विश्वका सर्वाधिक धनाढ्य
विश्वका सर्वाधिक धनाढ्य

लक्जरी सामानहरूको विशाल कम्पनी एलभीएमएचका प्रमुख बर्नार्ड अर्नाल्ट विश्वको सर्वाधिक धनाढ्य व्यक्ति बनेका छन्। विश्वका अन्य कुनै पनि अर्बपतिभन्दा यस वर्ष ५३ बिलियन डलर बढी कमाएर उनी धनाढ्यको सूचीमा पहिलो स्थानमा परेका हुन्।


यस वर्ष सबैभन्दा धेरै सम्पत्ति गुमाउने व्यक्ति इलन मस्क हुन्। उनले ट्विटर खरिद गरेपछि विश्वको सबैभन्दा धनाढ्य व्यक्तिको उपाधि गुमाउँदै गुमाएका छन्। गत वर्षभन्दा ३९ अर्ब डलर सम्पत्ति गुमाएर मस्क अहिले विश्वको दोस्रो धनाढ्यमा परेका छन्।

विश्वका सर्वाधिक २५ धनाढ्य व्यक्तिहरूको सामूहिक सम्पत्ति २.१ ट्रिलियन डलर छ। फोब्र्सले मंगलबार जारी गरेको विश्वका अर्बपतिहरूको सूचीअनुसार संसारका २५ सर्वाधिक धनाढ्यको सामूहिक सम्पत्ति सन् २०२२ को २.३ ट्रिलियन डलरको तुलनामा हाल दुई सय बिलियन डलर घटेकोे छ।

शीर्ष २५ धनाढ्यमध्येका दुई तिहाइ गत वर्षको तुलनामा झन् गरिब भएका छन्। अमेजनको सेयर ३८ प्रतिशतले क्र्यास हुँदा जेफ बेजोसले सबैभन्दा बढी सम्पत्ति गुमाए। यस गिरावटले बेजोसको ५७ बिलियन डलर सम्पत्ति घटायो। यसै कारण गत वर्ष विश्वका सर्वाधिक दोस्रो धनी रहेका बेजोस यस वर्ष तेस्रो नम्बरमा झरेका छन्।

दुई जनाले भने शीर्ष २५ स्थानबाट आफूलाई अझै तल झारेका छन्। टिक टोक–प्यारेन्ट बाइटडान्सको स्थापना गर्ने झाङ यिमिङ एक स्थान झरेर २५ बाट २६ स्थानमा पुगेका छन्। त्यसैगरी बाइन्यान्सका संस्थापक चाङपेङ झाव १९ औं स्थानबाट झरेर १६७ औं स्थानमा पुगेका छन्। शीर्ष २५ का अन्य आठ सदस्यहरू पनि अघिल्लो वर्षको तुलनामा यस वर्ष अझै धनी भएका छन्।

विश्वका उत्कृष्ट १० धनाढ्यहरू :

बर्नार्ड अर्नाल्ट र परिवार : ७४ वर्षीय अर्नाल्टको कुल सम्पत्ति २११ बिलियन डलर छ। उनको स्वामित्वमा लुइस भुइट्टन, क्रिश्चियन डियोर र टिफ्फनी एन्ड कम्पनीलगायत छन्। विगत एक वर्षमा उनले आफ्नो सम्पत्तिमा ५३ बिलियन डलर थप्न सफल भए।

एलोन मस्क : टेस्ला, स्पेसएक्सलगायतका कम्पनीका सञ्चालक मस्कको कुल सम्पत्ति १८० बिलियन डलर छ। गत अप्रिलमा उनले ट्विटरको ४४ बिलियन डलरको टेकओभरको घोषणा गरेदेखि टेस्लाको स्टक झन्डै ५० प्रतिशतले तल झरेको थियो। मस्कको सम्पत्ति अघिल्लो यधनाढ्यको सूचीमा पहिलो स्थानमा परेका हुन्। वर्षको भन्दा ३९ बिलियन डलर घटेको छ।

जेफ बेजोस : विश्वको तेस्रो धनी बेजोसको कुल सम्पत्ति ११४ बिलियन डलर छ। सन् २०२१ मा अमेजनको सीईओ पद छाडेपछि बेजोस आफ्नो कम्पनी ब्लु ओरिजिनमार्फत अन्तरिक्षमा उडेका थिए। उनले बेजोस अर्थ फन्डमार्फत परोपकारी कार्यलाई अगाडि बढाएका छन्। गत वर्षको तुलनामा उनको सम्पत्ति ५७ बिलियन डलर घटेको छ।

