पहिलोपटक चन्द्रमा पुग्ने रेकर्ड बनाउँदैछिन् क्रिष्टिना
पहिलोपटक चन्द्रमा पुग्ने रेकर्ड बनाउँदैछिन् क्रिष्टिना

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमामा जानका लागि चार सदस्यीय टोली घोषणा गरेको छ। नासाले एक महिला, एक अश्वेत र एक क्यानेडियनलाई समावेश गरेर चार सदस्यीय टोली घोषणा गरेको हो।

१० दिने यात्रामा रेड वाइजम्यान, भिक्टर ग्लोभर, क्रिष्टिना कोच र जेमी हेसन सहभागी हुने नासाले जनाएको छ।

निल आम स्ट्रङ जुलाई २० १९६९ मा पहिलोपटक चन्द्रमामा पुगेका थिए। त्यसपछि यी चार जनाको टोली जान लागेको जोनसन स्पेस सेन्टरका निर्देशक भेनेसा यचले बताएकी छन् ।

‘५० वर्षपछि पहिलोपटक ‘आर्टेमिस टू’ का टोली चन्द्रमामा जान लागेका छन्,’ उनले भनिन्।

उनीहरू सन् २०२४ मा चन्द्रामामा जाने बताइएको छ। नासाको एपोलो कार्यक्रम अन्तर्गत सन् १९७२ मा अन्तरिक्ष यात्रीलाई चन्द्रमामा पुर्‍याइएको थियो। यो मिसन अन्तरिक्ष अन्वेषणका लागि निकै महत्वपूर्ण रहेको यच बताउँछन्। ‘यस मिसले अन्तरिक्ष अन्वेषणको सवालमा विस्तृत रूपमा मार्ग प्रशस्न गर्छ। वैज्ञानिक आविष्कारका सँगै व्यवसायिक, औद्योगिक र शैक्षिक साझेदारीका क्षेत्रमा यससले नयाँ अवसरहरू प्रदान गर्नेछ,’ यचले भनिन्।


बायाँबाट क्रमश: रेड वाइजम्यान, भिक्टर ग्लोभर, जेमी हनेसन र क्रिष्टिना कोच ।
अन्तरिक्षका सवालमा गहिरो ज्ञान राख्ने अमेरिकी तीन व्यक्ति यसमा सहभागी छन्। चन्द्रमामा टेक्ने पहिलो महिला हुन लागेकी कोच हवाइ इन्जिनियर हुन्। सबैभन्दा धेरै अन्तरिक्ष उडान भर्ने महिला इन्जिनियरमा उनको रेकर्ड छ।

अमेरिकाको सिनेटमा समेत प्रतिनिधित्व गरेका ग्लोभरले स्पेस एक्स क्रुमा सेकेन्ड कमाण्ड गरेका थिए। वाइजम्यान अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा इन्जिनियरका रूपमा काम गर्छन्।

तीन अमेरिकीसँग जान लागेका जेमी हसन भने क्यानेडियन हुन्। लडाकु विमानका पाइलट उनी क्यानेडियन आर्मीका पूर्वकर्णेल पनि हुन्।

यी चार जनाले २.२ मिलियन किलोमिटरको दूरी पार गर्ने बताइएको छ । यो मिसन सफल भएमा नासाले ‘आर्टेमिस थर्ड’मिसनको योजना बनाएको छ। त्यस मिसन अन्तर्गत चन्द्रमाको सतहमै अन्तरिक्ष यानलाई अवतरण गराउने रहेको छ।

यस मिसनमा रहेकाहरूले धेरैलाई प्रोत्साहन गर्ने नासाका प्रशासक बिल नेल्सनले बताएका छन्। ‘नासामा रहेर उत्कृष्टताको खोजी गर्नेहरूलाई यस मिसनमा सहभागी हुनेहरूले प्रोत्साहन गर्नेछन्,’ उनले भने।

