रुसले पायो संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको अध्यक्ष, युक्रेनको आलोचना
रुसले पायो संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको अध्यक्ष, युक्रेनको आलोचना

। रुसले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको अध्यक्षता गर्ने मौका पाएको छ । एक वर्षभन्दा बढी समयदेखि जारी युक्रेनसँगको लडाइँ रोक्न ठूला शक्ति राष्ट्रबाट दबाव खेपिरहेको रुसले सुरक्षा परिषदको अध्यक्षतालाई कसरी उपयोग गर्छ भन्ने चासो छ ।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा १५ सदस्य राष्ट्र छन् । उनीहरुले एक–एक महिना पालैपालो अध्यक्षता गर्न पाउँछन् । रुसले गत वर्ष फेब्रुअरीमा पनि अध्यक्षता गर्ने मौका पाएको थियो । अहिले फेरि १ अप्रिलदेखि रुसले अध्यक्षता सम्हालेको छ ।

रुसले युक्रेन युद्धमा आफूलाई फाइदा हुने गरी र आफूलाई अन्तर्राष्ट्रिय मञ्चमा ज्यादा मजबुत ढंगले प्रस्तुत गर्ने गरी अध्यक्ष पदलाई उपयोग गर्छ कि भन्ने आशंका अन्तर्राष्ट्रियस्तरमा रहेको बीबीसीले जनाएको छ ।

सयुक्त राष्ट्रसंघका लागि रुसी राजदूत वेसिली नेभेन्जियाले रुसको सरकारी समाचार एजेन्सी ताससँग कुरा गर्दै सुरक्षा परिषदको अध्यक्षता ग्रहण पछि रुसले धेरै मुद्दाहरुमा बहस गराउने योजना बनाएको बताएका छन् । त्यो योजनामा हतियार नियन्त्रणका विषय पनि छन् । उनले नयाँ विश्व व्यवस्थाबारे पनि बहस गरिने बताएका छन् जसले हालको एक ध्रुवीय व्यवस्थामा परिवर्तन ल्याउने विश्वास छ ।

युक्रेनको आलोचना

युद्ध अपराधको आरोपमा गत महिना इन्टरनेश्नल क्रिमिनल कोर्ट (अन्तर्राष्ट्रिय फौजदारी अदालत)ले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध गिरफ्तारीको वारेन्ट जारी गरेको थियो । अहिले उनैले सुरक्षा परिषदको अध्यक्षताको जिम्मेवारी पाएपछि आलोचना भइरहेको छ ।

रुसले अप्रिल १ देखि संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको अध्यक्षता ग्रहण गरेपछि युक्रेनले कडा शब्दमा आलोचना गरेको छ । युक्रेनका विदेशमन्त्री दमित्रो कुलेबाले अप्रिल फूलको दिन गरिएको हालसम्मकै खराब मजाक भनेर टिप्पणी गरेका छन् । उनले यसलाई अन्तर्राष्ट्रिय समुदायको अनुहारमा झापड हानेको पनि भनेका छन् ।

यसैगरी युक्रेनी राष्ट्रपतिका सल्लाहकार मिखाइलो पोडोल्याकले अन्तर्राष्ट्रिय कानुनमा एक अर्को बलात्कार भनेर आलोचना गरेका छन् ।

रुसबारे कडा टिप्पणी गर्दै उनले अरु देशमा आक्रामक युद्ध गर्ने, मानवीय कानुनको उल्लंघन गर्ने, संयुक्त राष्ट्रसंघको मूल्य मान्यतालाई नमान्ने देशले संयुक्त राष्ट्रसंघ जस्तो संस्थाको सुरक्षा परिषदको अध्यक्षता गर्न नसक्ने बताएका छन् ।

रुस सुरक्षा परिषदका पाँच स्थायी सदस्यमध्ये एक हो । सुरक्षा परिषदका स्थायी सदस्यमा रुससँगै अमेरिका, चीन, फ्रान्स र बेलायत छन् ।

स्थायी सदस्यसँग भिटो पावर प्रयोग गर्ने अधिकार रहन्छ । गत वर्ष संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद बैठकमा रुसले युक्रेनमा गरेको आक्रमणको निन्दा गर्ने प्रस्ताव रुसले भिटो पावर प्रयोग गरेर रोकिदिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
दुईजना व्यक्ति । एक अर्बपति र अर्का इन्जिनियर । दुवैले गत सेप्टेम्बर १२ मा एलन मस्कको कम्पनी स्पेस एक्सको पोलारिस डन अन्तरिक्ष मिशनमार्फत अन्तरिक्षमा हिंडेर (स्पेसवाक) गरेर कीर्तिमान कायम गरे । ड्रयागन क्याप्सुलबाट पृथ्वीभन्दा ७३७ किलोमिटर माथि अन्तरिक्षमा पुगेर उनीहरू बाहिर निस्किए र पृथ्वीलाई अभिवादन गरे । व्यवसायिक अन्तरिक्षयात्री बाहेकले स्पेसवाक गरेको यो नै पहिलो घटना ...
। अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ०.५० प्रतिशत विन्दुले ब्याजदर कटौती गरेको छ । फेडरल ओपन मार्केट कमिटी (एफओएमसी)ले हालको सन्दर्भ ब्याजदरमा ०.५० प्रतिशत कटौतीको निर्णय गरेको हो । कोभिड १९ सुरुवातपछि पहिलो पटक फेडले ब्याजदर कटौती गरेको हो । यो निर्णयपछि फेडरल ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्मको सीमामा झरेको छ । यसअघि यस्तो दर ५.२५ ...
महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले विज्ञान जगतमा जुन योगदान गरे त्यसका लागि संसार अहिलेपनि उनीप्रति कृतज्ञ छ। मानिसहरुले आइन्स्टाइनलाई केवल एक वैज्ञानिकका रुपमामात्र होइन मानवताका लागि उनले गरेको योगदानका लागि समेत चिन्दछ । त्यसैले यो कुरा निश्चित छ कि उनीसँग जोडिएका हरेक कुरा अमूल्य छन् । हालै भएको एउटा घटनाले अल्बर्ट आइन्स्टाइनसँग सम्बन्धित चिजहरू कति महत्वपूर्ण र ...
: अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको फेरि हत्या प्रयास भएको छ। आगामी नोभेम्बर ५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प भएको स्थानमा फेरि गोली चलेको हो। ट्रम्पलाई उनको फ्लोरिडा गोल्फ क्लबमा आइतबार दोस्रो पटक हत्याको प्रयास भएको सीएनएनले जनाएको छ। हत्याको प्रयास भएको बेला ट्रम्प त्यतिबेला गल्फ खेल्दै थिए। अमेरिकी अधिकारीहरूका अनुसार पूर्व राष्ट्रपति ...
स्पेस एक्सको पोलारिस डन मिसनले नयाँ कीर्तिमान बनाएको छ । यो मिसनमार्फत् इतिहासमै पहिलोपटक पृथ्वीभन्दा ७ सय ३७ किलोमिटर माथि दुईजना आम मानिस अर्थात् गैर व्यवसायिक अन्तरिक्षयात्रीले अन्तरिक्षमा हिडेर कीर्तिमान कायम गरेका छन् । निजी अन्तरिक्ष मिसनमा रहेका यात्रीहरुले स्पेसवाक गरेको यो पहिलो पटक हो । अमेरिकाको केन्नेडी स्पेस सेन्टरबाट मंगलबार प्रक्षेपण भएको स्पेस एक्सको उक्त ...