मछिन्द्रले हार टार्‍यो
मछिन्द्रले हार टार्‍यो

काठमाडौँ — डिफेन्डिङ च्याम्पियन मछिन्द्र क्लबले ‘भुटानी रोनाल्डो’ को रूपमा ख्याति कमाएका चेन्चो ग्याल्सेनको डेब्युमा बिहीबार हिमालयन शेर्पा क्लबलाई १–१ मा रोक्दै अंक जोडेको छ । विमल घर्तीमगरले इन्ज्युरी समयको अन्त्यतिर गोल गरेपछि मछिन्द्रले अंक लिएको हो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा ६ मिनेट थपिएको इन्ज्यरी समयको चौथो मिनेटमा विमलले सहज गोल गर्दै मछिन्द्रको हार टारे । छिरिङ गुरुङले पेनाल्टी क्षेत्रमा दिएको बललाई हिमालयन शेर्पाका गोलकिपर किशोर गिरी र डिफेन्डरले समन्वय अभावमा क्लियर गर्न सकेनन् र त्यसैमा पाएको अवसरलाई विमलले पोस्टको दिशा दिँदै सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७९–८० मा पहिलो गोल गरेका हुन् ।

यसअघि सत्यम् शर्माको पेनाल्टी गोलमा ८६ औं मिनेटमा अग्रता लिएको हिमालयन शेर्पा जितनजिक पुगेको थियो । निशान लिम्बूको प्रहारमा मछिन्द्रका डिफेन्डर छिरिङले बल हातले छोएपछि हिमालयनले पेनाल्टीको अवसर पायो, जसमा गोलकिपर विशाल श्रेष्ठलाई अर्कोतिर डाइभ गर्न लगाउँदै सत्यम्ले गोल गरे । दुई मिनेट नबित्दै मछिन्द्रले बराबरी गर्ने अवसर पायो । तर, विजय भुजेलले ‘वान भर्सेस वान’ मा गोलकिपर किशोरलाई उछिन्दै पेनाल्टी क्षेत्रमा लगेको बल पोस्टमा प्रहार गरे पनि डिफेन्डर सन्जित राईले रोकिदिए । इन्ज्युरी समयको तेस्रोमा मिनेटमा सुरेश कुमालको क्रसमा पोस्टनजिक पुगेका सुशील राईले गोल गरेको भए हिमालयन शेर्पाले दोस्रो जित निकाल्न सक्थ्यो । तर, उनले बल राम्रोसँग प्रहार गर्न सकेनन् र पोस्टबाहिर गयो । त्यसपछि विमलले गोल गर्दै मछिन्द्रलाई अंक दिलाए ।

‘समग्रमा खेलाडीहरूले मिहिनेत गरेर खेलेको हो, राम्रो भयो,’ छैटौं चरणसम्म एक जित, तीन बराबरी र दुई हारमा सीमित मछिन्द्रका सहायक प्रशिक्षक सन्तोष न्यौपानेले भने, ‘दुई–तीन जना मुख्य खेलाडी इन्ज्युरीबाट रिकोभरी नहुँदा फिनिसिङमा समस्या भइरहेको छ ।’ चेन्चोको डेब्युबारे बोले, ‘उनले खेल्ने र हाम्रा खेलाडीले खेल्ने अलि फरक छ । उनलाई टिममा भिज्न केही समय लाग्छ ।’ मैदानमा छरिता देखिएका चेन्चोले केही राम्रा ‘मुभ’ बनाए । मछिन्द्रले जस्तै एक जित पाएको हिमालयन शेर्पाको पनि ६ अंकमात्रै छ । ‘हाम्रो दुर्भाग्य,’ शेर्पाका प्रशिक्षक सुमन श्रेष्ठले भने, ‘तीन अंकलाई खेलेको हो । योजनाअनुसार रणनीति सफल हुन लागेको थियो । अन्त्यमा ४–३–३ को संरचनामा एउटा मिडफिल्डर निकाल्दा गोल खान पुग्यो ।’

थ्रीस्टारको तेस्रो जित

अजयी मार्टिन्सले १७ औं मिनेटमा गोल गरेपछि थ्रीस्टारले च्यासल रंगशालामा आर्मीलाई १–० ले पन्छाउँदै तेस्रो जित दर्ता गरेको छ । उनले कप्तान विक्रम लामाले दिएको बल आकर्षक गोलमा परिणत गर्दै थ्रीस्टारलाई सफलता दिलाएका हुन् । उनले लिगमा चौथो गोल पूरा गरे । दोस्रो हार बेहोरेको आर्मीसँग ८ अंक र थ्रीस्टारसँग १० अंक छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...
। संकटा क्लबमाथि ३–० को जित निकाल्दै एपीएफ क्लबले महिला लिगमा छैटौं खेलसम्म अपराजित यात्रा कायम राखेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफलाई जिताउन सरु लिम्बू, अनिता केसी र सविता रानामगरले गोल गरे । खेलको १३ औं मिनेटमा रश्मीकुमारी घिसिङको उत्कृष्ट कट ब्याकलाई सरुले वान टचमै पोस्टको दिशा दिएर टिमलाई अग्रता दिलाइन् । एक मिनेट ...
– गुलशन झाले पाँच विकेट लिनुको साथै आक्रामक अर्धशतक प्रहार गर्दै सानदार अलराउण्ड प्रदर्शन गरेपनि नेपाल आईसीसी विश्वकप लिग२ मा ओमानसँग १ विकेटले पराजित भएको छ । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । ओमानलाई अन्तिम ६ बलमा जितको लागि ८ रन चाहिँएको थियो । सोमपालको पहिलो बलमा कलिमुल्लाहले एक ...
– नेपालका युवा अलराउण्डर गुलशन झाले आईसीसी विश्वकप लिग-२ मा ओमानसँग हारका बाबजुद प्लेयर अफ द म्याच अवार्ड पाएका छन् । नेपाल १ विकेटले पराजित भएपनि आक्रामक अर्धशतक प्रहार गरेका गुलशनले ५ विकेट लिदै खेललाई रोमान्चक बनाएका थिए । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । गुलशनले १० ओभरमा २ ...