ट्रम्पसहित फौजदारी अभियोग खेप्ने विश्वका यी राष्ट्रप्रमुख
ट्रम्पसहित फौजदारी अभियोग खेप्ने विश्वका यी राष्ट्रप्रमुख

। अमेरिकामा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले फौजदारी अभियोग खेपिरहेका छन्। मंगलबार उनी अदालत समेत पुगेका थिए।

ट्रम्प अमेरिकाको इतिहासमा फौजदारी अभियोग खेप्ने पहिलो राष्ट्रपति बनेका छन्। पोर्न स्टार स्टोर्मी डेनिल्सलाई पैसा दिएर दबाबमा राखेको भन्दै उनले मुद्दा खेपेका हुन्।

अहिले ट्रम्पको फौजदारी मुद्दा चर्चामा रहेपनि उनीअघि विश्वका धेरै नेताले फौजदारी मुद्दा खेपेर सजाए पनि भोगेका छन्।

अर्जेन्टिनाकी उपराष्ट्रपति क्रिष्टिना फर्नान्डिजलाई फौजदारी अभियोगमा ६ वर्ष जेल सजाए तोकिएको थियो। सरकारी कागजात किर्तेको अभियोगमा उनलाई जीवनभर राजनीतिमा प्रतिबन्ध समेत लगाइएको थियो।

ब्राजिलका हालका राष्ट्रपति लुला दा सिल्भालाई पनि भ्रष्टाचार र अपचलन मुद्दामा जेल चलान गरिएको थियो।

सन् २००३ देखि सन् २०१० सम्म मुलुक हाँकेका उनीमाथि सन् २०१७ मा भ्रष्टाचार मुद्दा लागेको थियो। सन् २०२१ मा सिल्भाले सफाए पाएका थिए।

क्रोयसियाका पूर्वप्रधानमन्त्री इभो सान्दर पनि भ्रष्टाचार मुद्दामा जेल जानुपरेको थियो। उनलाई आठ वर्ष जेल सजाए सुनाइएको थियो। हाल उनी जेलमै छन्।

फ्रान्सका पूर्वराष्ट्रपति ज्याकस चिरक पनि भ्रष्टाचार मुद्दामा जेल चलान भएका थिए। पेरिसको मेयर हुँदा रकम हिनामिना गरेको अभियोगमा उनलाई जेल चलान गरिएको थियो।

सन् २०११ मा जेल चलान भएको उनको सन् २०१९ मा मृत्यु भएको थियो। फ्रान्सकै पूर्वराष्ट्रपति निकोलास सार्कोजीले पनि भ्रष्टाचार मुद्दा खेपेका थिए। उनलाई पनि तीन वर्षको जेल सजाए सुनाइएको थियो।

जर्मनीका पूर्व राष्ट्रपति क्रिष्टिन वुल्फलाई पनि पदीय आचरणविपरीत लाभ लिएको अभियोग लागेको थियो। सन् २०१३ मा उनले मुद्दा खेपेका थिए भने सन् २०१४ मा उनले मुद्दाबाट सफाए पाएका थिए।

सन् २०११ मा इजरायलका पूर्वराष्ट्रपति मोहे कातस्भलाई ७ वर्षको जेल सजाय सुनाइएको थियो। आफ्नी सहयोगीमाथि यौन हिंसा गरेको अभियोगमा उनलाई सजाय दिइएको हो। मोहे ५ वर्षभन्दा लामो समय राष्ट्रपतिका रूपमा रहेका थिए।

यस्तै, इजरायलकै पूर्वप्रधानमन्त्री इहुद ओलमर्टलाई पनि कर छलीको अभियोग लागेको थियो। गत वर्ष उनलाई जेल चलानको फैसला सुनाइयो। इजरायलका वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतान्याहुमाथि पनि भ्रष्टाचार अभियोग लागेको छ। उनलाई नीतिगत भ्रष्टाचार गरेको र अर्बपतिहरूबाट लाभ लिएको आरोप लागेको छ।

यस्तै इटालीको पूर्व प्रधानमन्त्री सिल्भियो बर्सकोनीलाई पनि नाबालिकामाथि यौन शोषणका साथै भ्रष्टाचार मुद्दा लागेको थियो। सन् १९९४ मा राजनीतिमा आएका उनीमाथि ३० भन्दा बढी फौजदारी अभियोग लागेका थिए।

सन् २०२१ देखि सन् २०२३ सम्म उनका भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदा उनले सफाए पाएका थिए।

यता, मलेसियाका पूर्व प्रधानमन्त्री मुइद्दिन यासिनमाथि पनि गत महिना पदीय दुरूपयोग र भ्रष्टाचार मुद्दा लागेको थियो। पदीय दुरूपयोग गर्दै कोभिडको समयमा ठेक्कामा प्रभाव पारेको अभियोग उनीमाथि छ।

