मुख्य समाचार
सभामुखको अभिव्यक्ति आधारहीन र आपत्तिजनक : पत्रकार महासंघ
सभामुखको अभिव्यक्ति आधारहीन र आपत्तिजनक : पत्रकार महासंघ

काठमाडौं । नेपाल पत्रकार महासंघले सभामुख देवराज घिमिरेलाई आफ्नो अभिव्यक्ति पुष्टि गर्न वा सच्याउन आग्रह गरेको छ ।

संघीय संसद्ले बनाउने सञ्चार क्षेत्रसँग सम्बन्धित कानूनका विषयमा छलफल गर्न र र बधाई दिन पत्रकार महासंघको प्रतिनिधिमण्डलले शुक्रबार सभामुख घिमिरेसँग भेट गरेको थियो । त्यसक्रममा घिमिरेले दिएको अभिव्यक्तिले सञ्चार क्षेत्रको आत्मसम्मानमा गम्भीर चोट पुगेको महासंघले बताएको छ ।

सार्वभौम संसदको मूल नेतृत्वको पदीय हैसियत र मर्यादाविपरीत भएको भन्दै महासंघका महासचिव रोसन पुरीले विज्ञप्तिमार्फत भनेका छन्, ‘सार्वभौम संसद्को मूल नेतृत्वबाटै आफ्नो पदीय हैसियत र मर्यादाविपरित सञ्चार क्षेत्रप्रति आधारहीन र आपत्तिजनक अभिव्यक्ति प्रकट हुनु अत्यन्त दुःखद् छ ।’

शुक्रबार महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा सभामुख घिमिरेले पत्रकारहरु बिक्रीमा रहेको र पित पत्रकारिता भइरहेको अभिव्यक्ति दिएका थिए ।

नेपाली सञ्चार क्षेत्र क्रमशः व्यावसायिकतातर्फ उन्मुख भइरहेको बेला जिम्मेवार व्यक्तिले समग्र प्रेस जगतलाई लान्छित गर्ने अभिव्यक्ति दिँदा यस क्षेत्रको विश्वसनीयता र व्यावसायिकतामा आँच आउन सक्ने महासंघको भनाइ छ ।

सभामुखको अभिव्यक्तिप्रति तत्काल नै महासंघको नेतृत्वले सभामुखको सचिवालयमार्फत ध्यानाकर्षण गराएको र सभामुखबाटै उक्त अभिव्यक्ति फिर्ताका लागि आग्रह गरेको थियो । तर, सचिवालयबाट सामान्य प्रष्टीकरणबाहेक सभामुखको आधिकारिक धारणा आउन नसकेको महासंघले जनाएको छ ।

‘महासंघ जन निर्वाचित संसद् र त्यसको नेतृत्व नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा पूर्ण प्रतिवद्ध भएको व्यवहारमा देख्न चाहन्छ । साथै आफ्ना आरोपहरू पुष्टि गर्न वा आधारहीन आरोप फिर्ता लिई सञ्चार क्षेत्रको संवैधानिक अधिकार र स्वतन्त्रताप्रति पूर्ण प्रतिवद्धता जनाउन सभामुख समक्ष आग्रह गर्दछ’ महासचिव पुरीले विज्ञप्तिमा भनेका छन् ।

सभामुखबाट आएको आधारहीन अभिव्यक्ति तत्काल फिर्ता नभएमा कानूनीलगायतका अन्य दबावमूलक कार्यक्रम अगाडि बढाउन बाध्य हुने महासंघले चेतावनी दिएको छ ।

सभामुखले के भनेका थिए, हेर्नुहोस् सभामुखको भनाइको अंश :

पत्रकारहरु जति जिम्मेदारीसाथ पत्रकारिता गर्नुपर्थ्यो, यसलाई अन्यथा नलिनुहोला … त्यो खालको छैन, पित पत्रकारिता अहिले पनि निकै डरलाग्दो गरी छ । जे जे कारणले भने पनि तिनीहरु प्रभावित छन् । अझ अर्को भन्ने हो भने बिक्रीमा छन् पत्रकारहरु ।

