काठमाडौँ — एएफसी यू-२० वुमेन्स एसियाकप २०२४ को छनोटमा नेपाल कठिन समूहमा परेको छ । एसियाली फुटबल महासंघले जारी गरेको ड्रअनुसार नेपाल समूह ‘बी’ मा परेको छ ।
नेपालले यस समूहमा चीन, म्यानमार र चिनियाँ ताइपेयीको सामना गर्नेछ । छनोटका खेल जुन ३ देखि ११ सम्म हुनेछन् । समूह विजेताले अर्को वर्ष उज्वेकिस्तानमा हुने एसियाकपमा स्थान बनाउनेछ ।
छनोटको प्रारम्भिक चरणमा नेपाल समूह विजेता रहेको थियो । नेपालले छनोटको दोस्रो चरण प्रवेशका लागि प्यालेस्टाइन र नर्डन मारिया आइल्यान्डमाथि सहज जित निकालेको छ ।