मुख्य समाचार
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम अघि बढाइँदै
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम अघि बढाइँदै

: भरतपुर महानगरपालिका-१५ मा निर्माण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम अघि बढाउन लागिएको छ। भरतपुर महानगरपालिकाले संघीय सरकारसँग पहल गरेर तिर्नुपर्ने रकम मन्त्रिपरिषद्बाट निर्णय गरी भुक्तान गराएर कामलाई अघि बढाउन लागिएको हो।


भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले छिट्टै मन्त्रिपरिषद्बाट निर्णय हुने बताइन्। धुर्मुस सुन्तली फाउन्डेसनले रङ्शाला निर्माणका क्रममा रकम अभाव भएको भन्दै काम छोडेपछि झन्डै दुई वर्षदेखि रंगशाला अलपत्र अवस्थामा रहेको छ। फाउन्डेसनले विभिन्न व्यक्ति र संस्थालाई रु १८ करोड ४१ लाख भुक्तान गर्न बाँकी रहेको जनाएको छ।

भुक्तानी रकम तिर्ने विषयमा समस्या भएकाले काम रोकिएको हो। दाहालका अनुसार भुक्तान दिनुपर्नेलाई सरकारी तवरबाट रकम निकासा गरी भुक्तानी गरेर नयाँ प्रक्रियाबाट रंगशालाको काम गर्न लागिएको हो।

'रकम तिर्नुपर्ने नभएको भए पहिले नै काम हुन्थ्यो। तिर्नुपर्ने बाँकी रहेकै कारण काम अघि बढाउन ढिलाइ भएको हो,' उनले भनिन्। खेलकुद मन्त्रालयले तत्कालीन सहरी विकास मन्त्रालयका सहसचिव प्रकीर्ण तुलाधरको संयोजकत्वमा खेलकुद मन्त्रालय र भरतपुर महानगरपालिकाको प्रतिनिधि रहेको समिति गठन गरी अध्ययनसमेत गराएको छ।

सो समितिले प्राविधिक र आर्थिक प्रतिवेदन बुझाइसकेको छ। दाहालका अनुसार तिर्नुपर्ने भुक्तानी तिरेर संघीय सरकारले बोलपत्र आह्वान गरी काम अघि बढाउँदैछ। यो रंगशाला यहाँ निर्माणका लागि पहल कदमी गर्नुहुने तत्कालीन चितवन क्षेत्र नं ३ का सांसदसमेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले प्रधानमन्त्री छन्।

जिल्लामा रंगशाला स्थापनाकालदेखि नै उनको पहलकदमी रहेकाले यसलाई टुंगोमा पुर्‍याउन प्रधानमन्त्री दाहालकोसमेत चाहना रहेको छ। तिर्नुपर्ने भुक्तानीको टुंगो लागेसँगै सकेसम्म यसै आर्थिक वर्षबाट बहुवर्षीय आयोजनाभित्र पारेर काम सुरु हुने प्रमुख दाहालको भनाइ छ।

भरतपुर महानगरपालिकाले रंगशाला निर्माणका लागि त्रिभुवन विश्वविद्यालयका नाममा लालपूर्जा रहेर कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गरेको २० बिघा छ कट्ठा जग्गा उपलब्ध गराएको थियो। निर्माणको समयमा फाउण्डेसनले भुक्तान गर्नुपर्ने बाँकी रकम कहाँबाट तिर्ने भन्ने स्पष्ट कानुनी व्यवस्था नभएका कारण समस्या आएको हो। विसं २०७५ माघ १६ गते महानगरपालिका र फाउण्डेसनबीच भएको सहमतिअनुसार निर्माण सम्पन्न गरेर वा स्रोत जुट्न नसके तत्काल हस्तान्तरण गर्ने उल्लेख भएको छ।

