मुख्य समाचार
हलिउड फिल्ममा चम्किँदै तेन्जिङ नोर्गे शेर्पाका नाति
हलिउड फिल्ममा चम्किँदै तेन्जिङ नोर्गे शेर्पाका नाति

। तेञ्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले सन् १९५३ मा पहिलोपटक सगरमाथा आरोहण गरे । उनै आरोही शेर्पाका नाति अब हलिउड फिल्मसँग जोडिएका छन् । २१ वर्ष लागेका शेर्पाका नाति तेन्जिङ नोर्गे ट्रेइनरलाई यतिबेला हलिउडमा भ्याइनभ्याइ छ ।

आगामी मार्च २९ मा एनी अवार्ड विजयी हलिउड वेब-श्रृंखला ‘एबोमाइनेबल एण्ड द इनभिजिबल सिटी’ विश्वचर्चित ओटीटी प्लेटफर्महरु हुलु र पिककमा प्रिमियर हुँदैछ । यो हलिउड सिरिजमा उनले आफ्नो आवाज दिएका छन् । हलिउड स्टुडियो ड्रिमवक्र्सले सिरिजको आकर्षक ट्रेलर सार्वजनिक गरेको छ ।

सन् २०१९ मा रिलिज भएको सगरमाथामा यति खोज्ने कथावस्तुमा आधारित ‘एबोमाइनेबल’मा पनि नोर्गेले अभिनय गरेका छन् । हुन त १० वर्षको उमेरमै उनले डिज्नी स्टुडियोको लोकप्रिय सिरिज ‘लिभ एण्ड म्याडी’मा पनि अभिनय गरेका थिए । उनले यतिबेला क्यालिफोर्निया स्टेट युनिभर्सिटीमा बिजनेस मार्केटिङ डिग्रीमा अध्ययन गरिरहेका छन् ।

गत जुलाइमा उनले नेटफ्लिक्सको चर्चित सिरिज ‘बू एण्ड बीच’मा अभिनय गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बलिउड अभिनेता सलमान खानको मुम्बईस्थित घरबाहिर गोली चलाउने दुवै आरोपी गुजरातको भुजबाट पक्राउ परेका छन् । घटनाको अनुसन्धान गरिरहेको मुम्बई क्राइम ब्रान्चको टोलीले सोमबार राति उनीहरुलाई पक्राउ गरेको हो । भारतीय सञ्चारमाध्यमका अनुसार दुवै जनालाई पश्चिमी कच्छबाट पक्राउ गरेको गुजरात प्रहरीले पुष्टि गरेको छ । प्रहरीले मंगलबार दुवै आरोपीसँग सोधपुछ गर्ने जनाइएको छ । यी दुवै ...
। रोयल्टीलाई लिएर संगीत वितरक युनिभर्सल म्युजिक ग्रुप र टिकटकबीचको विवाद साम्य भएको छ । यो सहमतिसँगै टिकटकबाट हटाइएका टेलर स्वीफ्ट र रिहानाका गीत प्लाटफर्ममा फर्किएका छन् । आगामी साता गायिका स्वीफ्टको बहुप्रतीक्षित नयाँ एल्बम ‘द टर्टर्ड पोएट्स डिपार्टमेन्ट’ रिलिज हुनुअघि यो लोकप्रिय सामाजिक सञ्जालमा उनका गीतहरु फिर्ता आएका हुन् । सीएनएनका अनुसार टिकटकको नयाँ संगीत क्याटालगमा ...
। विश्वभर युट्युबमा सबैभन्दा धेरै सब्सक्राइबर भएका सेलिब्रेटी युट्युबर मिस्टर बिस्टले नेपालको एक अस्पतालको मर्मतसम्भार गर्दै नयाँ जीवन दिएका छन् । डिसेम्बरमा उनको टिम नेपाल आइपुगेको थियो । बिस्टले नयाँ भिडियो सार्वजनिक गर्दै आफ्नो टिमले सिन्धुलीको फिक्कल गाउँपालिकाको मर्मत गरेकोबारे जानकारी दिएका छन् । भिडियोमा जाडो र औषधोपचारको अभावमा बच्चा गुमाएकी स्थानीय महिला नीराको मर्मस्पशी कथा देखाइएको ...
। भारतको मुम्बईस्थित बान्द्रा क्षेत्रमा रहेको ग्यालेक्सी अपार्टमेन्टको धेरै चर्चा हुन्छ । आइतबार झिसमिसेमै यो समुन्द्री किनारको अपार्टमेन्टमा चार राउण्ड हवाई फायर भयो । त्यसपछि फेरि एकपटक यो अपार्टमेन्टको चर्चा विश्वभर फैलिएको छ । मोटरसाइकलमा सवार दुईजनाले यो घटना गराएपछि उनीहरु फरार छन् । प्रहरीले घटनामा संलग्न एकजनाको पहिचान गरिएको जनाएको छ । प्रहरीले दुवैजना आक्रमणकारीको ...
। बलिउड अभिनेता सलमान खानको मुम्बईस्थित घरबाहिर आइतबार बिहान फायरिङ भएको छ । भारतीय सञ्चारमाध्यमका बान्द्रास्थित ग्यालेक्सी अपार्टमेन्ट अगाडि बिहान ५ बजेतिर दुई मोटरसाइकलमा सवार व्यक्तिले चार राउण्ड फायर गरेका थिए । घटनापछि घरको सुरक्षा बढाइएको छ । मुम्बई प्रहरीको अपराध शाखाका अधिकारी अनुसन्धानका लागि त्यहाँ पुगेका छन् । गोलीबारी हुँदा सलमान घरमा थिए । उनलाई ...