यूएईसँग २८ रनले हार्‍यो नामिबिया
यूएईसँग २८ रनले हार्‍यो नामिबिया

विन्डोक : वृत्या अरविन्द र आशिफ खानको उत्कृष्ट ब्याटिङप्रेरित यूएईले आईसीसी क्रिकेट विश्वकप छनोटको प्ले अफमा नामिबियालाई २८ रनले पराजित गरेको छ।


युनाइटेड क्रिकेट क्लब मैदानमा टस हारेर ब्याटिङ थालेको यूएईले पाँच विकेट गुमाएर दुई सय ६७ रनको योगपफल तयार गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको नामिबियाले ४८.४ ओभरमा सबै विकेट गुमाएर दुई सय ३९ रन मात्रै बनाउन सक्यो।

नामिबियाका लागि शाउन फौचेले ६० बलमा ६ चौका र एक छक्कासहित ४७ तथा माइकल मान लिङ्गेनले ३४ रनको योगदान गरे। यस्तै, कप्तान गेर्हर्ड एरास्मसले ३०, कार्ल बिर्केन्स्टोकले ३१ र रुबेन ट्रम्पेल्मानले २८ रनबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

यूएईका लागि जहुर खान र रोहन मुस्तफाले तीन-तीन तथा आयन अफ्जल खानले दुई विकेट लिए। त्यसअघि यूएईका लागि एक सय १८ बलको सामना गरेका अरविन्दले सात चौका र एक छक्कासहित ९३ रनको अविजित इनिङ खेले।

यस्तै, आसिफ खानले ८६ बलमा ६ चौका र पाँच छक्कासहित आउट हुनुअघि ९६ रन बनाए। कप्तान मोहम्मद वासिम २३ तथा आर्यान लाक्रा २४ रन जोडेर पभिलियन फर्केका थिए।

नामिबियाका लागि बर्नार्ड स्कोल्ज, कार्ल बिर्केन्स्टोक, पिकी या फ्रान्स र कप्तान गेर्हर्ड एरास्मसले एक–एक विकेट लिए।

सुरुआती तीनमध्ये दुई खेलमा जित निकालेको नामिबिया चौथो खेलमा पराजित हुँदा चौथो स्थानमा पुगेको छ। यूएई समान खेलबाट ६ अंक जोडेर दोस्रो स्थानमा चढेको छ। शीर्ष स्थानको अमेरिकाको पनि समान ६ अंक नै छ। एक खेल कम खेलेको क्यानडा चार अंकसहित तेस्रो स्थानमा हुँदा तीन खेलबाट दुई अंक जोडेको जर्सी पाँचौ स्थानमा छ। चार खेलमा जित तथा अंकविहीन पीएनजी पुछारमा छ। ६ टिम सहभागी प्ले अफबाट शीर्ष दुई टिमले जुन–जुलाईमा जिम्बाब्वेमा हुने विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...
। संकटा क्लबमाथि ३–० को जित निकाल्दै एपीएफ क्लबले महिला लिगमा छैटौं खेलसम्म अपराजित यात्रा कायम राखेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफलाई जिताउन सरु लिम्बू, अनिता केसी र सविता रानामगरले गोल गरे । खेलको १३ औं मिनेटमा रश्मीकुमारी घिसिङको उत्कृष्ट कट ब्याकलाई सरुले वान टचमै पोस्टको दिशा दिएर टिमलाई अग्रता दिलाइन् । एक मिनेट ...
– गुलशन झाले पाँच विकेट लिनुको साथै आक्रामक अर्धशतक प्रहार गर्दै सानदार अलराउण्ड प्रदर्शन गरेपनि नेपाल आईसीसी विश्वकप लिग२ मा ओमानसँग १ विकेटले पराजित भएको छ । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । ओमानलाई अन्तिम ६ बलमा जितको लागि ८ रन चाहिँएको थियो । सोमपालको पहिलो बलमा कलिमुल्लाहले एक ...
– नेपालका युवा अलराउण्डर गुलशन झाले आईसीसी विश्वकप लिग-२ मा ओमानसँग हारका बाबजुद प्लेयर अफ द म्याच अवार्ड पाएका छन् । नेपाल १ विकेटले पराजित भएपनि आक्रामक अर्धशतक प्रहार गरेका गुलशनले ५ विकेट लिदै खेललाई रोमान्चक बनाएका थिए । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । गुलशनले १० ओभरमा २ ...