थ्री नेसन्सकप लाओसलाई हराएर नेपाल फाइनल नजिक
थ्री नेसन्सकप लाओसलाई हराएर नेपाल फाइनल नजिक

काठमाडौँ — नेपालले थ्री नेसन्सकपमा बुधबार लाओसलाई हराएर फाइनलको नजिक पुगेको छ । दशरथ रंगशालामा भएको खेलमा नेपाल २–० ले विजयी रह्यो ।

नेपालले अब मंगलबार भुटानको सामना गर्नेछ । त्यसअघि शनिबारको खेलमा लाओस र भुटान खेल्नेछन् । तीन टिम सहभागी प्रतियोगिताको लिग चरणको समाप्तीमा शीर्ष दुई स्थानमा रहनेले फाइनल यात्रा तय गर्नेछ ।

खेलको सबैभन्दा ठूलो विशेषता नवयुग श्रेष्ठको उत्कृष्ट गोल रह्यो । उनले ३५ यार्डबाट गरेको भलि प्रहार लाओसका गोलरक्षक जेसभाथलाई कुनै अवसर दिएर सुन्दर गोलमा परिणत भएको थियो । नेपालका लागि उनको यो व्यक्तिगत आठौं गोल हो । सन् २०२१ यता दुई वर्षको अन्तरमा उनले नेपालका लागि गोल गरेका हुन् ।

त्यस अगाडि अनन्त तामाङले ३० औं मिनेटमा नेपालका लागि गोलको खाता खोले । नवीन लामाको कर्नरमा अनमार्क रहेका अनन्तले हेडबाट गोल गरे । नेपालका लागि अनन्तको यो तेस्रो गोल हो । नेपालले लाओसलाई हराएको यो दोस्रो पल्ट हो । अहिलेसम्म नेपालले तीन पल्ट लाओसको सामना गरेकोमा एक खेल बराबरीमा टुंगेको छ ।

यस खेलबाट एपीएफका सनिस श्रेष्ठ र मणी लामा, सातदोबाटोका दीपकराज सिंह ठकुरी र मनाङ मर्स्याङ्दीका सुमित श्रेष्ठले नेपाली राष्ट्रिय टिमका लागि डेब्यु गरेका छन् । सनिस सुरुदेखि नै खेलेका थिए भने मणी, दीपकराज र सुमित दोस्रो हाफमा मैदानमा प्रवेश गरेका थिए । इटाली प्रशिषक भिन्सेन्जो अल्बर्टोको नेतृत्वमा नेपालले खेलेको यो नै पहिलो खेल हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...
। संकटा क्लबमाथि ३–० को जित निकाल्दै एपीएफ क्लबले महिला लिगमा छैटौं खेलसम्म अपराजित यात्रा कायम राखेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफलाई जिताउन सरु लिम्बू, अनिता केसी र सविता रानामगरले गोल गरे । खेलको १३ औं मिनेटमा रश्मीकुमारी घिसिङको उत्कृष्ट कट ब्याकलाई सरुले वान टचमै पोस्टको दिशा दिएर टिमलाई अग्रता दिलाइन् । एक मिनेट ...
– गुलशन झाले पाँच विकेट लिनुको साथै आक्रामक अर्धशतक प्रहार गर्दै सानदार अलराउण्ड प्रदर्शन गरेपनि नेपाल आईसीसी विश्वकप लिग२ मा ओमानसँग १ विकेटले पराजित भएको छ । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । ओमानलाई अन्तिम ६ बलमा जितको लागि ८ रन चाहिँएको थियो । सोमपालको पहिलो बलमा कलिमुल्लाहले एक ...
– नेपालका युवा अलराउण्डर गुलशन झाले आईसीसी विश्वकप लिग-२ मा ओमानसँग हारका बाबजुद प्लेयर अफ द म्याच अवार्ड पाएका छन् । नेपाल १ विकेटले पराजित भएपनि आक्रामक अर्धशतक प्रहार गरेका गुलशनले ५ विकेट लिदै खेललाई रोमान्चक बनाएका थिए । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । गुलशनले १० ओभरमा २ ...