मुख्य समाचार
टोटनहम प्रशिक्षकको आक्रोश : हामी एक टिम हैनौं, म स्वार्थी खेलाडी देख्छु
टोटनहम प्रशिक्षकको आक्रोश : हामी एक टिम हैनौं, म स्वार्थी खेलाडी देख्छु

। टोटनहमका प्रशिक्षक एन्टोनियो कोन्टेले टिमका खेलाडी स्वार्थी भएको आरोप लगाएका छन् ।

खेलाडीहरु स्वार्थी भएका कारण टोटनहमले एक टिमको रुपमा नखेलेको उनको आरोप छ । शनिबारराति भएको खेलमा साउथह्याम्पटसँग ३–१ को अग्रता लिएको टोटनहमले अग्रता जोगाउन नसक्दा ३–३ को बराबरी खेलेको हो ।

इटालियन प्रशिक्षकले निकै संघर्षरत टिम साउथह्याम्पटनसँग ३–३ बराबरी खेलेपछि टिममा स्वर्थीपन बढी भएका कारण यस्तो भएको खुलासा गरेका हुन् ।

कोन्टेले बीबीसीसँग भने, ‘टिमको समस्या भनेको हामी यहाँ टिम देख्दैनौं । म ११ खेलाडी देख्छु, यिनीहरु सबै स्वार्थी भएको देख्छु । म त्यस्ता खेलाडी देख्दिन जसले एक अर्कालाई मद्धत गर्ने चाहना राखेर मनबाट खेल्थे ।’

यस सिजनको अन्त्यसँगै उनको टोटनहमसँगको अनुबन्धता पनि सकिन्छ । उनले बोर्डको पनि आलोचनात्मक टिप्पणी गरेका थिए । ‘टोटनहमको इतिहास यहि नै हो । २० वर्षदेखि मालिकहरु यहाँ छन् तर आजसम्म केही पनि जित्न सकेका छैनन् ।’

उनको यो टिप्पणीले बाँकी रहेको अनुबन्ध समयमा उनको नोकरी धरापमा पर्न सक्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सनराइज हैदरावादले बुधबार राति आईपीएल २०२४ मा अहिलेसम्मकै उच्च स्कोरको कीर्तिमान बनाउने क्रममा तीन विकेटमा २ सय ७७ रन बनाएको छ । छक्काको वर्षा गर्दै हैदरावादले मुम्बई इन्डियन्सलाई ३१ रनले पराजित गर्‍यो । उसका लागि अस्ट्रेलियाका ट्रेभिसले हेडले २४ बलमा ६२ रन बनाए । यस्तै वेस्ट इन्डिज लेजेन्ड ब्रायन लारासँग कुराकानी गरेर प्रभावित भएका अभिषेक ...
— अखिल नेपाल फुटबल संघ (एन्फा) भित्रको आन्तरिक द्वन्द्व, खेलाडी पलायन र सबैखाले अन्योलको सिधा असर राष्ट्रिय टोलीको प्रदर्शनमा पर्छ कि पर्दैन ? यसको ठ्याक्कै उत्तर गाह्रो छ । तर, एउटा तथ्य निश्चित छ, अन्तर्राष्ट्रिय फुटबलमा नेपाली राष्ट्रिय टिमको कमजोर प्रदर्शनको शृंखला फेरि एकपल्ट देखा परेको छ । विश्वकपको एसियाली छनोटअन्तर्गत दोस्रो चरणको समूह ‘एच’ को दुई खेलमा नेपालले ...
। आगामी ४ देखि १३ साउनसम्म श्रीलंकामा हुने एसिया कप महिला क्रिकेटमा नेपाल, भारत र पाकिस्तान एकै समूहमा परेका छन् । श्रीलंकाको दमबुल्लाहमा हुने प्रतियोगितामा ८ समूह सहभागी छन् । जसमा नेपाल, भारत, पाकिस्तान र युएई समूह ए मा छन् भने बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड समूह बीमा छन् । यसअघि सन् २०२२ मा भएको एसिया ...
। राष्ट्रिय खेलकुद परिषदले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र स्कोर बोर्ड निर्माणका लागि छुट्टाछुट्टै बोलपत्र आह्वान गरेको छ । यसअघि १७ साउन २०८० मा राखेपले फ्लडलाइट र स्कोरबोर्ड निर्माणका लागि बोलपत्र आह्वान गरेको थियो । बोलपत्र अनुसार ४ वटा कम्पनीले फ्लडलाइट जडानका लागि दरखास्त पेश गरेका थिए । जसमा राखेपले कात्तिक २० गते सिनामंगलको एमएसआईपीएल एएससी ...
: आयरल्यान्ड ‘ए’ विरुद्धको खेलमा नेपाल ७१ रनले विजयी भएको छ। मंगलबार त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १९९ रनको लक्ष्य पछ्याउने क्रममा आयरल्यान्ड ‘ए’ १८.३ ओभरमा १२७ रन मात्र बनाएर अलआउट भएको हो। नेपालका लागि कुशल मल्ल र सोमपाल कामीले ३/३ विकेट, करण केसी, कुशल भुर्तेल र विवेक यादवले १/१ विकेट लिएका हुन्। आयरल्यान्डका स्टीफन डोहेनीले ...