मोइन अलीको उत्कृष्ट बलिङमा लखनउमाथि चेन्नाइको जित
मोइन अलीको उत्कृष्ट बलिङमा लखनउमाथि चेन्नाइको जित

। इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा चेन्नाइ सुपर किंग्सले सोमरबार लखनउ सुपर जायन्ट्सलाई १२ रनले पराजित गरेको छ ।

अलराउण्डर मोइन अलीले शानदार बलिङ गर्दै ४ विकेट लिएपछि चेन्नाइले सिजनको पहिलो जित हात पारेको हो । चेन्नाइ उद्घाटन खेलमै गुजरात टाइटन्ससँग पराजित भएको थियो ।

घरेलु मैदान एमए चिदम्बरम क्रिकेट स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाइले ७ विकेट गुमाएर २१७ रन बनाएको थियो । जवाफमा लखनउले २० ओभरमा ७ विकेट २०५ रन मात्र बनाउन सक्यो ।

लखनउका लागि ओपनर कायल मेयर्सले आक्रामक ब्याटिङ गर्दै लगातार दोस्रो अर्धशतक बनाए । उनले २२ बलमा ८ चौका र २ छक्का प्रहार गरी ५३ रन बनाए । निकोलस पुरनले १८ बलमा ३२, मार्कुस स्टोइनसले १८ बलमा २१, आयुष बदोनीले १८ बलमा २३ र कप्तान केएल राहुलले १८ बलमा २० रन बनाए । कृष्णपा गौथमले ११ बलमा अविजित १७ रन बनाए ।

चेन्नाइका लागि मोइन अलिले ४ ओभरमा २६ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । तुसारदेश पान्डेले २ र मिचेल स्यान्टेनरले १ विकेट लिए ।

त्यसअघि ओपनर रुतुराज गाएकवाडले लगातार दोस्रो खेलमा अर्धशतक प्रहार गर्दा चेन्नाइले उच्च स्कोर बनाएको थियो । गायकवाडले ३१ बलमा ३ चौका र ४ छक्का मदतमा ५७ रन बनाए । पहिलो विकेटका लागि गायकवाडले र डेभोन कन्वेसँग ११० रनको साझेदारी गर्दै उत्कृष्ट सुरुआत दिलाएका थिए । अर्का ओपनर डेभोन कन्वेले २९ बलमा ५ चौका र २ छक्का मद्तमा ४७ रन बनाए

शिवम दुवेले १६ बलमा २२ र मोइन अलिले १३ बलमा १९ रन बनाए । अन्तिम ओभरमा क्रिजमा पुगेका कप्तान महेन्द्रसिंह धोनीले दुई बलमा लगाता छक्का प्रहार गर्दै १२ रन जोडेका थिए तर तेस्रो बलमा आउट भए ।

अम्बादी राइडुले १४ बलमा समान २ चौका र छक्का प्रहार गरी अविजित २७ रन जोडे ।

लखनउका लागि मार्क वुड र रवि विश्नोइले तीन/तीन विकेट लिए । आवेश खानले उक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...
। संकटा क्लबमाथि ३–० को जित निकाल्दै एपीएफ क्लबले महिला लिगमा छैटौं खेलसम्म अपराजित यात्रा कायम राखेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफलाई जिताउन सरु लिम्बू, अनिता केसी र सविता रानामगरले गोल गरे । खेलको १३ औं मिनेटमा रश्मीकुमारी घिसिङको उत्कृष्ट कट ब्याकलाई सरुले वान टचमै पोस्टको दिशा दिएर टिमलाई अग्रता दिलाइन् । एक मिनेट ...
– गुलशन झाले पाँच विकेट लिनुको साथै आक्रामक अर्धशतक प्रहार गर्दै सानदार अलराउण्ड प्रदर्शन गरेपनि नेपाल आईसीसी विश्वकप लिग२ मा ओमानसँग १ विकेटले पराजित भएको छ । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । ओमानलाई अन्तिम ६ बलमा जितको लागि ८ रन चाहिँएको थियो । सोमपालको पहिलो बलमा कलिमुल्लाहले एक ...
– नेपालका युवा अलराउण्डर गुलशन झाले आईसीसी विश्वकप लिग-२ मा ओमानसँग हारका बाबजुद प्लेयर अफ द म्याच अवार्ड पाएका छन् । नेपाल १ विकेटले पराजित भएपनि आक्रामक अर्धशतक प्रहार गरेका गुलशनले ५ विकेट लिदै खेललाई रोमान्चक बनाएका थिए । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । गुलशनले १० ओभरमा २ ...