मुख्य समाचार
फ्रान्सको संसद भवन अगाडि विरोध प्रदर्शन गर्न नपाइने
फ्रान्सको संसद भवन अगाडि विरोध प्रदर्शन गर्न नपाइने

पेरिस : फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले संसद्मा मतदान बिना नै अलोकप्रिय निबृत्तिभरण (पेन्सन) सुधारको घोषणा गरेपछि फ्रान्सले शनिबार संसद अगाडि प्रदर्शन गर्न प्रतिबन्ध लगाएको छ।


म्याक्रोँको सरकारले बिहीबार कार्यकारी अधिकार प्रयोग गरी उक्त विवादास्पद विधेयक पारित गर्न आदेश जारी गरेपछि देशका अन्य भागमा भने शान्तिपूर्ण जुलुस निकालिएको छ। यो कदमले राजनीतिक वर्गमा आक्रोश पैदा गर्नुका साथै सडकमा विरोध प्रदर्शन थप आक्रामक बनेको छ।

आफ्नो दोस्रो र अन्तिम जनादेशको एक वर्षभन्दा कम समयमा पेन्सन सुधार कार्यक्रमले ४५ वर्षीय नेता म्याक्रोँलाई सबैभन्दा ठूलो चुनौती प्रस्तुत गरेको छ। संसदीय स्रोतका अनुसार विपक्षी सांसदले सोमबार अपराह्न संसद्मा छलफल हुने गरी सरकारविरुद्ध अविश्वासको दुई प्रस्ताव दर्ता गराएका छन्।

उनीहरूले मन्त्री परिषद्लाई अपदस्थ गर्न र सेवानिवृत्तिको उमेर ६२ बाट ६४ पुर्‍याउने कानूनलाई खारेज गर्न पर्याप्त समर्थन प्राप्त गर्ने आशा गरेका छन्। पेरिसमा प्रदर्शनकारी र प्रहरीबीच पछिल्लो दुई रात भएको झडपपछि प्रहरीले शनिबार राजधानीको ‘प्लेस डे ला कोनकोर्ड’मा संसद भवन लक्षित सेन नदीपारीको प्रदर्शनलाई निषेध गरेको हो। ‘सार्वजनिक सुव्यवस्थामा खलल पर्ने गम्भीर जोखिमका कारण’ उसले यस्तो कदम चालेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले विज्ञान जगतमा जुन योगदान गरे त्यसका लागि संसार अहिलेपनि उनीप्रति कृतज्ञ छ। मानिसहरुले आइन्स्टाइनलाई केवल एक वैज्ञानिकका रुपमामात्र होइन मानवताका लागि उनले गरेको योगदानका लागि समेत चिन्दछ । त्यसैले यो कुरा निश्चित छ कि उनीसँग जोडिएका हरेक कुरा अमूल्य छन् । हालै भएको एउटा घटनाले अल्बर्ट आइन्स्टाइनसँग सम्बन्धित चिजहरू कति महत्वपूर्ण र ...
: अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको फेरि हत्या प्रयास भएको छ। आगामी नोभेम्बर ५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प भएको स्थानमा फेरि गोली चलेको हो। ट्रम्पलाई उनको फ्लोरिडा गोल्फ क्लबमा आइतबार दोस्रो पटक हत्याको प्रयास भएको सीएनएनले जनाएको छ। हत्याको प्रयास भएको बेला ट्रम्प त्यतिबेला गल्फ खेल्दै थिए। अमेरिकी अधिकारीहरूका अनुसार पूर्व राष्ट्रपति ...
स्पेस एक्सको पोलारिस डन मिसनले नयाँ कीर्तिमान बनाएको छ । यो मिसनमार्फत् इतिहासमै पहिलोपटक पृथ्वीभन्दा ७ सय ३७ किलोमिटर माथि दुईजना आम मानिस अर्थात् गैर व्यवसायिक अन्तरिक्षयात्रीले अन्तरिक्षमा हिडेर कीर्तिमान कायम गरेका छन् । निजी अन्तरिक्ष मिसनमा रहेका यात्रीहरुले स्पेसवाक गरेको यो पहिलो पटक हो । अमेरिकाको केन्नेडी स्पेस सेन्टरबाट मंगलबार प्रक्षेपण भएको स्पेस एक्सको उक्त ...
। चीनले अवकाश (रिटायरमेन्ट)को उमेर बढाएको छ । तीन सरकारले अवकाशको उमेर बढाउने प्रस्ताव शुक्रबार स्वीकृत गरेको हो । यसअनुसार अब ब्लू कलर जब (फ्याक्टी, कन्स्ट्रक्सन जस्ता श्रम गर्नुपर्ने क्षेत्रको काम) का लागि महिलाको उमेर ५० वर्षबाट बढाएर ५५ वर्ष कायम गरिएको छ । यस्तै ह्वाइट कलर (पेशेवर) महिलाका लागि उमेर हद ५५ बाट ५८ वर्ष बनाइएको ...
। भारतको सर्वोच्च अदालतले नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई १० लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीश सूर्यकान्त र उज्जल भुयनले इजलासले केजरीवाललाई १० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । केजरीवाल मदिरा नीतिमा भ्रष्टाचार गरेको आरोपमा पक्राउ परेका थिए । भारतीय समाचार पीटीआईका अनुसार न्यायाधीश उज्जल भुयनले धरौटीमा रिहा गर्न सीबीआईलाई आदेश दिँदै भनेका छन्, ...