कच्चा तेलको उत्पादन घटाउने ओपेकको निर्णय
कच्चा तेलको उत्पादन घटाउने ओपेकको निर्णय

। कच्चा तेलको मूल्यमा भइरहेको गिरावट रोक्ने उद्देश्यले ओपेक देशहरुले उत्पादन कटौती गर्ने निर्णय गरेका छन् ।

बीबीसीका अनुसार साउदी अरबसहित तेल निर्यात गर्ने देशहरुको संगठन (ओपेक)ले प्रतिदिन ११ लाख ब्यारेलभन्दा बढी तेल उत्पादन घटाउने निर्णय गरेको हो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा स्थीरता ल्याउन उत्पादन कटौती गर्ने निर्णय गरिएको उनीहरुको भनाइ छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार यसअघि तेल उत्पादक देशहरुको संगठन ओपेकले २० लाख ब्यारेल तेल उत्पादन कटौती गर्ने अनुमान गरिएको थियो । तर ओपेक देशका मन्त्रीहरुको भर्चुअल बैठकमा प्रतिदिन ११.५० लाख ब्यारेल तेल उत्पादन घटाउने सहमति बनेको बीबीसीमा उल्लेख छ । भर्चुअल बैठकमा साउदी अरब र रुसका मन्त्रीहरु पनि सहभागी थिए ।

साउदी प्रेस एजेन्सीका अनुसार साउदी अरबले मे २०२३ देखि यस वर्षको अन्तिमसम्ममा कच्चा तेलको उत्पादनमा हरेक दिन पाँच लाख ब्यारेल तेल उत्पादनमा कटौती गर्नेछ ।

यसैगरी रुसले पनि प्रतिदिन पाँच लाख ब्यारेल, साउदी अरबले १ लाख ४४ हजार ब्यारेल र ओमानले ४० हजार ब्यारेल तेल उत्पादन कटौती गर्नेछन् ।

सिलिकन भ्याली बैंक र क्रेडिट सुइस बैंकको वित्तीय संकटका कारण वित्त बजारमा उथलपुथल आएसँगै कच्चा तेलको माग पनि घटेको थियो । माग घटेसँगै मूल्य पनि प्रतिब्यारेल ७५ डलरमा झरेको थियो । यद्यपि केही दिनयता स्थिति सुध्रिएको छ र कच्चा तेलको मूल्य प्रतिब्यारेल ८० डलर आसपास पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
दुईजना व्यक्ति । एक अर्बपति र अर्का इन्जिनियर । दुवैले गत सेप्टेम्बर १२ मा एलन मस्कको कम्पनी स्पेस एक्सको पोलारिस डन अन्तरिक्ष मिशनमार्फत अन्तरिक्षमा हिंडेर (स्पेसवाक) गरेर कीर्तिमान कायम गरे । ड्रयागन क्याप्सुलबाट पृथ्वीभन्दा ७३७ किलोमिटर माथि अन्तरिक्षमा पुगेर उनीहरू बाहिर निस्किए र पृथ्वीलाई अभिवादन गरे । व्यवसायिक अन्तरिक्षयात्री बाहेकले स्पेसवाक गरेको यो नै पहिलो घटना ...
। अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ०.५० प्रतिशत विन्दुले ब्याजदर कटौती गरेको छ । फेडरल ओपन मार्केट कमिटी (एफओएमसी)ले हालको सन्दर्भ ब्याजदरमा ०.५० प्रतिशत कटौतीको निर्णय गरेको हो । कोभिड १९ सुरुवातपछि पहिलो पटक फेडले ब्याजदर कटौती गरेको हो । यो निर्णयपछि फेडरल ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्मको सीमामा झरेको छ । यसअघि यस्तो दर ५.२५ ...
महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले विज्ञान जगतमा जुन योगदान गरे त्यसका लागि संसार अहिलेपनि उनीप्रति कृतज्ञ छ। मानिसहरुले आइन्स्टाइनलाई केवल एक वैज्ञानिकका रुपमामात्र होइन मानवताका लागि उनले गरेको योगदानका लागि समेत चिन्दछ । त्यसैले यो कुरा निश्चित छ कि उनीसँग जोडिएका हरेक कुरा अमूल्य छन् । हालै भएको एउटा घटनाले अल्बर्ट आइन्स्टाइनसँग सम्बन्धित चिजहरू कति महत्वपूर्ण र ...
: अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको फेरि हत्या प्रयास भएको छ। आगामी नोभेम्बर ५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प भएको स्थानमा फेरि गोली चलेको हो। ट्रम्पलाई उनको फ्लोरिडा गोल्फ क्लबमा आइतबार दोस्रो पटक हत्याको प्रयास भएको सीएनएनले जनाएको छ। हत्याको प्रयास भएको बेला ट्रम्प त्यतिबेला गल्फ खेल्दै थिए। अमेरिकी अधिकारीहरूका अनुसार पूर्व राष्ट्रपति ...
स्पेस एक्सको पोलारिस डन मिसनले नयाँ कीर्तिमान बनाएको छ । यो मिसनमार्फत् इतिहासमै पहिलोपटक पृथ्वीभन्दा ७ सय ३७ किलोमिटर माथि दुईजना आम मानिस अर्थात् गैर व्यवसायिक अन्तरिक्षयात्रीले अन्तरिक्षमा हिडेर कीर्तिमान कायम गरेका छन् । निजी अन्तरिक्ष मिसनमा रहेका यात्रीहरुले स्पेसवाक गरेको यो पहिलो पटक हो । अमेरिकाको केन्नेडी स्पेस सेन्टरबाट मंगलबार प्रक्षेपण भएको स्पेस एक्सको उक्त ...