मलेसियाकै पूर्व प्रधानमन्त्री नाजिब रजकमाथि पनि भ्रष्टाचार मुद्दा लागेको थियो। सन् २०२० मा उनीमाथिको अभियोग प्रमाणित भएको थियो। रजकले विकास बजेटको हिनामिना गरेको पाइएपछि उनलाई १२ वर्षको जेल सजाय तोकियो।

यस्तै दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति ज्याकोब जुमाले पनि भ्रष्टाचार मुद्दा खेपिरहेका छन्। सन् १९९९ मा मुद्रा अपचलन गरेको अभियोगमा हाल सुनुवाइ भइरहेको छ।

यता, दक्षिण कोरियाका पूर्व राष्ट्रपति ली मियुङ बाकलाई सन् २०२० मा घुस लिएको अभियोगमा १७ वर्षको जेल सजाय सुनाइएको थियो। उनलाई सन् २०२२ मा भने माफी दिइयो।

दक्षिण कोरियाकै पूर्वराष्ट्रपति पार्क युन ह्वेमाथि पनि घुसघोरीको अभियोग लागेको थियो। सन् २०१८ मा त्यस अभियोगमा उनलाई १५ वर्षको जेल सजाय सुनाइयो भने सन् २०२१ मा उनलाई माफी दिइएको थियो।

यता, पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खानमाथि पनि ८५ वटा मुद्दामा सुनुवाइ भइरहेको छ। खानमाथि धर्मको अपमान, आतंकवाद र भ्रष्टाचार सम्बन्धी ८५ वटा मुद्दा लागेको हो।

पोर्चुगलमा पूर्वप्रधानमन्त्री जोसे सोक्रेतमाथि पनि भ्रष्टाचारको मुद्दा लागेको छ। सन् २०२१ मा उनीमाथिका मुद्दा अपचलन र कर छलीका मुद्दामा कम सजाय तोकिएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
दुईजना व्यक्ति । एक अर्बपति र अर्का इन्जिनियर । दुवैले गत सेप्टेम्बर १२ मा एलन मस्कको कम्पनी स्पेस एक्सको पोलारिस डन अन्तरिक्ष मिशनमार्फत अन्तरिक्षमा हिंडेर (स्पेसवाक) गरेर कीर्तिमान कायम गरे । ड्रयागन क्याप्सुलबाट पृथ्वीभन्दा ७३७ किलोमिटर माथि अन्तरिक्षमा पुगेर उनीहरू बाहिर निस्किए र पृथ्वीलाई अभिवादन गरे । व्यवसायिक अन्तरिक्षयात्री बाहेकले स्पेसवाक गरेको यो नै पहिलो घटना ...
। अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ०.५० प्रतिशत विन्दुले ब्याजदर कटौती गरेको छ । फेडरल ओपन मार्केट कमिटी (एफओएमसी)ले हालको सन्दर्भ ब्याजदरमा ०.५० प्रतिशत कटौतीको निर्णय गरेको हो । कोभिड १९ सुरुवातपछि पहिलो पटक फेडले ब्याजदर कटौती गरेको हो । यो निर्णयपछि फेडरल ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्मको सीमामा झरेको छ । यसअघि यस्तो दर ५.२५ ...
महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले विज्ञान जगतमा जुन योगदान गरे त्यसका लागि संसार अहिलेपनि उनीप्रति कृतज्ञ छ। मानिसहरुले आइन्स्टाइनलाई केवल एक वैज्ञानिकका रुपमामात्र होइन मानवताका लागि उनले गरेको योगदानका लागि समेत चिन्दछ । त्यसैले यो कुरा निश्चित छ कि उनीसँग जोडिएका हरेक कुरा अमूल्य छन् । हालै भएको एउटा घटनाले अल्बर्ट आइन्स्टाइनसँग सम्बन्धित चिजहरू कति महत्वपूर्ण र ...
: अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको फेरि हत्या प्रयास भएको छ। आगामी नोभेम्बर ५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प भएको स्थानमा फेरि गोली चलेको हो। ट्रम्पलाई उनको फ्लोरिडा गोल्फ क्लबमा आइतबार दोस्रो पटक हत्याको प्रयास भएको सीएनएनले जनाएको छ। हत्याको प्रयास भएको बेला ट्रम्प त्यतिबेला गल्फ खेल्दै थिए। अमेरिकी अधिकारीहरूका अनुसार पूर्व राष्ट्रपति ...
स्पेस एक्सको पोलारिस डन मिसनले नयाँ कीर्तिमान बनाएको छ । यो मिसनमार्फत् इतिहासमै पहिलोपटक पृथ्वीभन्दा ७ सय ३७ किलोमिटर माथि दुईजना आम मानिस अर्थात् गैर व्यवसायिक अन्तरिक्षयात्रीले अन्तरिक्षमा हिडेर कीर्तिमान कायम गरेका छन् । निजी अन्तरिक्ष मिसनमा रहेका यात्रीहरुले स्पेसवाक गरेको यो पहिलो पटक हो । अमेरिकाको केन्नेडी स्पेस सेन्टरबाट मंगलबार प्रक्षेपण भएको स्पेस एक्सको उक्त ...