अब पत्रकारहरु बिक्रीमा छन्, संघ बिक्रीमा छ भन्यो सभामुखले भनेर मैले यसलाई रोकिरहनुपर्दैन र त्यो भन्नु पनि हुँदैन तपाईंहरुले । किनकी यो त हाम्रो भित्री कुरा हो नि । ‍‍‍… बिग हाउसहरुले प्रभावित पारेको छ । थर्काएर गरेको छ, किनेर गरेको छ, फकाएर गरेको छ । अनेक ढंगले प्रभावित गरेको छ । त्यसको प्रभाव हाम्रो समाजमा निकै परेको छ ।

यसबाट मुक्त भएर पत्रकारिता र सरकारका बीचमा कसरी सम्बन्ध बनाएर लाने होला ? चाहे ऐन ल्याउने सन्दर्भमा होस् वा कार्यान्वयन गर्दा विनियमहरु बनाउने वा नियमावली बनाउने वा नियमावली कार्यान्वयन गर्ने सन्दर्भमा यी जस्ता समस्या कसरी हल गर्ने ? यो समस्या हो । यो समस्या समाधान तपाई हाम्रो कर्तव्य हो जस्तो मलाई लाग्छ ।

यसलाई हामीले हल गरेर गयौं भने, मैले अलि बढी देखेर, अलि पूर्वाग्रही भएर तर्पाहरुलाई अभिव्यक्ति गरेको रहेछु भने म करेक्सन हुन जरुरी छ । होइन त्यस्तो छ भने पत्रकारहरुले पनि आफूलाई कसरी लाने त ? यो प्रभावबाट कसरी मुक्त हुने त या के हो त अन्तरविरोध भन्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नेपालीलाई छुवाछूत र जातीय हिंसाविरुद्ध उभिन आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसका अवसरमा आज शुभकामना दिंदै उनले सभ्य र सु-संस्कृत समाज निर्माणका लागि आग्रह गरेका छन् । ‘अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको सन्दर्भमा जातीय मुक्ति, समानता एवं स्वतन्त्रताका पक्षधर समस्त नेपालीहरूलाई छुवाछूत र जातीय हिंसाविरुद्ध उभिँदै सभ्य ...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रोपटक विश्वासको मत पाएसँगै एउटा महत्वपूर्ण राजनीतिक कोर्स पूरा भएको छ । १७२ मत पाएर प्रधानमन्त्री प्रचण्ड सोमबार प्रतिनिधिसभाबाट अनुमोदित भएका छन् भने विपक्षमा मतदान गर्नेमध्ये सबैभन्दा ठूलो शक्तिको हैसियतमा नेकपा एमाले प्रमुख प्रतिपक्षी दल बनेको छ । ४ मंसिरको चुनावी जनादेशमा आधारित भएर राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख र प्रधानमन्त्री चयन ...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो कार्यकालमा दलित समुदायको लागि विशेष कार्यक्रम घोषणा हुने बताएका छन् । काठमाडौंमा आयोजित सार्वजनिक समारोह कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आफ्नो कार्यकालमा दलित समुदायका लागि विशेष कार्यक्रम घोषणा हुने बताए । उनले आफ्नो यो कार्यकालमा दलित समुदायले सयौँ वर्षसम्म सम्झनेगरी केही कार्यक्रम घोषणा गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले भने, ‘अहिले ...
सुर्खेत । दैलेखमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा मृत्यु भएको छ । नेपालगन्जबाट दैलेख जाँदै गरेको मनकामना ग्यास बोकेको भे१क २२०१ नम्बरको ट्रक गुराँस गाउँपालिका-४ तालपोखरी नजिक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । मृत्यु हुनेमा सवारी चालक अन्दाजी ३१ वर्षीय कृष्ण चौधरी, ट्रकमा सवार २५ वर्षीय ...
काठमाडौं । वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगारमा रहेका श्रमिकहरुलाई लक्षित गरी सामाजिक सुरक्षा योजनाको शुभारम्भ गरिएको छ । यो योजनाको काठमाडौंमा आज आयोजित एक समारोहबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुभारम्भ गरे । वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेत कोषमा आबद्ध गर्दै योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार गर्ने क्रममा उक्त कार्य शुभारम्भ गरिएको हो । सामाजिक सुरक्षा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम