मुख्य समाचार
रूस पुगेर सीले राखे शान्ति प्रस्ताव, सम्झौताका लागि तयार रहेको पुटिनको जवाफ
रूस पुगेर सीले राखे शान्ति प्रस्ताव, सम्झौताका लागि तयार रहेको पुटिनको जवाफ

। चीनका राष्ट्रपति सी जिनपिङले रूस पुगेर युद्ध अन्त्यको प्रस्ताव राखेका छन्। रूस-युक्रेन युद्धको लागि चीनले तयार गरेको १२ बुँदे प्रस्ताव सीले समकक्षी भ्लादिमिर पुटिन समक्ष राखेको मस्को टाइम्सले जनाएको छ।

दुई साताअघि साउदी अरेबिया र इरानबीचको द्वन्द्व शान्तिमा रूपान्तरण गर्ने सम्झौता गराउन सफल भएको चीन शान्ति प्रस्ताव लिएर मस्को पुगेको हो। रूसले युक्रेनमाथि हमला गरेपछि पश्चिमा शक्तिराष्ट्रहरूले रूसलाई एक्लो बनाइरहेको अवस्थामा सी त्यहाँ पुगेका हुन्। उनले रूसको तीन दिने भ्रमण गर्ने बताइएको छ।

चीनको प्रस्तावपछि रूसका राष्ट्रपति भ्लादिमर पुटिनले सम्झौताका लागि आफु खुला रहेको बताएको मस्को टाइम्सले उद्दृत गरेको छ।‘युद्ध अन्त्यका लागि सम्झौता गर्न रूस सधैँ खुला छ,’ पुटिनले समकक्षीलाई भनेको उद्दृत गर्दै मस्को टाइम्सले जनाएको छ।

रूसले युक्रेनमाथि हमला गरेदेखि यता सी पहिलोपटक मस्को पुगेका हुन्। रूसको सरकारी सञ्चारमाध्यम रिया नोभोस्तीले सी र पुटिनबीच सोमबार चार घण्टा वार्ता भएको जनाएको छ। आफ्नो भ्रमण निकै फलदायी हुने सीले बताएका थिए।

मस्को प्रस्थान अघि विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सीले भनेका थिए-‘मेरो भ्ररमण विश्व शान्ति तथा रूस र चीनबीच रणनीतिक साझेदारीका नयाँ आयाममा निकै फलदायी हुनेछ भन्नेमा म विश्वस्त छु।’

सीको भ्रमणप्रति पश्चिमा शक्तिराष्ट्रहरू भने सशंकित छन्। सी मस्कोलाई हतियार बेच्नका लागि त्यहाँ पुगेको अमेरिकाले आरोप लगाएको छ। विदेशमन्त्री एन्टोनी ब्लिंकेनले यो भ्रमण सीको चालबाजी रहो बताएका छन्।

‘यो युद्ध रूसले चाहेको दिन अन्त्य हुनेछ। रूस तयार नहुँदासम्म कसैको आग्रहमा केही हुनेवाला छैन। जबसम्म रूसले युद्ध जारी राख्छ त्यसबेलासम्म हामी युक्रेनलाई साथ गरिरहनेछौँ,’ ब्लिंकनेले भनेका छन्।

रूसको सरकारी सञ्चारमाध्यम रिया नोभोस्तीका अनुसार युद्ध अन्त्यका लागि रचनात्मक भूमिका निर्वाह गर्ने उद्धेश्यले सी त्यहाँ पुगेका छन्। रूस र चीन दुबैको स्वाधिनता र क्षेत्रीय अखण्डताको रक्षाका सन्दर्भममा सी र पुटिनबीच सोमबार विस्तृत छलफल भएको त्यस समाचार संस्थाले जनाएको छ।

सीको भ्रमणको पूर्वसन्ध्यामा पुटिन आफ्नो नियन्त्रणमा रहेको युक्रेनी भुमी मरीउपल पुगेका थिए। सोमबारनै युक्रेनले आफ्नो भूमीबाट रूसी सेना हटाउन रूसलाई भनेको थियो। सीको भ्रमणबारे युक्रेन भने आशावादी देखिएको छ।

‘युक्रेनमाथिको आक्रामक युद्धलाई अन्त्य भूराजनीतिमा आफ्नो प्रभाव विस्तारको प्रयासमा चीन रहेको हामीले बुझेका छौ,’अन्तर्राष्ट्रिय समाचार संस्था एफपीसँग विदेशमन्त्री ओलेग निकोलेन्कोले भनेका छन्।

