मुख्य समाचार
पुटिनलाई पक्रन अन्तर्राष्ट्रिय अदालतद्वारा पुर्जी
पुटिनलाई पक्रन अन्तर्राष्ट्रिय अदालतद्वारा पुर्जी

बीबीसी : अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)ले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। युक्रेनबाट बालबालिकालाई अवैध रूपमा रूस पठाउनेलगायतका युद्ध अपराधका लागि उनी जिम्मेवार रहेको आईसीसीको आरोप छ।


आईसीसीका न्यायाधीशहरूले पुटिनसहित मारिया अलेक्सेभना लभोभा–बेलोभाविरुद्ध पक्राउ पुर्जी जारी गरेको बीबीसीले उल्लेख गरेको छ। मारिया रूसको बालअधिकार आयुक्त हुन्। युक्रेनमा आक्रमणपछि युक्रेनी बालबालिकालाई गैरकानुनी रूपमा रूस लगिएको हुँदा उनलाई समेत पक्राउ पुर्जी जारी गरिएको हो।

युक्रेनमा २४ फेब्रुअरी २०२२ बाट रूसले युक्रेनमाथि हमला गरेको आईसीसीले उल्लेख गरेको छ। अन्तर्राष्ट्रिय फौजदारी अदालत नेदरल्यान्डसस्थित अन्तर्राष्ट्रिय स्थायी न्यायाधिकरण संयन्त्र हो। जसमा जन–नरसंहार, मानवताविरुद्धको अपराध, युद्ध अपराध र आक्रमणको अपराधको लागि अपराधी विरुद्ध मुद्दा चलाइन्छ। पुटिन र रूसविरुद्ध युद्ध अपराधमा यही फेबुअरी २२ मा मुद्दा दायर भएको थियो। यस अदालत रोम स्टेट्युटमार्फत गठन भएको हो।

यसैबीच, युक्रेनमाथिको संयुक्त राष्ट्रसंघीय छानबिन आयोगले सयौं युक्रेनी बालबालिकालाई अवैध रूपमा रूस पठाएको प्रमाण रहेको बताएको छ। रूसले बालबालिकालाई रूसी नागरिकता लिन बाध्य पार्ने लगायतका गतिविधि गरेको आयोगको रिपोर्टमा उल्लेख छ। युक्रेन सरकारको तथ्यांकमा जबर्जस्ती रूस लैजाने बालबालिकाको संख्या १६ हजार २ सय २१ रहेको छ।

के हो युद्ध अपराध ?

रेडक्रसको अन्तर्राष्ट्रिय समितिका अनुसार युद्धको पनि नियम हुन्छ। सन्धिहरू र अन्य अन्तर्राष्ट्रिय कानुन र सम्झौताहरूमा उल्लेख भएका नियम मिच्न पाइँदैन। सैन्य बलहरूले जानाजानी नागरिकहरूलाई आक्रमण गर्न नमिल्ने धेरै कानुन छन्। ती नियम र कानुन मिचेमा युद्ध अपराध मानिन्छ। null

अन्तर्राष्ट्रिय कानुन र सम्झौताहरूमा केही हतियारहरू युद्धका लागि प्रतिबन्धित पनि छन् त्यस्ता हतियारका प्रयोग गरिए अपराध मानिन्छ। रासायनिक वा जैविक हतियारहरू अहिले युद्धमा प्रतिबन्ध गरिएका हतियारमध्येमा पर्छन्। युद्धकै समयमा भएका बिरामी र घाइतेहरूको हेरचाह नगरिनु पनि युद्ध अपराध मानिन्छ। युद्धका समयमा यस्ता गतिविधिमा रूसको संलग्नता देखिएको आईसीसीले जनाएको छ।

युक्रेनको अदालतले यसअघि नै एक रुसी सैनिकलाई मुद्दा चलाइसकेको छ। आक्रमण सुरु भएको केही दिनमा नै उत्तर–पूर्वी गाउँ चुपाखिभकामा रूसी ट्यांक कमाण्डरले निर्दोश व्यक्तिलाई गोली हानी हत्या गरेका थिए। ती सैनिकलाई आजीवन जेल सजाय सुनाइएको थियो। तथापि, सैन्य कमाण्डर वा वरिष्ठ राजनीतिज्ञहरू भन्दा युद्ध अपराधको लागि व्यक्तिगत सैनिकहरूलाई अभियोग लगाउन सजिलो हुने विज्ञ बताउँछन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले विज्ञान जगतमा जुन योगदान गरे त्यसका लागि संसार अहिलेपनि उनीप्रति कृतज्ञ छ। मानिसहरुले आइन्स्टाइनलाई केवल एक वैज्ञानिकका रुपमामात्र होइन मानवताका लागि उनले गरेको योगदानका लागि समेत चिन्दछ । त्यसैले यो कुरा निश्चित छ कि उनीसँग जोडिएका हरेक कुरा अमूल्य छन् । हालै भएको एउटा घटनाले अल्बर्ट आइन्स्टाइनसँग सम्बन्धित चिजहरू कति महत्वपूर्ण र ...
: अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको फेरि हत्या प्रयास भएको छ। आगामी नोभेम्बर ५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प भएको स्थानमा फेरि गोली चलेको हो। ट्रम्पलाई उनको फ्लोरिडा गोल्फ क्लबमा आइतबार दोस्रो पटक हत्याको प्रयास भएको सीएनएनले जनाएको छ। हत्याको प्रयास भएको बेला ट्रम्प त्यतिबेला गल्फ खेल्दै थिए। अमेरिकी अधिकारीहरूका अनुसार पूर्व राष्ट्रपति ...
स्पेस एक्सको पोलारिस डन मिसनले नयाँ कीर्तिमान बनाएको छ । यो मिसनमार्फत् इतिहासमै पहिलोपटक पृथ्वीभन्दा ७ सय ३७ किलोमिटर माथि दुईजना आम मानिस अर्थात् गैर व्यवसायिक अन्तरिक्षयात्रीले अन्तरिक्षमा हिडेर कीर्तिमान कायम गरेका छन् । निजी अन्तरिक्ष मिसनमा रहेका यात्रीहरुले स्पेसवाक गरेको यो पहिलो पटक हो । अमेरिकाको केन्नेडी स्पेस सेन्टरबाट मंगलबार प्रक्षेपण भएको स्पेस एक्सको उक्त ...
। चीनले अवकाश (रिटायरमेन्ट)को उमेर बढाएको छ । तीन सरकारले अवकाशको उमेर बढाउने प्रस्ताव शुक्रबार स्वीकृत गरेको हो । यसअनुसार अब ब्लू कलर जब (फ्याक्टी, कन्स्ट्रक्सन जस्ता श्रम गर्नुपर्ने क्षेत्रको काम) का लागि महिलाको उमेर ५० वर्षबाट बढाएर ५५ वर्ष कायम गरिएको छ । यस्तै ह्वाइट कलर (पेशेवर) महिलाका लागि उमेर हद ५५ बाट ५८ वर्ष बनाइएको ...
। भारतको सर्वोच्च अदालतले नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई १० लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीश सूर्यकान्त र उज्जल भुयनले इजलासले केजरीवाललाई १० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । केजरीवाल मदिरा नीतिमा भ्रष्टाचार गरेको आरोपमा पक्राउ परेका थिए । भारतीय समाचार पीटीआईका अनुसार न्यायाधीश उज्जल भुयनले धरौटीमा रिहा गर्न सीबीआईलाई आदेश दिँदै भनेका छन्, ...