जावलाखेल शीर्ष स्थानमा
जावलाखेल शीर्ष स्थानमा

काठमाडौं : जावलाखेल युथ क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा सातदोबाटो युथ क्लबलाई २–१ गोलले हराउँदै जावलाखेल शीर्ष स्थानमा उक्लिएको हो। जावलाखेलको जितमा फोडे फोफना र एनकोटो मोसाबीले एक÷ एक गोल गरेका थिए। सातदोबाटोका दीपकसिंह ठकुरीले एक गोल फर्काए।


प्रतिस्पर्धात्मक खेलको ४३औं मिनेटमा फोफनाले पेनाल्टीमार्फत गोल गर्दै जावलाखेललाई सुरुवाती अग्रता दिलाएका थिए। ५०औं मिनेटमा मोसाबीले गोल गर्दै जावलाखेलको अग्रता दोब्बर पारे। खेलको ७५औं मिनेटमा सातदोबाटोका दीपकसिंह ठकुरीले एक गोल फर्काएका थिए। त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसकेपछि जावलाखेलले जित निकाल्न सफल भयो।

जावलाखेलको जारी लिगमा चौथो जित हो। जितसँगै जावलाखेलले ६ खेलमा १३ अंक जोडेको छ। ६ खेलमा १२ अंक जोडेको सातदोबाटो तेस्रो स्थानमा झरेको छ।

सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत नै मंगलबार भएको खेलमा न्युरोड टिम एनआरटी र चर्च ब्वाइज युनाइटेडले बराबरी खेल्दै अंक बाँडेका छन्। च्यासल मैदानमा मंगलबार एनआरटी र चर्च ब्वाइजले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्। चर्च ब्वाइजले दुई गोलको अग्रता बनाए पनि त्यसलाई जोगाउन नसक्दा अंक बाँड्न बाध्य भयो।

खेलको २०औं मिनेटमा आशिष चौधरीले गोल गर्दै चर्च ब्वाइजलाई सुरुवाती अग्रता दिलाएका थिए। ६२औं मिनेटमा कप्तान अनन्त तामाङले गोल गर्दै चर्च ब्वाइजको अग्रता दोब्बर बनाए। खेलको ७१औं मिनेटमा रोहन खड्गीले गोल गर्दै एनआरटीलाई खेलमा फर्काएका थिए। त्यसपछि खेलको इन्जुरी समयमा एनआरटीका सरोज तामाङले गोल गर्दै खेल २–२ गोलको बराबरी गरेका थिए। यस बराबरीसँगै एनआरटीले ६ खेलमा तीन अंक जोडेको छ। एनआरटी लिगको १३औं स्थानमा छ। ६ खेलमा १२ अंक जोडेको चर्च ब्वाइज दोस्रो स्थानमा उक्लिएको छ।

डबल राउन्ड रोबिनका आधारमा सञ्चालित ‘ए’ डिभिजन लिग दशरथ रंगशाला, एन्फा कम्प्लेक्स र च्यासल मैदानमा खेलाइउको छ। यस पटकको लिगमा एक सय ८२ खेल हुनेछ। लिग विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ नगद पुरस्कार पाउने छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...
। संकटा क्लबमाथि ३–० को जित निकाल्दै एपीएफ क्लबले महिला लिगमा छैटौं खेलसम्म अपराजित यात्रा कायम राखेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफलाई जिताउन सरु लिम्बू, अनिता केसी र सविता रानामगरले गोल गरे । खेलको १३ औं मिनेटमा रश्मीकुमारी घिसिङको उत्कृष्ट कट ब्याकलाई सरुले वान टचमै पोस्टको दिशा दिएर टिमलाई अग्रता दिलाइन् । एक मिनेट ...
– गुलशन झाले पाँच विकेट लिनुको साथै आक्रामक अर्धशतक प्रहार गर्दै सानदार अलराउण्ड प्रदर्शन गरेपनि नेपाल आईसीसी विश्वकप लिग२ मा ओमानसँग १ विकेटले पराजित भएको छ । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । ओमानलाई अन्तिम ६ बलमा जितको लागि ८ रन चाहिँएको थियो । सोमपालको पहिलो बलमा कलिमुल्लाहले एक ...
– नेपालका युवा अलराउण्डर गुलशन झाले आईसीसी विश्वकप लिग-२ मा ओमानसँग हारका बाबजुद प्लेयर अफ द म्याच अवार्ड पाएका छन् । नेपाल १ विकेटले पराजित भएपनि आक्रामक अर्धशतक प्रहार गरेका गुलशनले ५ विकेट लिदै खेललाई रोमान्चक बनाएका थिए । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । गुलशनले १० ओभरमा २ ...