मुख्य समाचार
चीनमा खुल्यो नेपाली भाषा कक्षा
चीनमा खुल्यो नेपाली भाषा कक्षा

बेइजिङ — नेपालको पर्यटन तथा व्यवसायप्रति बढ्दो चासोसँगै चीनका विभिन्न विश्वविद्यालयमा नेपाली भाषाका कक्षाहरू चिनियाँ शिक्षार्थीको आकर्षण बन्न थालेका छन् । हालसम्म चीनभर आधा दर्जनजति नेपाली भाषाका कक्षा चलिरहेका छन् ।

भर्खरै दक्षिणपूर्वी चीनको च्याङ्सी प्रान्तको नानछाङ्स्थित इस्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजी (ईसीयूटी)मा नेपाली भाषा कक्षा सुरू गरिएको छ।

विश्वविद्यालयमा शुक्रबार आयोजित ‘भाषा संचार तथा सांस्कृतिक आदानप्रदान’ विषयक कार्यक्रममार्फत् भाषा कक्षाको शुभारम्भ गरिएको हो । सोही अवसरमा अनलाइन तथा अफलाइन माध्यमबाट सहभागी नेपाली तथा चीनका विज्ञहरूबीच अन्तर्क्रिया समेत गरिएको विश्वविद्यालयको जिओफिजिक्स विभागमा कार्यरत नेपाली सह-प्राध्यापक डा. तारा बन्जाडेले जानकारी दिए । उनले चिनियाँ नयाँ पुस्ताले नेपाली भाषा अध्ययनमा देखाएको अभिरुचीबाट जनस्तरीय सम्बन्ध विस्तारमा सहयोग पुग्ने देखेर युनिभर्सिटीले नेपाली भाषा कक्षा चलाउन लागेको कान्तिपुरलाई बताए।

चीनमा लागि पूर्वनेपाली राजदूत लीलामणि पौड्याल, अरुणिमा कलेजका प्रमुख केशव जोशी, त्रिभुवन विश्वविद्यालय कन्फ्युसियस इन्स्टिच्युटका निर्देशक सिन लुकाओ, प्राध्यापक बालमुकुन्द रेग्मीले भिडियो मार्फत् भाग लिएका थिए । चिनियाँ पक्षबाट नेपाली भाषा कक्षाका पहलकर्ता ईसीयूटीअन्तर्गत स्कुल अफ फरेन ल्याङ्ग्वेजका डिन, प्राध्यापक लिउ युएमिङ, पार्टी सचिव प्राध्यापक ये चौ, इन्टरनेश्नल स्कुलका डिन वाङ च् छङ् लगायत उपस्थित थिए ।

नेपालमा उद्योग व्यवसाय तथा पर्यटन क्षेत्रमा संलग्न हुने चिनियाँहरूको संख्या बढ्दै गएकाले नेपाली भाषा कक्षाको माग भएको प्राध्यापक लिउ युएमिङले बताए। उनले भने, ‘नेपाली भाषा अध्ययन अत्यावश्यक भएको छ । व्यवसाय र पर्यटनका लागि नेपाली भाषाको माग बढ्दो छ।’

नेपालमा लामो समय बसेर वस्तुस्थिति अध्ययन गरेको भन्दै उनले पछिल्लो समय त्रिभुवन विश्वविद्यालय र पोखरा भ्रमण गरेर शैक्षिक आदानप्रदानको राम्रो सम्भावना देखेको बताए । ‘नेपाली बजारमा पर्यटनको राम्रो सम्भावना देखेकाले चिनियाँहरू स्वयं भाषिक कठिनाइ सुल्झाउन अग्रसर देखिन्छन्’, प्राध्यापक युएले भने, ‘नेपालमा व्यवसाय गर्न चाहने चिनियाँ उद्यमीहरूको इच्छा पनि देखिन्छ।’

पूर्वराजदूत लीलामणि पौड्यालले भाषाले अन्तर्देशीय सम्बन्धलाई गहन पार्न टेवा पुर्‍याउने बताए। भाषिक सहजताले एकअर्काको संस्कृति, परम्परा बुझ्न सहज भएर जनस्तरीय सम्बन्धलाई सरल बनाउन सक्ने उनको भनाइ थियो ।

