अमेरिकासँग ११७ रनले हार्‍यो पीएनजी
अमेरिकासँग ११७ रनले हार्‍यो पीएनजी

विन्डोक : स्टेभन टेलर र आरोन जोन्सको अर्धशतकप्रेरित अमेरिकाले आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफमा पपुवा न्युगिनी (पीएनजी)लाई एक सय १७ रनको फराकिलो अन्तरले पराजित गरेको छ।


वान्डरर्स क्रिेकट मैदानमा टस जितेर ब्याटिङ थालेको अमेरिकाले सात विकेट गुमाएर दुई सय ३५ रनको योगफल तयार गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको पीएनजीले ३४.४ ओभरमा सबै विकेट गुमाएर एक सय १८ रन मात्रै बनाउन सक्यो।

पीएनजीका लागि कप्तान आसाद भालाले ७२ बलमा तीन चौकासहित ४२ रन बनाउनुबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न नसक्दा लगातार चौथो खेलमा पराजित हुनुपर्‍यो।

बलिङतर्फ अमेरिकी बलर गजानन्द सिंहले ६.५ ‌ओभरमा १५ रन खर्चेर एक मेडनसहित सर्वाधिक चार विकेट लिए। अली खानले तीन तथा निसार्ग पटेलले दुई विकेट लिएका थिए।

त्यसअघि अमेरिकी ओपनर टेलरले एक सय ३३ बलको सामना गर्दै ६ चौका र एक छक्कासहित ८१ रनको महत्त्वपूर्ण इनिङ खेले। यस्तै, जोन्सले ७७ बलमा दुई चौका र तीन छक्कासहित ६५ रनको योगदान गरे।

पीएनजीका लागि सेमो कामेयाले १० ओभरमा ३२ रन खर्चेर दुई मेडनसहित सर्वाधिक तीन विकेट लिए। कप्तान आसाद भालाले दुई तथा रिले हेकुरेले एक विकेट लिए।

सुरआती चार खेलमा पराजित पीएनजी अंकविहीन छ। अमेरिका चार खेलबाट तीन जितसहित ६ दोस्रो स्थानमा छ। ६ टिम सहभागी प्ले अफको शीर्ष दुई टिमले जुन–जुलाईमा जिम्बाव्बेमा हुने विश्वकप छनोटमा स्थान बनाउने छन्।

त्यो छनोटमा नेपाल पनि हुनेछ। १० टिमबीच हुने छनोटबाट शीर्ष दुई टिम अक्टोबर-नोभेम्बरमा भारतमा हुने विश्वकपमा छनोट हुनेछन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...
। संकटा क्लबमाथि ३–० को जित निकाल्दै एपीएफ क्लबले महिला लिगमा छैटौं खेलसम्म अपराजित यात्रा कायम राखेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफलाई जिताउन सरु लिम्बू, अनिता केसी र सविता रानामगरले गोल गरे । खेलको १३ औं मिनेटमा रश्मीकुमारी घिसिङको उत्कृष्ट कट ब्याकलाई सरुले वान टचमै पोस्टको दिशा दिएर टिमलाई अग्रता दिलाइन् । एक मिनेट ...
– गुलशन झाले पाँच विकेट लिनुको साथै आक्रामक अर्धशतक प्रहार गर्दै सानदार अलराउण्ड प्रदर्शन गरेपनि नेपाल आईसीसी विश्वकप लिग२ मा ओमानसँग १ विकेटले पराजित भएको छ । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । ओमानलाई अन्तिम ६ बलमा जितको लागि ८ रन चाहिँएको थियो । सोमपालको पहिलो बलमा कलिमुल्लाहले एक ...
– नेपालका युवा अलराउण्डर गुलशन झाले आईसीसी विश्वकप लिग-२ मा ओमानसँग हारका बाबजुद प्लेयर अफ द म्याच अवार्ड पाएका छन् । नेपाल १ विकेटले पराजित भएपनि आक्रामक अर्धशतक प्रहार गरेका गुलशनले ५ विकेट लिदै खेललाई रोमान्चक बनाएका थिए । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । गुलशनले १० ओभरमा २ ...