मुख्य समाचार
आर्सनल आठ अंक अगाडि
आर्सनल आठ अंक अगाडि

— आर्सनलले इंग्लिस प्रिमियर लिगमा आइतबार क्रिस्टल प्यालेसलाई ४–१ ले पराजित गर्दै शीर्ष स्थानमा आठ अंकको अग्रता लिएको छ ।

यो जितपछि आर्सनलको २८ खेलबाट ६९ अंक भएको छ । दोस्रो स्थानको म्यानचेस्टर सिटीको ६१ अंक छ । उसले एक खेल कम खेलेको छ । इमिरेट्समा भएको खेलमा आर्सनलका लागि बुकायो साकाले दुई गोल गरे । यस्तै ग्याब्रिएल मार्टिनेल र ग्रायन्ट कासाले एक/एक गोल गरे । प्यालेसका तर्फबाट जेफरी स्कपले एक गोल फर्काए ।

त्यस अगाडि एभरटनले शनिबार चेल्सीको स्टामफोर्डब्रिजमा २–२ को बहादुरीपूर्ण बराबरी निकाल्दै एक बहुमूल्य अंक बटुलेको थियो । एलिस सिम्सले खेल सकिन एक मिनेट अगाडि एभरटनका लागि निर्णायक बराबरी गोल गरेका हुन् ।

यो नतिजापछि एभरटन २६ अंकमा १५ औं स्थानमा रह्यो र उसको रेलिगेसन तनाव कम हुँदैछ । चेल्सी भने ३८ अंकमा दसौं स्थानमा छ । शनिबारका अन्य प्रमुख खेलमा एस्टन भिल्लाले बर्नमाउथलाई ३–० र लिड्सले उल्भ्सलाई ४–२ ले हराए । यस्तै, साउथह्याम्पटन र टोटेनहमले ३–३ को बराबरी खेले । यो नतिजाले शीर्ष चारमा टोटेनहमको चुनौती कमजोर बनेको छ ।

एफए कपमा भने इर्लिङ हालान्डले पाँच दिनमा गरेको दोस्रो ह्याट्रिक मदतले म्यानचेस्टर सिटीले शनिबार बर्नलीलाई ६–० ले हराएर सेमिफाइनल प्रवेश गरेको छ ।

नर्वेली अग्रपंक्तिका खेलाडी हालान्डले यसअघि युरोपेली च्याम्पियन्स लिगमा लाइपजिगविरुद्ध पाँच गोल गरेका थिए । यससँगै यो सिजन उनको व्यक्तिगत गोल संख्या सबै प्रतियोगितामा गरेर ४२ पुगेको छ । रुड भान निस्टलरोय र मोहमद सलाहको नाममा रहेको एकै सिजन सर्वाधिक गोलको कीर्तिमानबाट उनी दुई गोलमात्र पछाडि रहेका छन् । उनले यो सिजन सर्वाधिक गोलको इंग्लिस कीर्तिमान राख्न सक्नेछन् ।

सिटीले च्याम्पियनसिपको शीर्ष स्थानमा रहेको टिममाथि इतिहादमा प्राप्त यस जितमा जुलियन अल्भारेजले दुई गोल गरे । यस्तै, एक गोल कोल पाल्मरको नाममा रह्यो । आइतबार एफए कपकै अर्को खेलमा सेफिल्ड युनाइटेडले ब्लाकबर्न रोभर्सलाई ३–२ ले हरायो । त्यसमा टोलमी डोयलीले दोस्रो हाफको इन्ज्युरी समयमा निर्णायक गोल गरे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालले आईसीसी विश्वकप लिग-२ मा आज ओमानसँग खेल्दैछ । खेल नेपाली समय अनुसार आज राति ८ : ४५ मा क्यानडाको किंग सिटीमा मेपल लिफ नर्थ वेस्ट क्रिकेट ग्राउण्डमा सुरु हुनेछ । नेपाल पहिलो खेलमा क्यानडासँग १०३ रनले पराजित भएको थियो । त्यसैले नेपाललाई आजको खेलमा जित्नुपर्ने दबाब छ । ओमानको भने यस सिरिजमा पहिलो खेल ...
। अखिल नेपाल फुटबल संघ (एन्फा) ले पुरुष टिमको प्रमुख प्रशिक्षक माग गरेको छ । हालका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्कर्टो एनेसको अवधि नवीकरण नभएपछि सोमबार सामाजिक सञ्जालमा एक सूचना राख्दै एन्फाले प्रमुख प्रशिक्षक माग गरेको हो । आवेदकसँग एएफसीको प्रो लाइसेन्स भएको हुनुपर्नेछ । त्यस्तै एन्फाले आवेदकसँग सिनियर राष्ट्रिय टोली अथवा व्यवसायिक फुटबलमा ५–१० वर्षको अनुभव रहनुपर्ने ...
। तीन महिनापछि अन्तर्राष्ट्रिय क्रिकेट खेल्दा सोमबार राति क्यानडाविरुद्धको खेलमा नेपाल १०३ रनले पराजित भयो । नेपालको पराजयको कारण यस पटक पनि खराब ब्याटिङ नै रह्यो । नेपालले गत जुनमा भएको आईसीसी टी–२० विश्वकप मा दक्षिण अफ्रिका, बंगलादेश र नेदरल्याण्डससँगको खेल पनि खराब ब्याटिङकै कारण गुमाएको थियो । सोमबार क्यानडाविरुद्धको खेलमा नेपालको ब्याटिङ र खेलाडीको खेल कौशलमा ...
। आईसीसी विश्वकप लिग २ का लागि क्यानडा भ्रमण रहेको नेपाली टोलीले आज ओमानसँग खेल्दैछ । खेल नेपाली समयअनुसार किंग सिटी मैदानमा आज राति पौने ९ बजेदेखि सुरु हुनेछ । त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल आयोजक क्यानडासँग फराकिलो अन्तरले पराजित भएको थियो । नेपालले लिग २ को सुरुआत नै कमजोर प्रदर्शनबाट गरेको हो । ७ महिनाअघि घरेलु ...
। नेपाली विभागीय टोली नेपाल पुलिस क्लबले सेन्ट्रल एसियन भलिबल एसोसियसन (काभा) महिला क्लब भलिबल च्याम्पियनसिपमा दोस्रो जित निकालेको छ । सोमबार माल्दिभ्सको मालेमा भएको खेलमा पुलिसले श्रीलंकाली क्लब एयर फोर्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै दोस्रो जित निकालेको हो । पुलिसले एयर फोर्सलाई २५–१६, २५–२० र २५–२१ ले हराएको हो । पहिलो र दोस्रो सेटमा ...