नेपाली भाषाको कक्षा आगामी साताबाट सुरू गरिने विश्वविद्यालयले जनाएको छ । यसअघि चीनका विभिन्न विश्वविद्यालयमा नेपाली भाषा कक्षा संचालित छन् । राजधानी बेइजिङस्थित संचार विश्वविद्यालय (सीयूसी) र विदेशी भाषा अध्ययन विश्वविद्यालयमा नेपाली भाषा पढाइ हुँदैआएको छ । राजधानीबाहिर हनान प्रान्तको लोयाङ, युननान प्रान्तको खुनमिङस्थित जातीय विश्वविद्यालय, पल्लो शान्सी प्रान्तीय सियानयाङ सहरको सिचाङ जातीय विश्वविद्यालय लगायतमा नेपाली भाषाका कक्षा संचालित छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले विज्ञान जगतमा जुन योगदान गरे त्यसका लागि संसार अहिलेपनि उनीप्रति कृतज्ञ छ। मानिसहरुले आइन्स्टाइनलाई केवल एक वैज्ञानिकका रुपमामात्र होइन मानवताका लागि उनले गरेको योगदानका लागि समेत चिन्दछ । त्यसैले यो कुरा निश्चित छ कि उनीसँग जोडिएका हरेक कुरा अमूल्य छन् । हालै भएको एउटा घटनाले अल्बर्ट आइन्स्टाइनसँग सम्बन्धित चिजहरू कति महत्वपूर्ण र ...
: अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको फेरि हत्या प्रयास भएको छ। आगामी नोभेम्बर ५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प भएको स्थानमा फेरि गोली चलेको हो। ट्रम्पलाई उनको फ्लोरिडा गोल्फ क्लबमा आइतबार दोस्रो पटक हत्याको प्रयास भएको सीएनएनले जनाएको छ। हत्याको प्रयास भएको बेला ट्रम्प त्यतिबेला गल्फ खेल्दै थिए। अमेरिकी अधिकारीहरूका अनुसार पूर्व राष्ट्रपति ...
स्पेस एक्सको पोलारिस डन मिसनले नयाँ कीर्तिमान बनाएको छ । यो मिसनमार्फत् इतिहासमै पहिलोपटक पृथ्वीभन्दा ७ सय ३७ किलोमिटर माथि दुईजना आम मानिस अर्थात् गैर व्यवसायिक अन्तरिक्षयात्रीले अन्तरिक्षमा हिडेर कीर्तिमान कायम गरेका छन् । निजी अन्तरिक्ष मिसनमा रहेका यात्रीहरुले स्पेसवाक गरेको यो पहिलो पटक हो । अमेरिकाको केन्नेडी स्पेस सेन्टरबाट मंगलबार प्रक्षेपण भएको स्पेस एक्सको उक्त ...
। चीनले अवकाश (रिटायरमेन्ट)को उमेर बढाएको छ । तीन सरकारले अवकाशको उमेर बढाउने प्रस्ताव शुक्रबार स्वीकृत गरेको हो । यसअनुसार अब ब्लू कलर जब (फ्याक्टी, कन्स्ट्रक्सन जस्ता श्रम गर्नुपर्ने क्षेत्रको काम) का लागि महिलाको उमेर ५० वर्षबाट बढाएर ५५ वर्ष कायम गरिएको छ । यस्तै ह्वाइट कलर (पेशेवर) महिलाका लागि उमेर हद ५५ बाट ५८ वर्ष बनाइएको ...
। भारतको सर्वोच्च अदालतले नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई १० लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीश सूर्यकान्त र उज्जल भुयनले इजलासले केजरीवाललाई १० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । केजरीवाल मदिरा नीतिमा भ्रष्टाचार गरेको आरोपमा पक्राउ परेका थिए । भारतीय समाचार पीटीआईका अनुसार न्यायाधीश उज्जल भुयनले धरौटीमा रिहा गर्न सीबीआईलाई आदेश दिँदै भनेका छन्, ...