अन्तर्राष्ट्रिय फौजदारी अदालतले युक्रेनका बालकाबालिकालाई रूसले डिपोर्ट गरेको भन्दै राष्ट्रपति सी विरूद्ध गिरफ्तारीको आदेश जारी गरेलगत्तै सी रूसमा पुगेका हुन्। पुटिनविरूद्ध गिरफ्तारको आदेश जारी गरेपछि बेइजिङले अदालतले राजनीतिकरण र दोहोरो मापदण्ड अपनाउन नहुने भन्दै विरोध जनाएको थियो।

सोमबार रूस पुगेका सीको नाममा रूसको अखबारमा छापिएको हेडलाइन छ –‘अन्तर्राष्ट्रिय मामिला व्यवस्थापनमा कुनैपनि देशको हकुम चल्दैन।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। भारतीय कंग्रेसका नेता राहुल गान्धीले रायबेरली क्षेत्र रोजेका छन् । उनले छाडेको वायनाडमा उनकी बहिनी प्रियंका गान्धी चुनाव लड्ने भएकी छन् । हालै सम्पन्न लोकसभा चुनावमा राहुलले रायबेरली र वायनाड दुई क्षेत्रबाट चुनाव जितेका थिए । भारतीय कानुनअनुसार दुई क्षेत्रबाट जित्नेले एउटा छाड्नुपर्छ । त्यसअनुसार कंग्रेसले राहुललाई रायबेरलीलाई निरन्तरता दिन र वायनाड छाड्न भनेको अध्यक्ष मालिकार्जुन ...
। जून ९ मा फ्रान्सेली राष्ट्रपति इम्मानुअल म्याक्रोनले त्यहाँको संसद् ‘नेशनल एसेम्बली’ निर्वाचित कार्यकाल पूरा नहुँदै भंग गरे । साथै, उनले जून ३० र जुलाई ७ मा गरी दुई चरणमा नयाँ निर्वाचनको मिति समेत घोषणा गरेका छन् । फ्रान्समा यो घटनालाई राजनीतिक संकटका रूपमा हेरिएको छ । राष्ट्रपति म्याक्रोनको यस्तो निर्णयले राजनीतिक वृत्त स्तब्ध भएको छ ...
विश्वका कैयन् देश तथा सभ्यताहरुमा आज पनि सदियौं पुराना मान्यताहरू कायमै छन् । त्यस्ता परम्पराहरू अचम्म लाग्दा तथा कतिपय त डरलाग्दा पनि प्रतीत हुन्छन् । भलै अरु आम मानिसहरूलाई ती रितिरिवाज विचित्र लाग्छन् तर सम्बन्धित आदिवासी तथा समुदायका लागि भने ती परम्पराहरू विशेष हुन्छन् । यस्तै एउटा परम्परा इण्डोनेसियाको दानी आदिवासी समुदायमा प्रचलित छ । उक्त परम्पराका ...
विना कुनै अतिरञ्जना भन्नु भर्दा आज रूस र संसारभरि कैयौं महत्वपूर्ण मोडहरू आए । त्यसैले वैश्विक र क्षेत्रीय मामिलामा वर्तमान अवस्थाको मूल्यांकन र उपयुक्त विदेश नीति सहितका कामहरू तय गर्नु जरूरी छ । ती सबै हाम्रो मुख्य लक्ष्यको अधीन छन्, ती हुन्– रूसको दिगो विकासका लागि परिस्थिति बनाउने, यसको सुरक्षा सुनिश्चित गर्ने र रूसी परिवार ...
। दिल्लीका उपराज्यपाल वीके सक्सेनाले लेखका अरुन्धती राय र कश्मीरका डाक्टर शेख शौकत हुसैनलाई गैरकानुनी गतिविधि (रोकथाम) ऐन (यूएपीए) अन्तर्गत मुद्दा चलाउन अनुमति दिएका छन् । १४ वर्ष पुरानो (२७ नोभेम्बर २०१०) घटनालाई लिएर राय विरुद्धको मुद्दा अगाडि बढाइएको हो । सन् १९९७ मा पुस्तक ‘द गड अफ स्मल थिङ्ग्स’का लागि बुकर पुरस्कार पाउन सफल रायसँगै ...