फाउण्डेसनले निर्माणको ३५ प्रतिशत काम सम्पन्न भएको महानगरपालिकालाई हस्तान्तरण गर्दा जनाएको थियो। फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेलका अनुसार निर्माणका क्रममा रु ५७ करोड ९२ लाख खर्च भएको छ। सोमध्ये नगद र जिन्सी गरी रु ३९ करोड ८० लाख उठेको कट्टेलले बताए।

रकम तिर्न नसके पछि विसं २०७७ साउनदेखि रंगशाला निर्माणको काम रोकिएको हो। निर्माणका क्रममा सार्वजनिक खरिद ऐनअनुसार काम नभएका कारण सरकारी निकायले भुक्तानी गर्नुपर्ने रकमको जिम्मा लिन कठिन भएकै कारण धेरै समय लागेको हो। महानगरपालिकाले सहमतिविपरीत फाउण्डेसनले भुक्तानी तिर्नुपर्ने अवस्थामा हस्तान्तरण गरेको भन्दै विमती जनाउँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालले आईसीसी विश्वकप लिग-२ मा आज ओमानसँग खेल्दैछ । खेल नेपाली समय अनुसार आज राति ८ : ४५ मा क्यानडाको किंग सिटीमा मेपल लिफ नर्थ वेस्ट क्रिकेट ग्राउण्डमा सुरु हुनेछ । नेपाल पहिलो खेलमा क्यानडासँग १०३ रनले पराजित भएको थियो । त्यसैले नेपाललाई आजको खेलमा जित्नुपर्ने दबाब छ । ओमानको भने यस सिरिजमा पहिलो खेल ...
। अखिल नेपाल फुटबल संघ (एन्फा) ले पुरुष टिमको प्रमुख प्रशिक्षक माग गरेको छ । हालका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्कर्टो एनेसको अवधि नवीकरण नभएपछि सोमबार सामाजिक सञ्जालमा एक सूचना राख्दै एन्फाले प्रमुख प्रशिक्षक माग गरेको हो । आवेदकसँग एएफसीको प्रो लाइसेन्स भएको हुनुपर्नेछ । त्यस्तै एन्फाले आवेदकसँग सिनियर राष्ट्रिय टोली अथवा व्यवसायिक फुटबलमा ५–१० वर्षको अनुभव रहनुपर्ने ...
। तीन महिनापछि अन्तर्राष्ट्रिय क्रिकेट खेल्दा सोमबार राति क्यानडाविरुद्धको खेलमा नेपाल १०३ रनले पराजित भयो । नेपालको पराजयको कारण यस पटक पनि खराब ब्याटिङ नै रह्यो । नेपालले गत जुनमा भएको आईसीसी टी–२० विश्वकप मा दक्षिण अफ्रिका, बंगलादेश र नेदरल्याण्डससँगको खेल पनि खराब ब्याटिङकै कारण गुमाएको थियो । सोमबार क्यानडाविरुद्धको खेलमा नेपालको ब्याटिङ र खेलाडीको खेल कौशलमा ...
। आईसीसी विश्वकप लिग २ का लागि क्यानडा भ्रमण रहेको नेपाली टोलीले आज ओमानसँग खेल्दैछ । खेल नेपाली समयअनुसार किंग सिटी मैदानमा आज राति पौने ९ बजेदेखि सुरु हुनेछ । त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल आयोजक क्यानडासँग फराकिलो अन्तरले पराजित भएको थियो । नेपालले लिग २ को सुरुआत नै कमजोर प्रदर्शनबाट गरेको हो । ७ महिनाअघि घरेलु ...
। नेपाली विभागीय टोली नेपाल पुलिस क्लबले सेन्ट्रल एसियन भलिबल एसोसियसन (काभा) महिला क्लब भलिबल च्याम्पियनसिपमा दोस्रो जित निकालेको छ । सोमबार माल्दिभ्सको मालेमा भएको खेलमा पुलिसले श्रीलंकाली क्लब एयर फोर्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै दोस्रो जित निकालेको हो । पुलिसले एयर फोर्सलाई २५–१६, २५–२० र २५–२१ ले हराएको हो । पहिलो र दोस्रो सेटमा ...