मुख्य समाचार
अग्रता जोगाउन नसक्दा बायर्न पराजित, शीर्ष स्थानमा फर्कने मौका गुमायो
अग्रता जोगाउन नसक्दा बायर्न पराजित, शीर्ष स्थानमा फर्कने मौका गुमायो

काठमाडौं । जर्मन बुन्डेसलिगामा बायर्न म्युनिख अग्रता जोगाउन नसक्दा बायर लेभरकुजनसँग पराजित भएको छ।

आइतबार राति भएको खेलमा इजेक्वेल पलासियोसले दुई पेनाल्टी गोल गरेपछि लेभरकुजनले एक गोलले पछि परेको स्थिति उल्टाएर बायर्नलाई २-१ ले पराजित गरेको हो ।

हारपछि बायर्नले शीर्ष स्थानमा फर्कने अवसरसमेत गुमाएको हो ।यसको अर्थ बोरुसिया डर्टमण्ड शीर्ष स्थाना कायम छ । डर्टमण्डले शनिबार कोल्नलाई ६-१ ले हराएर शीर्ष स्थानमा उक्लेको थियो ।

बायर्न हारेपछि डर्टमण्डले यो साता शीर्ष स्थानमै रहेर अन्त्य गर्नेछ ।२५ खेलपछि डर्टमण्डको ५३ अंक छ भने बायर्नको ५२ अंक छ ।

खेलको २२औं मिनेटमा जोसुअ किमिचले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । तर, ५५औं मिनेटमा लेभरकुजनका पलासियोसले पेनाल्टीमार्फत गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए ।

७३औं मिनेटमा पलासियोसले पेनाल्टीबाटै व्यक्तिगत दोस्रो गोल गर्दै बायर लेभरकुजनलाई २-१ को जित दिलाए ।

जितपछि लेभरकुजन २५ खेलबाट ३७ अंक जोडेर आठौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेपालको एसीसी ट्वान्टी–२० प्रिमियर कप क्रिकेटको यात्रा सेमिफाइनलमा रोकिएको छ । निकै खराब ब्याटिङ गरेको नेपाललाई शुक्रबार ओमानमा भइरहेको प्रतियोगिताको सेमिफाइनलमा यूएईले ६ विकेटले पराजित गरेको हो । योसँगै नेपालको लगातार दोस्रो पटक एसिया कप खेल्ने समाप्त भएको छ । प्रिमियर कपको विजेताले अर्को वर्ष एसिया कपमा खेल्न पाउने प्रावधान छ । गत वर्ष नेपालले ...
— लयमा फर्कने प्रयासमा रहेको मुम्बईले बिहीबार आईपीएल २०२४ मा पञ्जाव किंग्सलाई नौ रनले पराजित गरेको छ । यो जितपछि मुम्बईको सात खेलबाट छ अंक भएको छ र सातौं स्थानमा उक्लेको छ । अब उसले शीर्ष चारका लागि प्रयास गर्न सक्नेछ । पञ्जाव भने चार अंकमा नवौं स्थानमा छ । मुम्बईले पहिले ब्याटिङ गर्दै सात विकेटमा ...
— लिभरपुलले क्वाटरफाइनल दोस्रो लेगमा बिहीबार एटलान्टालाई १–० ले हराए पनि युरोपा लिगमा उसको चुनौती समाप्त भएको छ । लिभरपुलका लागि मोहमद सलाहले सातौं मिनेटमा पेनाल्टीबाट गोल गरे । यस जितका बाबजुद लिभरपुल समग्रमा ३–१ ले पछाडि पर्‍यो र एटलान्टा सेमिफाइनल पुग्यो । मार्से, रोमा र लेभरकुजन पनि अन्तिम चारमा पुग्न सफल रहे । मार्सेले बेनफिकालाई ...
: नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी आइसीसी टी-२० वरियताको अलराउन्डरतर्फ ११औं स्थानमा उक्लिएका छन्। अन्तर्राष्टिय क्रिकेट काउन्सिल (आइसिसी)ले जारी गरेको नयाँ वरियतामा दीपेन्द्र १४औं स्थान सुधार गर्दै ११औं स्थानमा पुग्न सफल भएका हुन्। त्यसैगरी ब्याटिङतर्फको विश्व वरियतामा १६ स्थान सुधार गर्दै ऐरी ६२औं स्थानमा उक्लिएका छन्। ऐरी हालः ओमानमा जारी एसिसी प्रिमियर कप क्रिकेट ...
: एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालको प्रतिद्वन्द्वी युएई हुने भएको छ। समूह बीअन्तर्गतको खेलमा युएईले कम्बोडिया र ओमानले कुवेतलाई हराएपछि सेमिफाइनल समीकरण पूरा भएको हो। ओमान अपराजित रहँदै समूह विजेता बनेको छ भने युएई तीन जित र एक हारसँगै उपविजेता बनेको छ। समूह एमा नेपाल अपराजित रहँदै विजेता र हङकङ उपविजेता बनेको हो। यससँगै सेमिफाइनलमा नेपालले ...