भुटानी 'रोनाल्डो' ग्याल्सेन मछिन्द्रमा
भुटानी 'रोनाल्डो' ग्याल्सेन मछिन्द्रमा

काठमाडौँ — सहिद स्मारक लिग ‘ए’ डिभिजनको इतिहासमै एक बहुचर्चित अनुबन्धका रूपमा मछिन्द्रले आज भुटानी फुटबलको सबैभन्दा ठूलो नाम चेन्चो ग्याल्सेनलाई औपचारिक रूपमा प्रस्तुत गर्दैछ । ग्याल्सेन भुटानी राष्ट्रिय टिमका कप्तान तथा सर्वाधिक गोलकर्ता हुन् ।

उनी 'भुटानी रोनाल्डो'का रूपमा पनि चिनिन्छन् । ग्याल्सेनले पाउने पारिश्रमकबारे अहिलेसम्म ठोस जानकारी बाहिर नआए पनि उनी नेपाली क्लबले अनुबन्ध गरेका अहिलेसम्मकै सबैभन्दा महँगा खेलाडीमध्ये एक हुन सक्नेछन् । दुईपल्टको डिफेन्डिङ च्याम्पियन मछिन्द्र यसपल्टको लिगमा कमजोर सुरुआत गरेको छ र पाँच चरणको समाप्तिमा पाँच अंक मात्र बटुलेको छ ।

लिग तालिकाको ११ औं स्थानमा रहेको मछिन्द्रले आफ्नो आक्रमणलाई अझ मजबुत बनाउन ग्याल्सेनलाई अनुबन्ध गरेको हो । नेपाली फुटबलप्रेमीबीच पनि लोकप्रिय चेन्चोले हालै मात्र पञ्जाब एफसीबाट खेल्ने भारतको आई–लिग उपाधि जितेका थिए । त्यसै क्लबबाट नेपाली राष्ट्रिय टिमका कप्तान तथा गोलरक्षक किरण लिम्बूले पनि खेलेका थिए ।

हालै समाप्त भएको थ्री नेसन्सकप खेल्ने क्रममा उनी काठमाडौं आएका थिए । ग्याल्सेनकै नेतृत्वमा भुटानले सन् २०१९ मा काठमाडौंमा भएको १३ औं दक्षिण एसियाली फुटबलको पुरुष प्रतिस्पर्धामा फाइनलसम्मको यात्रा तय गरेको थियो । यसलाई भुटानी फुटबल इतिहासकै सबैभन्दा ठूलो उपलब्धि मानिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...
। संकटा क्लबमाथि ३–० को जित निकाल्दै एपीएफ क्लबले महिला लिगमा छैटौं खेलसम्म अपराजित यात्रा कायम राखेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफलाई जिताउन सरु लिम्बू, अनिता केसी र सविता रानामगरले गोल गरे । खेलको १३ औं मिनेटमा रश्मीकुमारी घिसिङको उत्कृष्ट कट ब्याकलाई सरुले वान टचमै पोस्टको दिशा दिएर टिमलाई अग्रता दिलाइन् । एक मिनेट ...
– गुलशन झाले पाँच विकेट लिनुको साथै आक्रामक अर्धशतक प्रहार गर्दै सानदार अलराउण्ड प्रदर्शन गरेपनि नेपाल आईसीसी विश्वकप लिग२ मा ओमानसँग १ विकेटले पराजित भएको छ । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । ओमानलाई अन्तिम ६ बलमा जितको लागि ८ रन चाहिँएको थियो । सोमपालको पहिलो बलमा कलिमुल्लाहले एक ...
– नेपालका युवा अलराउण्डर गुलशन झाले आईसीसी विश्वकप लिग-२ मा ओमानसँग हारका बाबजुद प्लेयर अफ द म्याच अवार्ड पाएका छन् । नेपाल १ विकेटले पराजित भएपनि आक्रामक अर्धशतक प्रहार गरेका गुलशनले ५ विकेट लिदै खेललाई रोमान्चक बनाएका थिए । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । गुलशनले १० ओभरमा २ ...