फ्लोरिडामा रहेको केनेडी स्पेस सेन्टरबाट उनीहरूले उडान भर्नेछन्। आर्टिस मिसन अमेरिका, क्यानेडा र जापानका अन्तरिक्ष एजेन्सीहरूको साझा कार्यक्रम हो ।

गत नोभेम्बरमा उनीहरूले मानवरहित यान यस कार्यक्रमअन्तर्गत अन्तरिक्षमा पठाएका थिए। त्यस यान दुर्घटनामा परेपछि सबै त्रुटि सुधारेर ‘आर्टेमिस सेकेन्ड’ मिसन तयार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
दुईजना व्यक्ति । एक अर्बपति र अर्का इन्जिनियर । दुवैले गत सेप्टेम्बर १२ मा एलन मस्कको कम्पनी स्पेस एक्सको पोलारिस डन अन्तरिक्ष मिशनमार्फत अन्तरिक्षमा हिंडेर (स्पेसवाक) गरेर कीर्तिमान कायम गरे । ड्रयागन क्याप्सुलबाट पृथ्वीभन्दा ७३७ किलोमिटर माथि अन्तरिक्षमा पुगेर उनीहरू बाहिर निस्किए र पृथ्वीलाई अभिवादन गरे । व्यवसायिक अन्तरिक्षयात्री बाहेकले स्पेसवाक गरेको यो नै पहिलो घटना ...
। अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ०.५० प्रतिशत विन्दुले ब्याजदर कटौती गरेको छ । फेडरल ओपन मार्केट कमिटी (एफओएमसी)ले हालको सन्दर्भ ब्याजदरमा ०.५० प्रतिशत कटौतीको निर्णय गरेको हो । कोभिड १९ सुरुवातपछि पहिलो पटक फेडले ब्याजदर कटौती गरेको हो । यो निर्णयपछि फेडरल ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्मको सीमामा झरेको छ । यसअघि यस्तो दर ५.२५ ...
महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले विज्ञान जगतमा जुन योगदान गरे त्यसका लागि संसार अहिलेपनि उनीप्रति कृतज्ञ छ। मानिसहरुले आइन्स्टाइनलाई केवल एक वैज्ञानिकका रुपमामात्र होइन मानवताका लागि उनले गरेको योगदानका लागि समेत चिन्दछ । त्यसैले यो कुरा निश्चित छ कि उनीसँग जोडिएका हरेक कुरा अमूल्य छन् । हालै भएको एउटा घटनाले अल्बर्ट आइन्स्टाइनसँग सम्बन्धित चिजहरू कति महत्वपूर्ण र ...
: अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको फेरि हत्या प्रयास भएको छ। आगामी नोभेम्बर ५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प भएको स्थानमा फेरि गोली चलेको हो। ट्रम्पलाई उनको फ्लोरिडा गोल्फ क्लबमा आइतबार दोस्रो पटक हत्याको प्रयास भएको सीएनएनले जनाएको छ। हत्याको प्रयास भएको बेला ट्रम्प त्यतिबेला गल्फ खेल्दै थिए। अमेरिकी अधिकारीहरूका अनुसार पूर्व राष्ट्रपति ...
स्पेस एक्सको पोलारिस डन मिसनले नयाँ कीर्तिमान बनाएको छ । यो मिसनमार्फत् इतिहासमै पहिलोपटक पृथ्वीभन्दा ७ सय ३७ किलोमिटर माथि दुईजना आम मानिस अर्थात् गैर व्यवसायिक अन्तरिक्षयात्रीले अन्तरिक्षमा हिडेर कीर्तिमान कायम गरेका छन् । निजी अन्तरिक्ष मिसनमा रहेका यात्रीहरुले स्पेसवाक गरेको यो पहिलो पटक हो । अमेरिकाको केन्नेडी स्पेस सेन्टरबाट मंगलबार प्रक्षेपण भएको स्पेस एक्सको उक्त ...