मुख्य समाचार
जब फिल्म लेखक सारा पोलीलाई ओस्कार अवार्ड फिर्ता मागियो !
जब फिल्म लेखक सारा पोलीलाई ओस्कार अवार्ड फिर्ता मागियो !

। क्यानडेली फिल्म निर्माता सारा पोलीले आफ्नो ११ वर्षको बच्चाले आफूमाथि गरेको ‘क्रूर’ अप्रिल फूलको मजाक सेयर गरेकी छन् । शनिबार बिहान आफूलाई आएको इमेल उध्दृत गर्दै उनले भनिन्, ‘हामी तपाईंलाई गहिरो पश्चातापका साथ यो भन्छौं, तपाईंले प्राप्त गर्नुभएको ओस्कार गल्तीले दिइयो ।’

पोलीले गत महिना अमेरिकाको लस एन्जलसमा भएको ९५ औं एकेडेमी अवार्डमा फिल्म ‘वुमन टकिङ’का लागि उत्कृष्ट रूपान्तरित पटकथा जितिन् । ट्विटरमा पोस्ट गरिएको पत्रले उनलाई क्यालिफोर्नियामा ‘मेल फिर्ता गर्नू’ भनिएको थियो । उनले उक्त अवार्डलाई घरमा एक साता अझै राख्न सक्ने बताइएको छ, जसले गर्दा उनले जितको महसुस गर्न सकुन् समेत इमेलमा भनिएको छ ।

‘तर यसलाई फिर्ता गर्न आवश्यक छ, ताकि ‘अल क्वाइट इन द वेस्टन फ्रन्ट’ फिल्म जुन सही विजेता हो, त्यसले प्राप्त गर्न सकोस्,’ इमेलमा भनिएको थियो, ‘तपाईंको हानिको लागि हामी क्षमाप्रार्थी छौं, तर यो मात्र उचित छ कि वास्तविक उत्कृष्ट रूपान्तरित पटकथाको पुरस्कार चाहिं ओस्कारले मात्र पाउँछ ।’

पोलीको बच्चाले ठट्टा गर्दै ओस्कारका मालिकहरूले अवार्ड दिने दिनमा आफ्नो गल्ती महसुस गरेको समेत भन्दै कटाक्ष गरे । उनले लेखेका थिए, ‘सन् २०१७ मा वास्तविक विजेता फिल्म मुनलाइट भएपनि ला ला ल्याण्डलाई पुरस्कार दिएको गल्तीको निर्णयलाई उनीहरु सच्याउन चाहन्थे ।’ १९९० को दशकमा दशकमा एक अभिनेत्रीको रूपमा प्रसिद्धि हासिल गरेकी पोलीले तुरुन्तै यो चिठी एकेडेमीले होइन, तर उनको बच्चाले अप्रिल फुल्स डे प्रयांकको रूपमा लेखेको थाहा पाइन् ।

साथै पत्रमा भनिएको थियो, ‘हामीलाई यो गलत छ जस्तो लाग्छ किनभने तपाईंले यो पत्र १ अप्रिलमा पाउनुभयो । किनकि तपाईंलाई यो मजाक हो जस्तो लाग्न सक्छ । त्यसैले यो मजाक होइन भनेर तपाईलाई अर्को पत्र पठाइनेछ । यो मजाक धेरै क्रूर छ, त्यसैले हामी तपाईंलाई पर्न सक्ने कुनै पनि असुविधाको लागि गहिरो माफी चाहन्छौं ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। तमिल सुपरस्टार थलापति विजय राजनीतिको यात्रामा ध्यान केन्द्रित गर्न फिल्मी करिअर छोड्ने तयारी गर्दैछन् । यही सिलसिलामा उनको फिल्म निर्माण कम्पनी केभीएन प्रोडक्सनले अन्तिम फिल्म स्वरुप ‘थलापति ६९’ घोषणा गरेको छ । यो फिल्ममा विजयले लोकतन्त्रका लागि लड्ने देखिने बताइएको छ । फिल्मको टोलीले सामाजिक सञ्जालमा सेयर गरेको एक पोस्टमा विजयका हिट फिल्मको दृश्य समावेश ...
। मीनबहादुर भाम निर्देशित फिल्म ‘शाम्बाला’ले शुक्रबार नेपालमा सुखद् अकुपेन्सीसहित प्रदर्शनको थालनी गरेको छ । यो फिल्म काठमाडौं उपत्यकाका ९ र उपत्यकाबाहिरका ३९ हलमा प्रदर्शनमा आएको छ । काठमाडौं उपत्यकाका हलले मात्रै झण्डै ६० शो दिएका छन् । प्रदर्शनको पहिलो दिन शुक्रबार बिहान मुख्य मल्टिप्लेक्समा फिल्मको अकुपेन्सी ५० प्रतिशत हाराहारीमा रह्यो । अपरान्ह र बेलुकीको शोमा ...
। फिल्म ‘शाम्बाला’ हेर्न प्रसिद्ध बलिउड निर्देशक राजकुमार हिरानी नेपाल आउने भएका छन् । अर्को साता उनको काठमाडौं भ्रमण तय भएको निर्देशक तथा निर्माता मीनबहादुर भामले जानकारी दिए । केही दिनको नेपाल बसाइमा उनले फिल्म ‘शाम्बाला’ हेर्ने र पोखरा घुम्ने कार्यक्रम तय छ । ‘सो मितिमा उहाँ काठमाडौं आउने पक्का भएको छ’ भामले भने, ‘उहाँले बर्लिनमै ...
। शाहरुख खान र प्रीति जिन्टा अभिनित बलिउडको क्लासिकल-लभस्टोरी फिल्म ‘वीरजारा’ शुक्रबारदेखि नेपालका हलमा पुनः प्रदर्शन हुने भएको छ । रिलिजको बीसौं वर्षगाँठ मनाउन यशराज फिल्म्सले विश्वभर यो फिल्मलाई रि–रिलिज गर्दैछ । रिलिज भएको दुई दशकपछि व्यावसायिक र समीक्षात्मक रुपमा सफलता प्राप्त गरेको सीमापार प्रेमकथाको फिल्मलाई दर्शकले पुनः हेर्न पाउने भएका हुन् । यो फिल्म नेपालमा क्यूएफएक्स ...
। कन्सर्ट सकिएपछि नेपथ्य ब्याण्डका मुख्य गायक अमृत गुरुङले भने, ‘यसपाला अमेरिकामा न्यानो माया पायौं । जोगले जुराएछ भने फेरि पनि भेटौंला । मिलेर बस्नुस् है । धन्यवाद !’ उनका लागि यो ह्यारिसबर्ग सहरसँगको मात्र बिदाइ थिएन, यसपालि झण्डै डेढ महिना लामो अमेरिका यात्रामा सातवटै सहरका प्रत्येक हल खचाखच भरिने गरी जम्मा भएका तमाम दर्शकप्रतिको आभार ...