फिनल्याण्ड अप्रिल ४ मा नेटोको सदस्य बन्दै
फिनल्याण्ड अप्रिल ४ मा नेटोको सदस्य बन्दै

हेल्सिन्की : फिनल्याण्ड आगामी अप्रिल ४ तारिखदेखि औपचारिक रूपमा उत्तरी एटलान्टिक सन्धि सङ्गठन (नेटो) को ३१औँ सदस्य बन्ने भएको छ ।


फिनल्याण्डका राष्ट्रपतिको कार्यालयले सोमबार यस निर्णयबारे जानकारी गराएको हो । फिनल्याण्डका राष्ट्रपति साउली निनिस्टो, विदेशमन्त्री पेक्का हाभिस्टो र रक्षामन्त्री एन्टी काइकोनेनले ब्रसेल्सस्थित नेटो मुख्यालयमा हुने सम्मेलनमा सहभागी हुने कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

फिनल्याण्डको तर्फबाट हाभिस्टोले मङ्गलबार ब्रसेल्समा अमेरिकी विदेश मन्त्रालयमा यसबारे आवश्यक उपस्थिति जनाउने छन् । यस अवसरमा नेटोको मुख्यालय बाहिर देशको झण्डा फहराइनेछ । ब्रसेल्समा नेटो सदस्य राष्ट्रहरूका विदेश मामिला मन्त्रीहरूको अप्रिल ४ देखि ५ तारिखसम्मको बैठक अघि बोल्दै गठबन्धनका महासचिव जेन्स स्टोल्टेनबर्गले भनेका छन् 'हामीले नाटोको आधुनिक इतिहासमा सबैभन्दा छिटो अनुमोदन प्रक्रिया देखेका छौँ ।'

स्वीडेनसँगै, फिनल्याण्डले सन् २०२२ मे १८ तारिखमा आफ्नो आधिकारिक आवेदनपत्र बुझाएको थियो । यद्यपि स्वीडेनको आवेदनलाई टर्किए र हङ्गेरीले अनुमोदन गर्न बाँकी छ । 'म स्वीडेनलाई सकेसम्म चाँडो नेटो परिवारको पूर्ण सदस्यको रूपमा स्वागत गर्न तत्पर छु,' स्टोल्टेनबर्गले भने।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
दुईजना व्यक्ति । एक अर्बपति र अर्का इन्जिनियर । दुवैले गत सेप्टेम्बर १२ मा एलन मस्कको कम्पनी स्पेस एक्सको पोलारिस डन अन्तरिक्ष मिशनमार्फत अन्तरिक्षमा हिंडेर (स्पेसवाक) गरेर कीर्तिमान कायम गरे । ड्रयागन क्याप्सुलबाट पृथ्वीभन्दा ७३७ किलोमिटर माथि अन्तरिक्षमा पुगेर उनीहरू बाहिर निस्किए र पृथ्वीलाई अभिवादन गरे । व्यवसायिक अन्तरिक्षयात्री बाहेकले स्पेसवाक गरेको यो नै पहिलो घटना ...
। अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ०.५० प्रतिशत विन्दुले ब्याजदर कटौती गरेको छ । फेडरल ओपन मार्केट कमिटी (एफओएमसी)ले हालको सन्दर्भ ब्याजदरमा ०.५० प्रतिशत कटौतीको निर्णय गरेको हो । कोभिड १९ सुरुवातपछि पहिलो पटक फेडले ब्याजदर कटौती गरेको हो । यो निर्णयपछि फेडरल ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्मको सीमामा झरेको छ । यसअघि यस्तो दर ५.२५ ...
महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले विज्ञान जगतमा जुन योगदान गरे त्यसका लागि संसार अहिलेपनि उनीप्रति कृतज्ञ छ। मानिसहरुले आइन्स्टाइनलाई केवल एक वैज्ञानिकका रुपमामात्र होइन मानवताका लागि उनले गरेको योगदानका लागि समेत चिन्दछ । त्यसैले यो कुरा निश्चित छ कि उनीसँग जोडिएका हरेक कुरा अमूल्य छन् । हालै भएको एउटा घटनाले अल्बर्ट आइन्स्टाइनसँग सम्बन्धित चिजहरू कति महत्वपूर्ण र ...
: अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको फेरि हत्या प्रयास भएको छ। आगामी नोभेम्बर ५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प भएको स्थानमा फेरि गोली चलेको हो। ट्रम्पलाई उनको फ्लोरिडा गोल्फ क्लबमा आइतबार दोस्रो पटक हत्याको प्रयास भएको सीएनएनले जनाएको छ। हत्याको प्रयास भएको बेला ट्रम्प त्यतिबेला गल्फ खेल्दै थिए। अमेरिकी अधिकारीहरूका अनुसार पूर्व राष्ट्रपति ...
स्पेस एक्सको पोलारिस डन मिसनले नयाँ कीर्तिमान बनाएको छ । यो मिसनमार्फत् इतिहासमै पहिलोपटक पृथ्वीभन्दा ७ सय ३७ किलोमिटर माथि दुईजना आम मानिस अर्थात् गैर व्यवसायिक अन्तरिक्षयात्रीले अन्तरिक्षमा हिडेर कीर्तिमान कायम गरेका छन् । निजी अन्तरिक्ष मिसनमा रहेका यात्रीहरुले स्पेसवाक गरेको यो पहिलो पटक हो । अमेरिकाको केन्नेडी स्पेस सेन्टरबाट मंगलबार प्रक्षेपण भएको स्पेस एक्सको उक्त ...