आईपीएलमा मुम्बईमाथि बेंगलोरको सानदार जित
आईपीएलमा मुम्बईमाथि बेंगलोरको सानदार जित

। कप्तान फाप डु प्लेसिस र विराट कोहलीले उत्कृष्टठ ब्याटिङ गरेपछि इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा रोएल च्यालेन्जर्स बेंगलोरले मुम्बई इन्डिजमाथि ८ विकेटको सानदार जित निकालेको छ ।

घरेलु मैदान एम चिन्नास्वामी स्टेडियममा प्लेसिस र कोहलीले पहिलो विकेटका लागि १४८ रनको साझेदारी गरेपछि बेंगलोरले १७२ रनको लक्ष्य १६.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो ।


कोहलीले ४९ बल खेल्दै ६ चौका र पाँच छक्का मद्दतमा अविजित ८२ रन बनाए । कोहलीले अर्शद खानलाई छक्का प्रहार गर्दै जित पक्का गरेका थिए ।

कप्तान प्लेसिसले ४३ बल खेल्दै पाँच चौका ६ छक्का मद्दतमा ७३ रन बनाए । ग्लेन म्याक्सबेलले ३ बल खेल्दै दुई छक्का मद्दतमा अविजित १२ रन जोडे ।

मुम्बईका अर्शद खान र क्यामरुन ग्रीनले समान एक/एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले खराब सुरुआत गरेपछि तिलक बर्माको सानदार ब्याटिङमा ७ विकेट गुमाएर १७१ रन बनाएको थियो ।

मुम्बईका लागि तिलकले ४६ बल खेल्दै ९ चौका र ४ छक्का मद्दतमा अविजित रहँदै सर्वाधिक ८४ रन बनाए । एक छेउबाट लगातार विकेट जाँदा तिलकले इनिङ्स सम्हालेका थिए ।

आईपीएलमा डेब्यु गरेका नेहाल वाडेराले १३ बलमा २१ रन जोडे । सूर्यकुमार यादवले १५ र इशान किसनले १० रन जोडे ।अर्शद खानले ९ बलमा अविजित १५ रन बनाए ।

बेंगलोरका लागि कर्ण शर्माले दुई तथा मोहमम्द सिराज, रिस टोप्ले, आकाश दिप, हर्शल पटेल र माइकल ब्रेसवेलले समान १ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...
। संकटा क्लबमाथि ३–० को जित निकाल्दै एपीएफ क्लबले महिला लिगमा छैटौं खेलसम्म अपराजित यात्रा कायम राखेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफलाई जिताउन सरु लिम्बू, अनिता केसी र सविता रानामगरले गोल गरे । खेलको १३ औं मिनेटमा रश्मीकुमारी घिसिङको उत्कृष्ट कट ब्याकलाई सरुले वान टचमै पोस्टको दिशा दिएर टिमलाई अग्रता दिलाइन् । एक मिनेट ...
– गुलशन झाले पाँच विकेट लिनुको साथै आक्रामक अर्धशतक प्रहार गर्दै सानदार अलराउण्ड प्रदर्शन गरेपनि नेपाल आईसीसी विश्वकप लिग२ मा ओमानसँग १ विकेटले पराजित भएको छ । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । ओमानलाई अन्तिम ६ बलमा जितको लागि ८ रन चाहिँएको थियो । सोमपालको पहिलो बलमा कलिमुल्लाहले एक ...
– नेपालका युवा अलराउण्डर गुलशन झाले आईसीसी विश्वकप लिग-२ मा ओमानसँग हारका बाबजुद प्लेयर अफ द म्याच अवार्ड पाएका छन् । नेपाल १ विकेटले पराजित भएपनि आक्रामक अर्धशतक प्रहार गरेका गुलशनले ५ विकेट लिदै खेललाई रोमान्चक बनाएका थिए । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । गुलशनले १० ओभरमा २ ...