ट्रम्पलाई झुक्न बाध्य पार्ने पोर्नस्टार
ट्रम्पलाई झुक्न बाध्य पार्ने पोर्नस्टार

। अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यतिबेला विश्व मिडियाको केन्द्रमा छन् । फौजदारी अभियोग लागेपछि गएराति उनले म्यानहटन अदालतमा आत्मसमर्पण गरे । ट्रम्पसँगै यतिबेला पोर्नस्टार स्टोर्मी डेनियलको पनि चर्चा भइरहेको छ ।

सन् २०१६ को राष्ट्रपतिको चुनावी अभियानमा डेनियललाई १ लाख ३० हजार डलर दिएर चुप रहन बाध्य पारिएको आरोप लागेको हो । ट्रम्पसँग डेनियलको गोप्य सम्बन्ध रहेको भनिएको छ ।

वर्षौंदेखि यो आरोपलाई ट्रम्पले खण्डन गर्दै आएका छन् । ट्रम्पले आत्मसमर्पण गरे लगत्तै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले डेनियलबारे व्यापक चर्चा गरिरहेका छन् ।

४४ वर्षीया अभिनेत्री डेनियलको वास्तविक नाम स्टेफनी क्लिफर्ड हो । उनी वयस्क फिल्म अभिनेत्री र निर्देशक हुन् जसको जन्म ब्याटन रुजमा भएको थियो । उनी वयस्क–फिल्म उद्योगमा प्रख्यात थिइन्, जहाँ उनले पुरस्कार समेत जितेकी थिइन् ।

जुड अपाटो निर्देशित ‘द फोर्टी इयर वर्ल्ड भर्जिन’सहित धेरै फिल्ममा उनले अभिनय समेत गरेकी छन् । उनले आफूलाई ट्विटरमा ‘असामान्य अन्वेषक-माध्यम’को रूपमा वर्णन गरेकी छिन् । घोडाप्रति उनको तीव्र लगाव छ ।

सन् २०१८ को आत्मसंस्मरण ‘फुल डिस्क्लोजर’मा उनले बुवाको अनुपस्थितिमा बाल्यकाल दुःखद भएको बताएकी छन् । नौ वर्षको उमेरमै यौन दुर्व्यवहारको डरलाग्दो घटनाको वर्णन समेत उनले गरेकी छन् ।

हाइ स्कुलमा अध्ययन गर्दा उनी पढाइमा उत्कृष्ट थिइन् । त्यसपछि उनले स्ट्रिपर र पछि एडल्ट फिल्म उद्योगमा काम गरिन् । यस्ता फिल्मको प्रदर्शन, लेखन र निर्देशनमा उनले व्यापक सफलता प्राप्त गरिन् । बाल्यकालीन दुर्व्यवहारले करिअर छनोटमा भूमिका नखेलेको उनको भनाइ छ र उद्योगमा प्राप्त सफलताप्रति उनी गर्व गर्छिन् ।

सन् २००९ मा डेनियलले लुइसियाना राज्यबाट अमेरिकी सिनेट सिटको लागि लड्ने विचार गरिन् । उनलाई त्यसबेला डीसी म्याडम पनि भनिन्थ्यो । अन्ततः उनी सिनेटको दौडमा उठिनन् । तर उनको अभियानले राष्ट्रिय मिडियाको ध्यान तान्यो ।

एकपटक पत्रकारसँगको कुराकानीमा उनले आफ्नो अभियानको नारा ‘मानिसलाई इमान्दारीपूर्वक प्रेरित गर्नु’ रहेको बताएकी थिइन् । अर्को एक अन्तर्वार्तामा उनले भनेकी छन्, ‘मलाई जे मन लाग्छ बोलाउनुहोस् तर तपाईंले मलाई कपटी भन्न सक्नुहुन्न ।’

सन् २००६ मा लेक टाहो रिसोर्टमा आयोजित सेलिब्रिटी गल्फ प्रतियोगितामा डोनाल्ड ट्रम्पसँग आफ्नो अफेयर रहेको दाबी गरेपछि सन् २०१८ मा डेनियल विश्वव्यापी नाम बनिन् । ट्रम्पले उक्त अफेयरलाई अस्वीकार गरेका छन् ।

