मुख्य समाचार
संकटग्रस्त बनेको क्रेडिट स्वीस बैंकलाई यूबीएसले किन्यो
संकटग्रस्त बनेको क्रेडिट स्वीस बैंकलाई यूबीएसले किन्यो

— संकटग्रस्त बनेको क्रेडिट स्वीस बैंकलाई युनियन बैंक अफ स्वीट्जरल्याण्ड (यूबीएस)ले खरिद गर्ने सम्झौता गरेको छ । यूबीएसले स्वीस बैंकलाई ३ अर्ब स्वीस फ्र्यांक (३ अर्ब २५ करोड अमेरिकी डलर) मा खरिदको सम्झौता गरेको हो । १६७ वर्ष पुरानो स्वीस बैंकले समयमै तरलताको व्यवस्थापन गर्न नसक्दा संकटग्रस्त बनेको थियो ।

तरलता व्यवस्थापनका लागि स्वीस बैंकले यसअघि आफ्नो मुख्य लगानीकर्ता साउदी नेसनल बैंकसँग थप आर्थिक सहायता माग गरेको थियो । तर साउदी नेसनल बैंकले थप सहायता प्रदान गर्न नसक्ने बताएपछि संकटग्रस्त बनेको बैंक अन्ततः यूबीएसले खरिद गर्ने भएको हो । साउदी नेसनलले स्वीस बैंकको ९.९ प्रतिशत सेयर स्वामित्व ग्रहण गर्दथ्यो ।

साउदीले प्रतिसेयर ३.८२ स्वीस फ्र्यांक (४.१२ अमेरिकी डलर)का दरले सेयर खरिद गरेको थियो तर अब यूबीएसले बैंकको सेयर प्रतिकित्ता ०.७६ फ्र्यांक (०.८२ अमेरिकी डलर)का दरले खरिद गरेको छ । साउदी नेसनल बैंकले क्रेडिट स्वीसमा भएको लगानीवापत ८० प्रतिशत नोक्सानी ब्यहोरेको जनाएको छ । साउदी नेसनल बैंकका अध्यक्ष अम्मार अल खुदियारीले आतंक सिर्जना गराई बैंकमाथि षडयन्त्र गरिएको प्रतिक्रिया दिएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनबीसीसँग उनले भनेका छन् ‘एउटा आतंक सिर्जना गरी अनुचित कार्य गरियो, यसप्रति मेरो आपत्ति रहन्छ ।’ यूबीएसको खरिदबाट मात्रै बैंकिङ प्रणालीमा स्थायित्व नहुने भएकाले प्रणालीगत जोखिम कायमै रहने स्वीसका अधिकारीहरुले प्रतिक्रिया दिएका छन् । त्यसअघि अमेरिकाका दुई बैंक सिलिकन भ्याली र सिग्नेचर बैंक पनि तरलता समस्याका कारण बन्द हुन पुगेका थिए । त्यहीं घटनाक्रमको आफूहरूलाई सबैभन्दा ठूलाे असर परेको क्रेडिट सुइसका अध्यक्ष एक्सेल लेहम्यानले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले विज्ञान जगतमा जुन योगदान गरे त्यसका लागि संसार अहिलेपनि उनीप्रति कृतज्ञ छ। मानिसहरुले आइन्स्टाइनलाई केवल एक वैज्ञानिकका रुपमामात्र होइन मानवताका लागि उनले गरेको योगदानका लागि समेत चिन्दछ । त्यसैले यो कुरा निश्चित छ कि उनीसँग जोडिएका हरेक कुरा अमूल्य छन् । हालै भएको एउटा घटनाले अल्बर्ट आइन्स्टाइनसँग सम्बन्धित चिजहरू कति महत्वपूर्ण र ...
: अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको फेरि हत्या प्रयास भएको छ। आगामी नोभेम्बर ५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प भएको स्थानमा फेरि गोली चलेको हो। ट्रम्पलाई उनको फ्लोरिडा गोल्फ क्लबमा आइतबार दोस्रो पटक हत्याको प्रयास भएको सीएनएनले जनाएको छ। हत्याको प्रयास भएको बेला ट्रम्प त्यतिबेला गल्फ खेल्दै थिए। अमेरिकी अधिकारीहरूका अनुसार पूर्व राष्ट्रपति ...
स्पेस एक्सको पोलारिस डन मिसनले नयाँ कीर्तिमान बनाएको छ । यो मिसनमार्फत् इतिहासमै पहिलोपटक पृथ्वीभन्दा ७ सय ३७ किलोमिटर माथि दुईजना आम मानिस अर्थात् गैर व्यवसायिक अन्तरिक्षयात्रीले अन्तरिक्षमा हिडेर कीर्तिमान कायम गरेका छन् । निजी अन्तरिक्ष मिसनमा रहेका यात्रीहरुले स्पेसवाक गरेको यो पहिलो पटक हो । अमेरिकाको केन्नेडी स्पेस सेन्टरबाट मंगलबार प्रक्षेपण भएको स्पेस एक्सको उक्त ...
। चीनले अवकाश (रिटायरमेन्ट)को उमेर बढाएको छ । तीन सरकारले अवकाशको उमेर बढाउने प्रस्ताव शुक्रबार स्वीकृत गरेको हो । यसअनुसार अब ब्लू कलर जब (फ्याक्टी, कन्स्ट्रक्सन जस्ता श्रम गर्नुपर्ने क्षेत्रको काम) का लागि महिलाको उमेर ५० वर्षबाट बढाएर ५५ वर्ष कायम गरिएको छ । यस्तै ह्वाइट कलर (पेशेवर) महिलाका लागि उमेर हद ५५ बाट ५८ वर्ष बनाइएको ...
। भारतको सर्वोच्च अदालतले नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई १० लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीश सूर्यकान्त र उज्जल भुयनले इजलासले केजरीवाललाई १० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । केजरीवाल मदिरा नीतिमा भ्रष्टाचार गरेको आरोपमा पक्राउ परेका थिए । भारतीय समाचार पीटीआईका अनुसार न्यायाधीश उज्जल भुयनले धरौटीमा रिहा गर्न सीबीआईलाई आदेश दिँदै भनेका छन्, ...