दुई पटकको विश्व विजेता वेष्ट इन्डिजले पनि विश्वकप छनोट खेल्नुपर्ने
दुई पटकको विश्व विजेता वेष्ट इन्डिजले पनि विश्वकप छनोट खेल्नुपर्ने

। दुई पटकको वानडे विश्वकप क्रिकेट विजेता वेष्ट इन्डिजले यसै वर्ष भारतमा हुने वान डे विश्वकपका लागि छनोट प्रतियोगिता खेल्नुपर्ने भएको छ ।

आईसीसीको १२ पूर्ण सदस्य र एसोसिएट राष्ट्र नेदरल्याण्ड्ससहित १३ टिम सम्मिलित सुपर लिगमा शीर्ष ८ मा पर्न असफल भएपछि वेष्ट इन्डिजले सिधै विश्वकप खेल्ने अवसर गुमाएको हो ।

दक्षिण अफ्रिकाले आइतबार राति नेदरल्याण्ड्सलाई १४६ रनले पराजित गर्दै सुपर लिगको आठौं स्थानमा उक्लिएपछि वेष्ट इन्डिजले विश्वकप छनोट खेल्ने पक्का भएको हो ।

सन् १९७५ को पहिलो र १९७९ को दोस्रो संस्करणको वान डे विश्वकप जितेको वेष्ट इन्डिजले लगातार दोस्रो पटक विश्वकप छनोट खेल्नुपर्ने भएको हो ।

२०१८ मा जिम्बावेमै भएको छनोटमा शीर्ष दुईमा रहेर वेष्ट इन्डिज २०१९ को विश्वकपमा छनोट भएको थियो ।

सुपर लिगको शीर्ष ८ मा रहने टिमले मात्र सिधै विश्वकपमा स्थान बनाउनेछन् । जसमा आयोजक भारतसहित न्युजिल्याण्ड, अष्ट्रेलिया, इंग्ल्याण्ड, पाकिस्तान, बंगलादेश र अफगानिस्तान सिधै छनोट भइसकेका छन् । अब एक स्थानका लागि दक्षिण अफ्रिकासँगै आयरल्याण्ड होडमा छन् ।

अर्को पूर्वविजेता श्रीलंकाले पनि छनोट खेल्ने पक्का भइसकेको छ ।

नेदरल्याण्ड्सलाई हराएपछि दक्षिण अफ्रिकाको ९८ अंक भएको छ र सुपर लिगको आठौं स्थानमा उक्लेको छ ।

आयरल्याण्डको ६८ अंक छ र बंगलादेशसँग तीन खेलको श्रृंखला खेल्न बाँकी छ । आयरल्याण्ड एक खेलमा पराजित भएमा दक्षिण अफ्रिका शीर्ष आठमा रहँदै सिधै विश्वकपमा छनोट हुनेछ ।

अब बंगलादेश र आयरल्याण्डबीच हुने सिरिजपछि मात्र सिधै विश्वकप खेल्ने थप एक टोलीको टुङ्गो लाग्नेछ ।

सुपर लिगका १३ टिममध्ये शीर्ष ८ टिमले सिधै विश्वकप खेल्नेछन् भने पुछारमा रहने पाँच टिमले विश्वकप छनोट खेल्नुपर्नेछ । त्यसमा वेष्ट इन्डिजसँगै, श्रीलंका, जिम्बावे र नेदरल्याण्ड्सले विश्वकप छनोट खेल्ने पक्का भइसकेको छ ।

विश्वकप छनोट आगामी जुन-जुलाईमा जिम्बावेमै हुनेछ । जसमा चार टेष्ट राष्ट्र हुने पक्का छ । विश्वकप छनोटमा कुल १० राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । जसबाट फाइनल पुग्ने दुई टोली मात्र आगामी अक्टोबर-नोभेम्बरमा भारतमा हुने विश्वकपमा छनोट हुनेछ ।

विश्वकप छनोटमा सुपर लिगका पुछारका पाँच टिम, आईसीसी क्रिकेट विश्वकप लिग टु को शीर्ष तीन टिम र क्वालिफायर प्लेअफको शीर्ष दुई टिम गरी कुल १० टिमले खेल्नेछन् ।

लिग टु को शीर्ष तीनमा रहँदै स्कटल्याण्ड, ओमान र नेपालले विश्वकप छनोटमा स्थान बनाइसकेको छ ।

हाल नामिबियामा भइरहेको क्वालिफायर प्लेअफबाट थप दुई टिमको टुङ्गो लाग्नेछ । लिग टु को पुछारमा रहेका चार टिम नामिबिया, अमेरिका, यूएई र पपुवा न्युगिनीसहित च्यालेन्ज कपको शीर्ष दुई टिम क्यानडा र जर्सीसहित ६ टिमले प्लेअफ क्वालिफायर खेलिरहेका छन् ।

विश्वकप छनोटमा चार टेष्ट राष्ट्रले पनि खेल्ने भएकोले नेपालजस्तो एसोसिएट राष्ट्रका लागि ठुला टिमसँग खेल्ने यो राम्रो अवसर हुनेछ । चार टेष्टसहित बाँकी ६ एसोसिएट राष्ट्रले विश्वकपमा स्थान बनाउनका लागि प्रतिस्पर्धा गर्नेछन् ।

छनोटमा सहभागी हुने १० टिमलाई दुई समूहमा विभाजन गरिनेछ । जसले गर्दा दुवै समूहमा दुई-दुई टेष्ट राष्ट्र हुनेछन् ।

छनोट खेल्ने सबै टिमको टुङ्गो लागेपछि आईसीसीले समूह विभाजन गर्नेछ । त्यसपछि कुन टिमले कोसँग खेल्ने थाहा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...
। संकटा क्लबमाथि ३–० को जित निकाल्दै एपीएफ क्लबले महिला लिगमा छैटौं खेलसम्म अपराजित यात्रा कायम राखेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफलाई जिताउन सरु लिम्बू, अनिता केसी र सविता रानामगरले गोल गरे । खेलको १३ औं मिनेटमा रश्मीकुमारी घिसिङको उत्कृष्ट कट ब्याकलाई सरुले वान टचमै पोस्टको दिशा दिएर टिमलाई अग्रता दिलाइन् । एक मिनेट ...
– गुलशन झाले पाँच विकेट लिनुको साथै आक्रामक अर्धशतक प्रहार गर्दै सानदार अलराउण्ड प्रदर्शन गरेपनि नेपाल आईसीसी विश्वकप लिग२ मा ओमानसँग १ विकेटले पराजित भएको छ । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । ओमानलाई अन्तिम ६ बलमा जितको लागि ८ रन चाहिँएको थियो । सोमपालको पहिलो बलमा कलिमुल्लाहले एक ...
– नेपालका युवा अलराउण्डर गुलशन झाले आईसीसी विश्वकप लिग-२ मा ओमानसँग हारका बाबजुद प्लेयर अफ द म्याच अवार्ड पाएका छन् । नेपाल १ विकेटले पराजित भएपनि आक्रामक अर्धशतक प्रहार गरेका गुलशनले ५ विकेट लिदै खेललाई रोमान्चक बनाएका थिए । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । गुलशनले १० ओभरमा २ ...