मुख्य समाचार
एमबाप्पे फ्रान्सको नयाँ कप्तान नियुक्त
एमबाप्पे फ्रान्सको नयाँ कप्तान नियुक्त

। पेरिस सेन्ज जर्मेन (पीएसजी) का युवा फरवार्ड किलियन एमबाप्पे फ्रान्स फुटबल टिमको नयाँ कप्तान बनेका छन् ।

प्रशिक्षक डिडियर डेसच्याम्पको एमबाप्पेलाई कप्तान नियुक्त गरेको फ्रान्स पुटबल संघले जनाएको छ ।

भेट्रान गोलकिपर ह्युगो लोरिसले गत डिसेम्बरमा कतारमा भएको फिफा विश्वकपपछि सन्यास लिएपछि फ्रान्सको कप्तान पद खाली थियो । अब एमबाप्पेले लोरिसको स्थान लिनेछन् ।

प्रशिक्षक डेसच्याम्पले कप्तानी जिम्मेवारीका लागि एमबाप्पेले सबै आवश्यकता पूरा गर्ने बताए । एट्लेटिको मड्रिडका फरवार्ड एन्टोनी ग्रीजमनलाई नयाँ उपकप्तान नियुक्त गरिएको छ ।

म्यानचेष्टर युनाइटेडबाट खेल्ने डिफेण्डर राफेल भरानले पनि सन्यास लिएपछि ग्रीजमनलाई उपकप्तान बनाइएको हो ।
कतारमा भएको विश्वकप फाइनलमा फ्रान्स अर्जेन्टिनासँग पेनाल्टीसुटबउटमा पराजित हुँदै उपविजेता बनेको थियो । उक्त खेलमा एमबाप्पेले ह्याट्रिक गरे पनि निर्धारित समय र अतिरिक्त समयको खेल ३-३ को बराबरीमा सकिएपछि पेनाल्टीमा अर्जेन्टिनाले ४-२ ले खेल जितेको थियो ।

सन् २०१८ को विश्वकप उपाधि जितेका एमबाप्पेले फ्रान्सका लागि ६६ खेल खेल खेलेका छन् । उनी पीएसजीका उपकप्तान समेत हुन् ।

फ्रेन्च लिग वानमा आइतबार रेन्ससँग पराजित खेलमा एमबाप्पेले पीएसजीको कप्तानी गरेका थिए । एमबाप्पेले २०१७ मा लक्जेमबर्ग विरुद्ध खेल्दै फ्रान्सका लागि डेब्यु गरेका थिए । एमबाप्पेको कप्तानीमा फ्रान्सको पहिलो खेल शुक्रबार युरो छनोट अन्तर्गत नेदरल्याण्ड्स विरुद्ध हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
– न्युजिल्यान्डका तीव्र गतिका बलर लोकी फर्गुसन टी-२० विश्वकपमा आफ्नो पूरै ४ ओभर (२४बल) मेडन राख्ने पहिलो खेलाडी बनेका छन् । पपुवा न्युगिनीविरुद्ध लोकी फर्गुसनले ४ ओभरमा ३ विकेट लिदै कुनैपनि रन नदिदै उक्त कीर्तिमान बनाएका हुन् । आइतबार बंगलादेशका तीव्र गतिका बलर तान्जिम हसनले नेपालविरुद्ध २४ मध्य २१ बल डट राखेका थिए । फर्गुसन अघि ...
। युरो २०२४ को दाबेदारमध्ये एक टोली फ्रान्सले पहिलो खेलमा अष्ट्रियाविरुदध संघर्षपूर्ण जित हात पारेपनि कप्तान केलिएन एमबाप्पेको चोट चिन्ताको विषय बनेको छ । समूह डी अन्तर्गत डुसेलडोर्फ एरेनामा गएराति भएको खेलमा फ्रान्सले आत्मघाती गोल मद्दतमा अष्ट्रियालाई हराएर सुरुआती ३ अंक जोड्यो । नाकमा चोट लागेर मैदान बाहिरिनुअघि एमबाप्पेल उत्कृष्ट प्रदर्शन गरेका थिए । ३८औं मिनेटमा एमबाप्पेको ...
। पाकिस्तान टी-ट्वान्टी विश्वकप २०२४ को समूह चरणबाटै बाहिरिनु केहीका लागि स्तब्धपूर्ण रह्यो भने केहीका लागि अपेक्षित पनि । प्रतियोगिता सुरु हुन लाग्दा पाकिस्तान आफैं उपाधिका लागि बलियो प्रत्यासी थियो । कम्तीमा कागजमा पाकिस्तान बलियो नै थियो । तर यही टिम सुपर-एट पनि पुग्न सकेन । बाबर आजमको नेतृत्वमा रहेको पाकिस्तानको यति खराब प्रदर्शन किन भयो त ...
। टी-२० विश्वकप २०२४ मा समूह चरणको आफ्नो अन्तिम खेलमा वेष्टइन्डिजले अफगानिस्तानलाई १०४ रनको फराकिलो अन्तरले हराएको छ । २१९ रनको लक्ष्य पछ्याएको अफगानिस्तान १६ ओभर दुई बलमा ११४ रन बनाए अलआउट भएपछि वेष्टइन्डिजले फराकिलो जीत हात पारेको हो ।
। जर्मनीमा जारी युरो २०२४ मा स्तब्धपूर्ण नतिजा निकाल्ने क्रममा स्लोभाकियाले बेल्जियमलाई हराएको छ । फ्रांकफर्ट भएको खेलमा बनेपछि स्लोभाकियाले बेल्जियमलाई १-० ले पराजित गरेको हो । इभान स्रान्जले खेलको सातौं मिनेटमै गरेको गोल निर्णायक बनेको हो । समूह ‘ई’मा बलियो टोलीको रुपम रहेपनि रोमेलु लुकाकुले महत्वपूर्ण अवसर गुमाउँदा बेल्जियम स्तब्ध बनेको हो । दोस्रो हाफमा बेल्जियमका लुकाकुले ...