मुख्य समाचार
दैलेखमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु
दैलेखमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु

सुर्खेत । दैलेखमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा मृत्यु भएको छ ।

नेपालगन्जबाट दैलेख जाँदै गरेको मनकामना ग्यास बोकेको भे१क २२०१ नम्बरको ट्रक गुराँस गाउँपालिका-४ तालपोखरी नजिक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

मृत्यु हुनेमा सवारी चालक अन्दाजी ३१ वर्षीय कृष्ण चौधरी, ट्रकमा सवार २५ वर्षीय लक्षिराम चौधरी र २३ वर्षीय विष्णु चौधरी रहेको दैलेख डीएसपी किशोर लम्सालले जानकारी दिए ।

मृतकको ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ ।

ट्रक सडकबाट करिब १५० मिटर तल खसेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। संघीय संसद् सचिवालयका कर्मचारीहरूले घरभाडा समयानुकूल बनाउन माग गरेका छन् । हाल राजपत्राङ्कित कर्मचारीले आवास भत्तावापत् तीन हजार पाँच सय प्राप्त गर्दछन् । राजपत्रअनङ्कित र श्रेणीविहीन कर्मचारीको लागि प्रतिमहिना तीन हजार आवास भत्ता तोकिएको छ । कर्मचारी र मर्यादापालकले प्रतिमहिना तीन सय शैक्षिक भत्ता प्राप्त गर्दछन् । संघीय संसद् सचिवालय कर्मचारी प्रशासन नियमावली २०६५ को अनुसूची ...
। बजेट आएको तीन साता भइसक्दा पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रातो किताब सार्वजनिक गरेको छैन । सामान्यतः बजेट आएलगत्तै मन्त्रालयहरुले वार्षिक विकास कार्यक्रम (रातो किताब) सार्वजनिक गर्ने गर्छन्, ताकि कहाँ कति बजेट पर्‍यो भनेर सहजै थाहा होस् । संसदमा समेत त्यसकै आधारमा मन्त्रालयगत बजेटमाथि छलफल गर्ने प्रचलन छ । तर भौतिक पूर्वाधार मन्त्रालयले लामो समय ...
। संघीय संसद् सचिवालयका कर्मचारीहरू तलब वृद्धि र कार्यालय समयभन्दा बढी समय काम गर्दाको भत्ता माग गरेर आन्दोलनमा छन् । आन्दोलित कर्मचारीहरूले लिखित रूपमा आफ्ना ११ बुँदे माग अर्थ मन्त्रालयमा पठाएका छन् । अर्थ मन्त्रालयका अधिकारीहरूका अनुसार तलब बढाउने माग तत्काल सम्भव नरहेको जवाफ पठाइएको छ । ‘लिखित र मौखिक रूपमा संसद्का कर्मचारीहरूको माग आएको छ । ...
। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले भौतिक पूर्वाधारमन्त्री रघुविर महासेठले बजेटमा विभेद गरेको बताएका छन् । मंगलबार प्रतिनिधि सभामा आकस्मिक समय लिएर उनले प्रश्न गरे, ‘तपाईं (भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ) नेपालको मन्त्री हो कि, धनुषाको मन्त्री हो ? डाटा छ मसँग हावामा बोलेको छैन ।’ कर्णालीलाई बजेटमा अपमान गरिएको उनले बताए । भौतिक पूर्वाधार मन्त्रालयले ...
। सुदूरपश्चिम प्रदेश सरकारको बेरुजु रकम साढे दुई अर्ब नाघेको छ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको लेखापरीक्षण प्रतिवेदनअनुसार प्रदेश सरकारको बेरुजु रकम २ अर्ब ६८ करोड २९ लाख २९ हजार पुगेको हो । गत आर्थिक वर्ष २०७९/८० मा ३७ करोड ६३ लाख ९१ हजार रुपैयाँ बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । यसअघि बेरुजु रकम २ अर्ब ३९ ...