रेलिगेसनबाट उकासिँदै वेस्ट ह्याम
रेलिगेसनबाट उकासिँदै वेस्ट ह्याम

— वेस्ट ह्यामले इंग्लिस प्रिमियर लिगमा आइतबार साउथ ह्याम्पटनलाई १–० ले हराएर रेलिगेसन क्षेत्र छाडेको छ ।खेलको २५ औं मिनेटमा नायेफ एगुर्डले हेडबाट गरेको गोल नै निर्णायक रह्यो । खेलअघि १९ औं स्थानमा रहेको वेस्ट ह्यामको जितपछि २७ अंक भएको छ । टोली १४ औं स्थानमा उक्लेको छ ।

यस नतिजापछि एभरटन भने अन्तिम तीन स्थानमा झरेको छ । एगुर्डले वेस्ट ह्यामका लागि गरेको यो नै पहिलो गोल हो । यो जितले व्यवस्थापक डेविड मोयसलाई ठूलो राहत दिलाएको छ । हारले सबैभन्दा पुछारमा रहेको साउथ ह्याम्पटन २३ अंकमै सीमित रह्यो । तर साउथ ह्याम्पटन र वेस्ट ह्यामबीचको दूरी ४ अंकमात्र छ ।

यसअघि एस्टन भिल्लाले इंग्लिस प्रिमियर लिगमा शनिबार चेल्सीमाथि २–० को प्रभावशाली जित निकालेको छ ।भिल्लाको जितमा ओली वाटकिन्सन र जोन म्याकगिनले एक–एक गोल गरे । यो जितपछि भिल्ला ४१ अंकसहित सातौं स्थानमा उक्लेको छ ।

चेल्सी भने ३८ अंकमा ११ औं स्थानमा झरेको छ । अन्य खेलमा शीर्षस्थानको आर्सनलले लिड्सलाई ४–१ ले हरायो । यो जितपछि टोलीको ७२ अंक भएको छ र यो दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीमाथि ८ अंकको ठोस अग्रता हो । जितपछि आर्सनलको उपाधि यात्रा अझ बलियो भएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...
। संकटा क्लबमाथि ३–० को जित निकाल्दै एपीएफ क्लबले महिला लिगमा छैटौं खेलसम्म अपराजित यात्रा कायम राखेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफलाई जिताउन सरु लिम्बू, अनिता केसी र सविता रानामगरले गोल गरे । खेलको १३ औं मिनेटमा रश्मीकुमारी घिसिङको उत्कृष्ट कट ब्याकलाई सरुले वान टचमै पोस्टको दिशा दिएर टिमलाई अग्रता दिलाइन् । एक मिनेट ...
– गुलशन झाले पाँच विकेट लिनुको साथै आक्रामक अर्धशतक प्रहार गर्दै सानदार अलराउण्ड प्रदर्शन गरेपनि नेपाल आईसीसी विश्वकप लिग२ मा ओमानसँग १ विकेटले पराजित भएको छ । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । ओमानलाई अन्तिम ६ बलमा जितको लागि ८ रन चाहिँएको थियो । सोमपालको पहिलो बलमा कलिमुल्लाहले एक ...
– नेपालका युवा अलराउण्डर गुलशन झाले आईसीसी विश्वकप लिग-२ मा ओमानसँग हारका बाबजुद प्लेयर अफ द म्याच अवार्ड पाएका छन् । नेपाल १ विकेटले पराजित भएपनि आक्रामक अर्धशतक प्रहार गरेका गुलशनले ५ विकेट लिदै खेललाई रोमान्चक बनाएका थिए । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । गुलशनले १० ओभरमा २ ...