डेनियलले पत्रकारलाई बताएअनुसार उनले ट्रम्पलाई गल्फ प्रतियोगितामा भेटिन् र सन् २००६ मा उनको होटल सुइटमा ट्रम्पलाई निम्तो समेत गरिएको थियो । सोही ठाउँमा आफूहरुले सहमतिमै यौन सम्बन्ध राखेको उनले बताएकी छन् । त्यतिबेला उनी २७ वर्षकी थिइन् र ट्रम्प ६० वर्षका थिए र मेलानियासँग विवाह गरिसकेका थिए ।

सन् २०२४ मा ह्वाइट हाउसमा फर्किने अभियानमा रहेका ट्रम्पले सम्बन्धलाई अस्वीकार गरेका छन् । डेनियलका आरोपहरू सन् २०१८ सम्म सार्वजनिक गरिएका थिएनन् र वाल स्ट्रीट जर्नलले रिपोर्ट गरेपछि व्यापक मिडियाको ध्यान प्राप्त भयो ।

ट्रम्पको लामो समयको व्यक्तिगत वकील माइकल कोहेनले २०१६ को राष्ट्रपति चुनाव अघि १ लाख ३० हजार डलर भुक्तानी गरेका थिए । सन् २०१८ मा सीबीएससँगको अन्तर्वार्तामा डेनियलले ट्रम्पसँगको सन् २००६ को भेटबारेमा विस्तृत कुरा गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
दुईजना व्यक्ति । एक अर्बपति र अर्का इन्जिनियर । दुवैले गत सेप्टेम्बर १२ मा एलन मस्कको कम्पनी स्पेस एक्सको पोलारिस डन अन्तरिक्ष मिशनमार्फत अन्तरिक्षमा हिंडेर (स्पेसवाक) गरेर कीर्तिमान कायम गरे । ड्रयागन क्याप्सुलबाट पृथ्वीभन्दा ७३७ किलोमिटर माथि अन्तरिक्षमा पुगेर उनीहरू बाहिर निस्किए र पृथ्वीलाई अभिवादन गरे । व्यवसायिक अन्तरिक्षयात्री बाहेकले स्पेसवाक गरेको यो नै पहिलो घटना ...
। अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ०.५० प्रतिशत विन्दुले ब्याजदर कटौती गरेको छ । फेडरल ओपन मार्केट कमिटी (एफओएमसी)ले हालको सन्दर्भ ब्याजदरमा ०.५० प्रतिशत कटौतीको निर्णय गरेको हो । कोभिड १९ सुरुवातपछि पहिलो पटक फेडले ब्याजदर कटौती गरेको हो । यो निर्णयपछि फेडरल ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्मको सीमामा झरेको छ । यसअघि यस्तो दर ५.२५ ...
महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले विज्ञान जगतमा जुन योगदान गरे त्यसका लागि संसार अहिलेपनि उनीप्रति कृतज्ञ छ। मानिसहरुले आइन्स्टाइनलाई केवल एक वैज्ञानिकका रुपमामात्र होइन मानवताका लागि उनले गरेको योगदानका लागि समेत चिन्दछ । त्यसैले यो कुरा निश्चित छ कि उनीसँग जोडिएका हरेक कुरा अमूल्य छन् । हालै भएको एउटा घटनाले अल्बर्ट आइन्स्टाइनसँग सम्बन्धित चिजहरू कति महत्वपूर्ण र ...
: अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको फेरि हत्या प्रयास भएको छ। आगामी नोभेम्बर ५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प भएको स्थानमा फेरि गोली चलेको हो। ट्रम्पलाई उनको फ्लोरिडा गोल्फ क्लबमा आइतबार दोस्रो पटक हत्याको प्रयास भएको सीएनएनले जनाएको छ। हत्याको प्रयास भएको बेला ट्रम्प त्यतिबेला गल्फ खेल्दै थिए। अमेरिकी अधिकारीहरूका अनुसार पूर्व राष्ट्रपति ...
स्पेस एक्सको पोलारिस डन मिसनले नयाँ कीर्तिमान बनाएको छ । यो मिसनमार्फत् इतिहासमै पहिलोपटक पृथ्वीभन्दा ७ सय ३७ किलोमिटर माथि दुईजना आम मानिस अर्थात् गैर व्यवसायिक अन्तरिक्षयात्रीले अन्तरिक्षमा हिडेर कीर्तिमान कायम गरेका छन् । निजी अन्तरिक्ष मिसनमा रहेका यात्रीहरुले स्पेसवाक गरेको यो पहिलो पटक हो । अमेरिकाको केन्नेडी स्पेस सेन्टरबाट मंगलबार प्रक्षेपण भएको स्पेस एक्सको उक्त ...