घरेलु टिम भारतलाई हराउँदै अस्ट्रेलियाले जित्यो शृंखला
घरेलु टिम भारतलाई हराउँदै अस्ट्रेलियाले जित्यो शृंखला

: तेस्रो तथा निर्णायक शृंखलामा भारतलाई २१ रनले पराजित गर्दै अस्ट्रेलियाले तीन खेलको एकदिवसीय शृंखला २-१ ले जितेको छ। भारतमा रहेको अस्ट्रेलियन टिम वाङ्खडे स्टेडियममा पाँच विकेटले पराजित हुँदै शृंखलाको सुरुआत गरेको थियो।


तर, आइतबार भिसाकापट्नममा भारतविरुद्ध १० विकेटको शानदार जित निकाल्दै भ्रमणकारी टिमले शृंखला १–१ ले बराबरी गरेको थियो। बिहीबार चेन्नईमा भएको निर्णायक एकदिवसीय अन्तर्राष्ट्रियमा भारतविरुद्धको जितसँगै अस्ट्रेलिया च्याम्पियन बन्यो।

एमए चिन्दाबरम स्टेडियममा टस जितेर ब्याटिङ थालेको अस्ट्रेलियाले ४९ ओभरमा सबै विकेट गुमाएर दुई सय ६९ रनको योगफल तयार गरेको थियो। दोस्रो इनिङमा दुई सय ७० रनको योगफल पछ्याएको भारतले ४९.१ ओभरमा सबै विकेट गुमाएर दुई सय ४८ मात्रै बनाउन सक्यो।

भारतका लागि कप्तान रोहित शर्मा र सुबनम गिलले पहिलो विकेटका लागि ६५ रनको साझेदारी गर्दै राम्रो सुरुआत दिलाएका थिए। यस्तै, वान् डाउनमा क्रिजमा उत्रिएका विराट कोहलीले ७२ बलमा दुई चौका र एक छक्कासहित ५४ रनको अर्धशतकीय इनिङ खेलेका थिए।

त्यसबाहेक हार्दिक पाण्डेयाले ४० बलमा ४०, कप्तान रोहितले ३० र सुबनमले ३७ तथा केएल राहुलले ३२ रनबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

अस्ट्रेलियाका लागि किफायती बलिङ गरेका आडम जाम्पाले सर्वाधिक चार विकेट लिए। उनले १० ओभरमा ४५ रन खर्चिएर चार विकेट लिँदा अस्टोन एगरले दुई तथा मार्कस स्टोइनिस र सिन एबोटले एक–एक विकेट लिए।

पहिलो इनिङमा भारतीय बलिङसामू संघर्षरत अस्ट्रेलियाका लागि मिचेल मार्सले सर्वाधिक ४७ रनको इनिङ खेलेका थिए। ओपनिङमा उत्रिएका मार्सले ट्राभिस हेडसँग ६८ रनको साझेदारी गर्दै ४७ बलमा आठ चोका र एक छक्कासहित ४७ रन बनाए।

त्यसबाहेक विकेटरकिपर–ब्याटर एलेक्स क्यारेले ३८, हेडले ३३ तथा मार्नुस लाबुस्चेनले २८ रनको योगदान गरे।

भारतका लागि कुलदीप यादवले १० ओभरमा ५६ रन खर्चिएर एक मेडनसहित तीन विकेट लिए। यस्तै, आठ ओभरमा तीन विकेट लिन हार्दिकले ४४ रन खर्चिए।

मोहम्मद सिराज र अक्षर पटेलले दुई–दुई विकेट लिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...
। संकटा क्लबमाथि ३–० को जित निकाल्दै एपीएफ क्लबले महिला लिगमा छैटौं खेलसम्म अपराजित यात्रा कायम राखेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफलाई जिताउन सरु लिम्बू, अनिता केसी र सविता रानामगरले गोल गरे । खेलको १३ औं मिनेटमा रश्मीकुमारी घिसिङको उत्कृष्ट कट ब्याकलाई सरुले वान टचमै पोस्टको दिशा दिएर टिमलाई अग्रता दिलाइन् । एक मिनेट ...
– गुलशन झाले पाँच विकेट लिनुको साथै आक्रामक अर्धशतक प्रहार गर्दै सानदार अलराउण्ड प्रदर्शन गरेपनि नेपाल आईसीसी विश्वकप लिग२ मा ओमानसँग १ विकेटले पराजित भएको छ । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । ओमानलाई अन्तिम ६ बलमा जितको लागि ८ रन चाहिँएको थियो । सोमपालको पहिलो बलमा कलिमुल्लाहले एक ...
– नेपालका युवा अलराउण्डर गुलशन झाले आईसीसी विश्वकप लिग-२ मा ओमानसँग हारका बाबजुद प्लेयर अफ द म्याच अवार्ड पाएका छन् । नेपाल १ विकेटले पराजित भएपनि आक्रामक अर्धशतक प्रहार गरेका गुलशनले ५ विकेट लिदै खेललाई रोमान्चक बनाएका थिए । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । गुलशनले १० ओभरमा २ ...