मुख्य समाचार
फेसबुक र युट्युबमा फर्किए ट्रम्प
फेसबुक र युट्युबमा फर्किए ट्रम्प

— अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प दुई वर्षपछि फेसबुक र युट्युबमा फर्किएका छन् । नेपाली समयअनुसार शनिबार बिहान उनले यी दुवै प्लाटफर्ममा 'म फर्किएँ' शीर्षकको ११ सेकेन्डको भिडियो पोस्ट गर्दै पुनरागमनको जानकारी दिएका थिए । भिडियोमा उनले सन् २०१६ को चुनावी सफलतापछि 'यत्तिका समय पर्खाउनु परेकोमा क्षमा चाहन्छु, प्रक्रिया जटिल छ' भन्दै गरेको दृष्य राखिएको छ ।

ट्रम्पले यसअघि सन् २०२१ को जनवरी ६ मा अमेरिकी संसद् भवन क्यापिटल हिलमा हुलदंगा हुनुभन्दा केहीसमयअघि मात्रै अन्तिम पटक फेसबुकमा लेखेका थिए । दोस्रो पटक राष्ट्रपति बन्ने चाहना अधुरो रहेको झोंकमा संसद्मा हिंसा भड्काउन प्रेरित गरेको भन्दै उनलाई जनवरी ७ देखि फेसबुक र इन्स्टाग्राममा प्रतिबन्ध लगाइएको थियो । गत जनवरी २५ मा फेसबुक र इन्स्टाको प्यारेन्ट कम्पनी मेटा प्लाटफर्म्सले ट्रम्पका खाता फुकुवा गरिदिने बताए पनि उनी फर्किन्छन्रफर्किँदैनन् भन्ने यकिन थिएन ।

सन्सपेन्सन हटाउने क्रममा मेटाले राजनीतिकर्मीहरूका कुरा सर्वसाधरणले थाहा पाउनुपर्छ तर नीति उल्लंघका घटना पुनस् दोहोर्याीए उनीमाथि 'थप कारबाही' हुने जनाएको थियो । ट्वीटर इनल मस्कको स्वामित्वमा आएपछि उनलाई त्यसमा पनि गत नोभेम्बरमै 'रिइन्स्टेट' गरिएको थियो । अर्थात उनका प्रतिबन्धित खाता फुकुवा गरिएको थियो । तर ट्रम्पले यतिञ्जेल त्यसमा कुनै ट्वीट गरेका छैनन् ।

सन् २०१६ मा विशेषत: फेसबुकलगायत सामाजिक सञ्जालको सहयातामा ट्रम्पले चुनाव जितेका थिए । आगामी राष्ट्रपतीय चुनावमा उम्मेदवारी दिन चाहेका ट्रम्पलाई फेसबुक, युट्युबजस्ता प्लाटफर्मबाट चन्दा संकलनलगायत काममा सहजता हुने भएको छ ।

फेसबुकमा उनका १४६ मिलियन फलोअर छन् । वासिङ्टन पोस्टको एक समाचार अनुसार हालसम्म ट्रम्पले जति अर्को कुनै राजनीतिकर्मीले फेसबुक र इन्स्टाग्राममा पैसा खन्याएको छैन । सन् २०१८ को मेदेखि २०२३ को जनवरीसम्म ट्रम्प र उनी संलघ्न राजनीतिक अभियान आयोजकहरूले १.३ मिलियन विज्ञापनका लागि मेटालाई १५९ मिलियन डलर तिरेको मेटाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच मस्कोमा भेटवार्ता भएको छ । भेटमा सीले युक्रेनसँगको लडाइँ अन्त्य गर्न प्रस्ताव राखेका थिए । सो प्रस्तावमा रुसी राष्ट्रपति पुटिनले चीनको प्रस्तावलाई सम्मानका साथ हेरेको प्रतिक्रिया दिएको बीबीसीले जनाएको छ । रुस–युक्रेनबीचको लडाइँ रोक्ने र शान्ति स्थापना गर्ने उद्देश्यले चिनियाँ राष्ट्रपति सी रुस भ्रमणमा गएको बताइएको ...
। चीनका राष्ट्रपति सी जिनपिङले रूस पुगेर युद्ध अन्त्यको प्रस्ताव राखेका छन्। रूस-युक्रेन युद्धको लागि चीनले तयार गरेको १२ बुँदे प्रस्ताव सीले समकक्षी भ्लादिमिर पुटिन समक्ष राखेको मस्को टाइम्सले जनाएको छ। दुई साताअघि साउदी अरेबिया र इरानबीचको द्वन्द्व शान्तिमा रूपान्तरण गर्ने सम्झौता गराउन सफल भएको चीन शान्ति प्रस्ताव लिएर मस्को पुगेको हो। रूसले युक्रेनमाथि हमला गरेपछि ...
प्रायः छोराछोरीका तस्वीरहरू सामाजिक सञ्जालमा शेयर गर्ने बानी सबैजसो अभिभावकको हुन्छ । तर फ्रान्सले भने अभिभावकको यस्तो कार्यलाई रोक्नका लागि कडा कानून बनाएको छ । जसअनुसार बच्चाका तस्वीर सामाजिक सञ्जालमा सेयर गर्ने अभिभावलाई सजाय हुनेछ । बालबालिकालाई उनीहरूका तस्वीर तथा भिडियोमा गोपनीयता प्रदान गर्नका लागि फ्रान्सले एक नयाँ कानून पारित गरेको हो । यो कानूनले अब ...
। अफ्रिकी देश युगान्डाको संसदले समलिंगी तथा तेस्रोलिंगी हुनुलाई अपराध मान्दै जेल हाल्ने कानून बनाएको छ । युगान्डासहितका ३० वटा अफ्रिकी देशमा समलिंगी सम्बन्ध गैरकानुनी छ । तर युगान्डाले बनाएको नयाँ कानुनले लैंगिक पहिचानकै आधारमा यौन अल्पसंख्यकहरुलाई अपराधी मानेर वर्षौंसम्म जेल हाल्न सकिने छ । उग्रसमलिंगीलाई त मृत्युदण्डसमेत दिने व्यवस्था यो कानुनले गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ...
: युरोपेली मुलुक फिनल्यान्ड लगातार छैटौंपटक सबैभन्दा खुसी देशको सूचीमा अग्रस्थानमा परेको छ। ग्यालप वर्ल्ड पोलको जीवन मूल्यांकनमा आधारित प्रतिवेदनअनुसार फिनल्यान्ड खुसी हुने सूचीमा पहिलो स्थानमा परेको हो। स्वस्थ जीवन प्रत्याशा, प्रति व्यक्ति आय, सामाजिक समर्थन, कम भ्रष्टाचार, समुदायमा उदारतालगायत विषयमा आधारित प्रतिवेदनले फिनल्यान्डलाई उक्त सूचीमा राखेको हो। त्यस्तै दोस्रोमा डेनमार्क, तेस्रोमा आइसल्यान्ड र चौथोमा इजराय ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम