मुख्य समाचार
मूलपानी क्रिकेट मैदान सम्पन्‍न गर्न प्रधानमन्त्रीलाई सांसद गौतमको आग्रह
मूलपानी क्रिकेट मैदान सम्पन्‍न गर्न प्रधानमन्त्रीलाई सांसद गौतमको आग्रह

काठमाडौँ — काठमाडौं क्षेत्र नम्बर २ की प्रतिनिधिसभा सदस्य सोबिता गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष मूलपानी क्रिकेट मैदान निर्माण सम्पन्न गर्न आग्रह गरेकी छन् ।

काठमाडौं क्षेत्र नम्बर २ को विकास निर्माण र मूलपानी क्रिकेट मैदान निर्माण सम्पन्न गर्ने विषयमा छलफल गर्न सांसद गौतम शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेकी थिइन् ।

प्रधानमन्त्री दाहालले मूलपानी क्रिमेट मैदानको निर्माण कार्य सम्पन्न गर्नका लागि भूमिका खेल्ने प्रतिबद्धता जनाएको सांसद गौतमले बताइन् ।

'मूलपानी क्रिकेट मैदान निर्माण सम्पन्न गर्ने विषयमा प्रधानमन्त्रीसँग छलफल भएको छ । मूलपानी क्रिकेट मैदान निर्माण कार्य सम्पन्न गर्नुपर्ने विषय प्रधानमन्त्रीसँग राखेको छु । मूलपानी क्रिकेट स्टेडियमबारे जहिल्यै कुरा हुने तर निर्माण सम्पन्न नहुने, सरकारको आयोजनामा रहने तर कहिल्यै सम्पन्न नहुने भइरहेको थियो,' प्रधानमन्त्रीसँग भएको छलफलबारे सांसद गौतमले भनिन्, 'यसको निर्माणलाई लिएर पहिले केही समस्याहरू थिए तर अहिले समाधान भइराखेको छ । त्यो कारणले गर्दा यो पटक तपाईंको प्रधानमन्त्री कालमा सम्पन्न हुनुपर्छ भनेको छु ।'

प्रधानमन्त्री दाहालले क्रिकेट मैदानको निर्माणको अवस्था र त्यसलाई सम्पन्न गर्ने विषयमा चासो राख्ने सकरात्मक जवाफ दिएको सांसद गौतमले उल्लेख गरिन् । 'प्रधानमन्त्रीले मूलपानी क्रिकेट ग्राउन्ड निर्माण सम्पन्न गर्ने विषयमा सकारात्मक जवाफ दिनुभएको छ,' उनले भनिन् ।

सांसद गौतमले काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ को विकास निर्माणका योजना सम्पन्न गर्नेबारे पनि प्रधानमन्त्री दाहालसँग कुरा राखेकी थिइन् । काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा पर्ने करिडोरको सडक निर्माण सम्पन्न र कोटेश्वरको ट्राफिक जाम अन्त्य गर्ने लगायतका योजनाबारे प्रधानमन्त्रीसँग छलफल भएको उनले बताइन् ।

सरकारमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद गौतमले वर्तमान राजनीतिक विषयमा पनि प्रधानमन्त्रीसँग छलफल भएको उनले बताइन् ।

प्रधानमन्त्री दाहालले चैत ६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने कार्यक्रम रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिए पनि प्रधानमन्त्री दाहाललाई समर्थन पनि कायमै राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नेपालीलाई छुवाछूत र जातीय हिंसाविरुद्ध उभिन आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसका अवसरमा आज शुभकामना दिंदै उनले सभ्य र सु-संस्कृत समाज निर्माणका लागि आग्रह गरेका छन् । ‘अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको सन्दर्भमा जातीय मुक्ति, समानता एवं स्वतन्त्रताका पक्षधर समस्त नेपालीहरूलाई छुवाछूत र जातीय हिंसाविरुद्ध उभिँदै सभ्य ...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रोपटक विश्वासको मत पाएसँगै एउटा महत्वपूर्ण राजनीतिक कोर्स पूरा भएको छ । १७२ मत पाएर प्रधानमन्त्री प्रचण्ड सोमबार प्रतिनिधिसभाबाट अनुमोदित भएका छन् भने विपक्षमा मतदान गर्नेमध्ये सबैभन्दा ठूलो शक्तिको हैसियतमा नेकपा एमाले प्रमुख प्रतिपक्षी दल बनेको छ । ४ मंसिरको चुनावी जनादेशमा आधारित भएर राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख र प्रधानमन्त्री चयन ...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो कार्यकालमा दलित समुदायको लागि विशेष कार्यक्रम घोषणा हुने बताएका छन् । काठमाडौंमा आयोजित सार्वजनिक समारोह कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आफ्नो कार्यकालमा दलित समुदायका लागि विशेष कार्यक्रम घोषणा हुने बताए । उनले आफ्नो यो कार्यकालमा दलित समुदायले सयौँ वर्षसम्म सम्झनेगरी केही कार्यक्रम घोषणा गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले भने, ‘अहिले ...
सुर्खेत । दैलेखमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा मृत्यु भएको छ । नेपालगन्जबाट दैलेख जाँदै गरेको मनकामना ग्यास बोकेको भे१क २२०१ नम्बरको ट्रक गुराँस गाउँपालिका-४ तालपोखरी नजिक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । मृत्यु हुनेमा सवारी चालक अन्दाजी ३१ वर्षीय कृष्ण चौधरी, ट्रकमा सवार २५ वर्षीय ...
काठमाडौं । वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगारमा रहेका श्रमिकहरुलाई लक्षित गरी सामाजिक सुरक्षा योजनाको शुभारम्भ गरिएको छ । यो योजनाको काठमाडौंमा आज आयोजित एक समारोहबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुभारम्भ गरे । वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेत कोषमा आबद्ध गर्दै योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार गर्ने क्रममा उक्त कार्य शुभारम्भ गरिएको हो । सामाजिक सुरक्षा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम