा) महिला क्लब भलिबल च्याम्पियनसिपमा दोस्रो जित निकालेको छ । सोमबार माल्दिभ्सको मालेमा भएको खेलमा पुलिसले श्रीलंकाली क्लब एयर फोर्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै दोस्रो जित निकालेको हो । पुलिसले एयर फोर्सलाई २५–१६, २५–२० र २५–२१ ले हराएको हो । पहिलो र दोस्रो सेटमा ...