वैज्ञानिकहरूले रेकर्ड गरे बिरुवा रोएको आवाज
वैज्ञानिकहरूले रेकर्ड गरे बिरुवा रोएको आवाज

वैज्ञानिकहरूले बिरुवा रोएको आवाज रेकर्ड गरेका छन्। सुख्खा र चोट पुगेको अवस्थामा बिरुवा रोएको आवाज वैज्ञानिकहरूले रेकर्ड गरेका हुन्।

अनुसन्धानकर्ताहरूका अनुसार निर्जलीकरण र चोट पुग्दा बिरुवा तनावको स्थितिमा पुग्ने र त्यसबेला विशेष किसिमको आवाज निकाल्ने गर्छन्।

मानिसहरू तनाव हुँदा झर्किने रूने गरेझैं विरुवा पनि तनावको स्थितिमा रूने उनीहरूको जिकिर छ। रुनका लागि मुखमात्रै आवश्यकता नपर्ने ठहर भएको न्युयोर्क टाइम्सले समाचार लेखेको छ ।

तनावको स्थितिमा रहने बिरुवाबाट आउने आवाज प्रस्टै सुन्न सकिने वैज्ञानिकहरूको दाबी छ। यो दाबी गत बिहीबार ‘सेल’ नामक जर्नलमा प्रकाशित भएको थियो ।

बिरुवा तनावमा हुँदा पानीको थोपा पानीमा पर्दाजस्तै आवाज निकाल्ने अनुसन्धानकर्ताहरूको दाबी छ। यसलाई उनीहरूले ‘पपिङ’ भनेका छन्।

इजरायलको तेल अविव विश्वविद्यालयका जीव विज्ञानकर्मी लिअच अदानीका अनुसार बिरुवाहरूले माहुरीलगायत अन्य जीवहरूसँग पनि अन्तर्क्रिया गर्छन्। ‘बिरुवाहरूले विभिन्न जीवहरूसँग पृथक ढंगले अन्तरक्रिया गर्छन्। रसायन उत्सर्जन गरेरसमेत बिरुवाले सञ्चार गर्दछ,’ उनले भनेका छन् ।

यो कुरा पत्ता पाएका अदानीलाई बिरुवाले तनावको स्थितिमा उत्पन्न गर्ने आवाजबारे अनुसन्धान गर्न मन लाग्यो। यसअघि त्यस विषयमा कुनै पनि सन्दर्भ सामग्री नभएकाले अनुसन्धान पनि चुनौतीपूर्ण नै थियो। तर अदानीले योसी योभलसँग भेट गरेर यस विषयमा अनुसन्धान गर्ने निधो गरे। उनीहरूले आफ्नो अध्ययन टमाटर र सुर्तीको बिरुवामा केन्द्रित गर्ने निधो गरेका थिए। यी बिरुवाको आनुवंशिकी बुझ्न सहज हुने भएकाले उनीहरूले टमाटर र सुर्ती चयन गरेका थिए।

यी अनुसन्धानकर्मीहरूले टमाटर र सुर्तीको बिरुवालाई ध्वनीरहित बाक्समा राखेर त्यहाँ माइक राखिदिए। बिरुवाको डन्ठीमा उनीहरूले माइक राखेका थिए। त्यसपछि उनीहरूले बिरुवा सुख्खा हुँदा र डन्ठी काटेर चोट पुग्दा विशेष ध्वनी निकाल्ने पत्ता लगाए।

बाकसमा राखिएको बिरुवाबाट आएको ध्वनीबारे करेसामा रहेका बिरुवासँग पनि अनुसन्धान गरिएको थियो। त्यसबेलासमेत बिरुवाले उस्तै ध्वनी निकालेपछि उनीहरूले बिरुवा तनावमा हुँदा रूने निष्कर्ष निकाले हुन्।

