— युरोपेली च्याम्पियनसिप छनोटमा बिहीबार पोर्चुगलले लेचेस्टाइनलाई ४–० ले हराएको छ र त्यसमा क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेका छन् । यसै खेलका त्रममा रोनाल्डोले आफ्नो देशका लागि सर्वाधिक खेल खेलेको र गोलको कीर्तिमान बनाएका छन् ।
पोर्चुगलका लागि ३८ वर्षीय रोनाल्डोले कीर्तिमान १ सय ९७ औं खेलमा १ सय २० औं गोल गरे । अर्को खेलमा दस खेलाडीमा सीमित इंग्ल्यान्डले इटालीलाई २–१ ले हरायो र त्यसमा ह्यारी केनको नाममा कीर्तिमान बन्यो । उनी इंग्ल्यान्डका लागि सर्वाधिक गोल गर्ने खेलाडी बने ।
केनले ४४ औं मिनेटमा पेनाल्टीबाट गोल गरे र यो उनको इंग्ल्यान्डका लागि ५४ औं रह्यो । यस क्रममा उनले वायन रोनीलाई उछिनेका हुन् ।