मुख्य समाचार
निःशुल्क स्वास्थ्य शिविरमा बिरामीलाई म्याद गुज्रेको औषधि
निःशुल्क स्वास्थ्य शिविरमा बिरामीलाई म्याद गुज्रेको औषधि

: झापाको हल्दिबारीमा आयोजित निःशुल्क आँखा शिविरमा बिरामीलाई म्याद गुज्रिएको औषधि वितरण गरेको पाइएको छ । शिविरमा म्याद गुज्रिएको औषधि वितरण गरिएको घटना बाहिरिएसँगै हल्दिबारी गाउँपालिकाले तीन सदस्य छानबिन समिति गठन गरेको छ ।

गाउँ कार्यपालिकाको बैठकले स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिका सदस्यहरूमा प्रशासन शाखा प्रमुख राजन न्यौपाने र लेखा प्रमुख दीपक भट्टराई रहेका छन् ।

समितिले म्याद गुज्रिएको औषधि बारेमा छानबिन गरी तीन दिनभित्र गाउँपालिकालाई प्रतिवेदन बुझाउने स्वास्थ्य शाखा प्रमुख निरौलाले बताए । ‘छानबिन लगभग सकिएको छ,म्याद गुज्रिएको औषधि फेला परेको हो, मेची नेत्रालयको विवरण आउन बाँकी छ,'शाखा प्रमुख निरौलाले भने,‘आजसम्म प्रतिवेदन बुझाउने समय तोकिए पनि स्थानीय बिदाका कारण गाउँपालिकालाई भोलिसम्म प्रतिवेदन बुझाउँने तयारी छ ।’

गत चैत ११ गते हल्दिबारी गाउँपालिका ४ नम्बर वडा कार्यालयको आयोजनामा सम्पन्न शिविरमा मेची नेत्रालय काँकडभिट्टा, हेल्पिङ हेन्डस एजुकेसनले प्राविधिक सहयोग गरेका थिए । सो शिविरमा ५०१ जनाले आँखा परीक्षण गराएका थिए । त्यसमध्ये ३७८ जनालाई चस्मा वितरण गरिएको र २६ जनालाई मोतीबिन्दुको शल्यक्रियाका लागि मेची नेत्रालय पठाइएको थियो ।

शिविरमा वितरण गरिएको स्टेरिल नामक आँखाको औषधिमा एक्सपायर डेट अप्रिल २०२२ र नोभेम्बर २०२१ उल्लेख छ । ठूलो सङ्ख्यामा आँखा उपचार गराउन स्थानीयहरू शिविरमा आएकाले उक्त म्याद गुज्रिएको औषधि कति बिरामीलाई वितरण गरियो सो जानकारी आफूलाई थाहा नभएको हल्दिबारी–४ का वडा अध्यक्ष सन्तकुमार थापाले बताए ।

सो म्याद गुज्रिएको औषधि एउटै गाउँका ११ परिवारमा फेला परेको हल्दिबारीका स्थानीय पंकज शाहले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: जापानिज इन्सेफ्लाइटिसबाट मुलुकभर १४ जनाको ज्यान गएको छ। इन्सेफ्लाइटिसबाट हुने मृत्युदर २२ दशमलव ९५ प्रतिशत छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, शंकास्पद बिरामीबाट संकलन गरिएका ६ सय ९५ नमुनामध्ये ६१ वटामा जापानिज इन्सेफ्लाइटिस पुष्टि भएको छ। प्रयोगशालामा पुष्टि भएका केसहरूमध्ये १४ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा कैलाली, कपिलवस्तु, पाल्पा, चितवन, सिन्धुली, ...
। यस वर्षको मनसुन सुरु भएयता जापानी इन्सेफ्लाइटिस (जेइ) को संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार १५ साउन यता जापानी इन्सेफ्लाइटिस संक्रमितको संख्या ५३ पुगेको हो । गत वर्षको तुलनामा यस वर्ष मृत्यु संख्या बढेको देखिएको छ । गत वर्ष जापानी इन्सेफ्लाइटिस संक्रमणबाट ६ जनाको मृत्यु ...
। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी कानुन संशोधन गर्न कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग राय माग गरेको छ । अस्पतालमा उपचारका सिलसिलामा चिकित्सकमाथि हुने आक्रमण नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयले कानुन संशोधनका लागि कानुन मन्त्रालयसँग राय माग गरेको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताए । चिकित्सकहरूले उपचारकै क्रममा बेलाबखत आफूमाथि आक्रमण तथा धम्की आउने गरेको भन्दै सुरक्षा ...
: वीरगन्जको नारायणी अस्पतालमा क्यान्सर रोगको उपचार सेवा सुरु भएको छ। मधेश प्रदेशमै पहिलो पटक वीरगन्जको नारायणी अस्पतालमा भक्तपुर क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा क्यान्सर रोगको उपचार सेवा मंगलबारदेखि सुरु गरिएको हो। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नारायणी अस्पतालमा क्यान्सर उपचार सेवा र उक्त उपचार हुने अंकोलेजी वार्डको शुभारम्भ गरे। त्यसपछि आयोजित समारोहमा नारायणी ...
। निजी मेडिकल कलेजहरुले चिकित्साशास्त्रको स्नातकोत्तर तह (पीजी) पढाउन अस्वीकार गरेका छन् । चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पीजी) अन्तर्गतको एमडी, एमएस र एमडीएसका लागि सिट संख्या माग गर्न निजी मेडिकल कलेजहरुलाई शुक्रबारसम्म समय दिएको थियो । पीजीका लागि मेडिकल कलेज तथा प्रतिष्ठानहरुले स्वमूल्यांकन गरी आफ्ना संस्थामा कुन विषयमा कति सिट आवश्यक छ भनेर माग दाबी गर्दै ...