यान्त्रिक विधिबाट परीक्षण गर्दा त्यस्ता ध्वनी निकालेका बिरुवाहरू या त सुख्खा थिए या त उनीहरूमा केही चोटपटक लागेको थियो। टमाटर र सुर्तीपछि अंगुरको झुप्पामा समेत यो अनुसन्धान गरिएको थियो। ‘बिरुवाको आवाजले संचार गर्ने सन्देश के हुनसक्छ भन्ने निष्कर्ष सहितको यो अनुसन्धान निकै महत्वपूर्ण छ। यसलाई अझै परिष्कृत गर्न सकिन्छ,’ क्यालिफोर्निया विश्वविद्यालयका इकोलोजिस्ट रिचार्ड कबानले भने।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
दुईजना व्यक्ति । एक अर्बपति र अर्का इन्जिनियर । दुवैले गत सेप्टेम्बर १२ मा एलन मस्कको कम्पनी स्पेस एक्सको पोलारिस डन अन्तरिक्ष मिशनमार्फत अन्तरिक्षमा हिंडेर (स्पेसवाक) गरेर कीर्तिमान कायम गरे । ड्रयागन क्याप्सुलबाट पृथ्वीभन्दा ७३७ किलोमिटर माथि अन्तरिक्षमा पुगेर उनीहरू बाहिर निस्किए र पृथ्वीलाई अभिवादन गरे । व्यवसायिक अन्तरिक्षयात्री बाहेकले स्पेसवाक गरेको यो नै पहिलो घटना ...
। अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ०.५० प्रतिशत विन्दुले ब्याजदर कटौती गरेको छ । फेडरल ओपन मार्केट कमिटी (एफओएमसी)ले हालको सन्दर्भ ब्याजदरमा ०.५० प्रतिशत कटौतीको निर्णय गरेको हो । कोभिड १९ सुरुवातपछि पहिलो पटक फेडले ब्याजदर कटौती गरेको हो । यो निर्णयपछि फेडरल ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्मको सीमामा झरेको छ । यसअघि यस्तो दर ५.२५ ...
महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले विज्ञान जगतमा जुन योगदान गरे त्यसका लागि संसार अहिलेपनि उनीप्रति कृतज्ञ छ। मानिसहरुले आइन्स्टाइनलाई केवल एक वैज्ञानिकका रुपमामात्र होइन मानवताका लागि उनले गरेको योगदानका लागि समेत चिन्दछ । त्यसैले यो कुरा निश्चित छ कि उनीसँग जोडिएका हरेक कुरा अमूल्य छन् । हालै भएको एउटा घटनाले अल्बर्ट आइन्स्टाइनसँग सम्बन्धित चिजहरू कति महत्वपूर्ण र ...
: अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको फेरि हत्या प्रयास भएको छ। आगामी नोभेम्बर ५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प भएको स्थानमा फेरि गोली चलेको हो। ट्रम्पलाई उनको फ्लोरिडा गोल्फ क्लबमा आइतबार दोस्रो पटक हत्याको प्रयास भएको सीएनएनले जनाएको छ। हत्याको प्रयास भएको बेला ट्रम्प त्यतिबेला गल्फ खेल्दै थिए। अमेरिकी अधिकारीहरूका अनुसार पूर्व राष्ट्रपति ...
स्पेस एक्सको पोलारिस डन मिसनले नयाँ कीर्तिमान बनाएको छ । यो मिसनमार्फत् इतिहासमै पहिलोपटक पृथ्वीभन्दा ७ सय ३७ किलोमिटर माथि दुईजना आम मानिस अर्थात् गैर व्यवसायिक अन्तरिक्षयात्रीले अन्तरिक्षमा हिडेर कीर्तिमान कायम गरेका छन् । निजी अन्तरिक्ष मिसनमा रहेका यात्रीहरुले स्पेसवाक गरेको यो पहिलो पटक हो । अमेरिकाको केन्नेडी स्पेस सेन्टरबाट मंगलबार प्रक्षेपण भएको स्पेस एक्सको उक्त ...