मुख्य समाचार
आर्सनललाई आठ अंकको अग्रता
आर्सनललाई आठ अंकको अग्रता

। बुकाया साकाको उत्कृष्ट प्रदर्शनमा प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनलले आइतबार क्रिस्टल प्यालेसलाई ४-१ ले पराजित गरेको छ ।

यस जितपछि लिग लिडर आर्सनलले दोस्रो स्थानको म्यानचेष्टर सिटीमाथि ८ अंकको अग्रता बनाएको छ ।

घरेलु मैदान एमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलका लागि साकाले दुई गोल गर्नुका साथै एक असिस्ट गरे ।

खेलको २८औं मिनेटमा साकाकै पासमा गाब्रीएल मार्टिनेलीले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । साकाले ४३औं मिनेटमा बेन ह्वाइटको पासमा गोल गरी अग्रता दोब्बर पारे ।

५५औं मिनेटमा ग्राइन्ट जाकाले लियोन्ड्रो ट्रोसार्डको पासमा गोल गरे । ६३औं मिनेटमा प्यालेसका जेफ्री स्कल्पले गोल गर्दै गवद्य अन्तर कम पार्ने प्रयास गरेका थिए । तर ७४औं मिनेटमा साकाले व्यक्तिगत दोस्रो गोल गरेपछि बर्सनलले सहज जित निकाल्यो ।

जितपछि आर्सनलले २८ खेलबाट ६९ अंक जोडेको छ । एक खेल कम खेलेको सिटीको ६१ अक छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालले एसीसी प्रिमियर कप २०२४ मा हङकङलाई ८ विकेटले हराउँदै लगातार तेस्रो जित हात पारेको छ । समूह ए मा तेस्रो जितका साथ नेपालको सेमिफाइनल यात्रा अव औपचारिकता मात्रै बाँकी छ । ११५ रनको लक्ष्य पछ्याएको नेपालले १२.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । ओपनर आसिफ शेखले १८ बलमा ३ चौका र ३ छक्कासहित ...
। नेपाल ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ को सेमिफाइनलमा पुगेको छ । सोमबार समूह ए को अर्को खेलमा कतारले मलेसियालाई ४ विकेटले हराएसँगै नेपालको सेमिफाइनल यात्रा पक्का बनेको हो । समूह ए बाट नेपालपछि अब साउदी अरेबिया मात्रै अब ६ अंकमा पुग्न सक्ने समीकरण हुँदा एक खेल अगावै सेमिफाइनलमा पुगेको हो । समूह ए मा नेपाल ...
। इंग्ल्याण्ड सी टिमसँग आगामी मे मा हुने मैत्रीपूर्ण खेलका लागि नेपालको प्रारम्भिक टोली घोषणा गरिएको छ । मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले आइतबार २८ सदस्यीय टोली घोषणा गरेका हुन् । बहराइनविरुद्ध विश्वकप छनोटको दुई खेल खेल्न गएका २३ जनामध्ये २२ जना यथावत छन् भने टिममा ६ खेलाडी थप गरिएको छ । थपिएका खेलाडीमा गोलकिपर सन्तोष महत, ...
। तीव्र गतिका बलर मिचेल स्टार्क र ओपनर फिलिप साल्टको उत्कृष्ट प्रदर्शनमा कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा लखनऊ सुपर जायन्ट्सलाई ८ विकेटले हराउँदै चौथो जित हात पारेको छ । १६२ रनको लक्ष्य कोलकाताले १५.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । ओपनर फिलिप साल्ट ४७ बलमा १४ चौका र ३ छक्कासहित ८९ ...
। हङकङ ओमानमा जारी एसीसी प्रिमियर कपमा साउदी अरेवियासँग ५५ रनले स्तब्ध भएको छ । समूह ए मा साउदीले पहिलो जितका साथ सेमिफाइनल सम्भावनालाई कायम राखेको छ । हङकङलाई यस हारले सेमिफाइनल खेल्ने सपनामा ठूलो धक्का लागेको छ । २०३ रनको विशाल लक्ष्य पछ्याएको हङकङ १८.५ ओभरमा १४७ रनमा अल आउट भयो । कप्तान निजाकत खानले ...