ल्यारी एलिसन : उनको कुल सम्पत्ति १०७ बिलियन डलर छ। ७८ वर्षीय यी अमेरिकी नागरिकको सम्पत्तिको स्रोत उनको कम्पनी ओरेकल हो। प्रविधिका लागि कठिन वर्ष हुँदाहुँदै पनि आरेकलका अध्यक्ष एवं पूर्वसीईओ एलिसनको कम्पनीको सेयरको आम्दानीमा १० प्रतिशत बढेको छ। उनले फ्लोरिडाको सबैभन्दा महँगो घरहरूमध्येको एक घर १७३ मिलियन डलरमा किनेका थिए। उनले चार वर्षपछि गत अगस्टमा टेस्लाको बोर्डबाट राजीनामा दिएका थिए।

वारेन बफेट : ९२ वर्षीय यी अमेरिकी नागरिकको कुल सम्पत्ति १०६ बिलियन डलर छ। उनको मुख्य आयस्रोत बर्कसायर हाथावे हो।
बिल गेट्स : बिल गेट्सको कुल सम्पत्ति १०४ बिलियन डलर छ। माइक्रोसफ्ट कम्पनीका संस्थापक गेट्स ६७ वर्षका भए। गेट्सले सन् २०२० मा माइक्रोसफ्टको बोर्डबाट राजीनामा दिएका थिए।

मिचेल ब्लुमबर्ग : ८१ वर्षीय मिचेल ब्लुमबर्गको कुल सम्पत्ति ९४.५ बिलियन डलर छ। गत वर्ष परोपकारी कार्यमा उनले थप १.७ बिलियन डलर दान गरे पनि ब्लुमबर्ग एलपीका सहसंस्थापक ब्लुमबर्गको भाग्य अझै चम्केको छ। उनको व्यवसायको अनुमानित राजस्व सन् २०२२ मा १३.३ बिलियन डलर पुगेको थियो।

कार्लोस स्लिम हेलु एन्ड फेमिली : ८३ वर्षीय उनको कुल सम्पत्ति ९३ बिलियन डलर छ। उनको सम्पत्तिको स्रोत टेलिकम हो।

मुकेश अम्बानी : गौतम अडानी धनाढ्यको सूचीमा २४ औं स्थानमा झरेपछि ६५ वर्षीय भारतीय नागरिक मुकेश अम्बानी विश्वको धनाढ्यको सूचीमा नवौं स्थानमा पुगेका छन्। उनको कुल सम्पत्ति ८३.४ बिलियन डलर छ। अम्बानीको रिलायन्स इन्डस्ट्रिज एक सय बिलियन डलर राजस्व पार गर्ने पहिलो भारतीय कम्पनी बनेको छ।

स्टिभ बाल्मर : ६७ वर्षीय स्टिभ बाल्मरको कुल सम्पत्ति ८०.७ बिलियन डलर छ। माइक्रोसफ्टको सेयरमा गिरावट आएका कारण कम्पनीका पूर्वसीईओ बाल्मरको सम्पत्ति गत वर्ष १० बिलियन डलर घटेको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
दुईजना व्यक्ति । एक अर्बपति र अर्का इन्जिनियर । दुवैले गत सेप्टेम्बर १२ मा एलन मस्कको कम्पनी स्पेस एक्सको पोलारिस डन अन्तरिक्ष मिशनमार्फत अन्तरिक्षमा हिंडेर (स्पेसवाक) गरेर कीर्तिमान कायम गरे । ड्रयागन क्याप्सुलबाट पृथ्वीभन्दा ७३७ किलोमिटर माथि अन्तरिक्षमा पुगेर उनीहरू बाहिर निस्किए र पृथ्वीलाई अभिवादन गरे । व्यवसायिक अन्तरिक्षयात्री बाहेकले स्पेसवाक गरेको यो नै पहिलो घटना ...
। अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ०.५० प्रतिशत विन्दुले ब्याजदर कटौती गरेको छ । फेडरल ओपन मार्केट कमिटी (एफओएमसी)ले हालको सन्दर्भ ब्याजदरमा ०.५० प्रतिशत कटौतीको निर्णय गरेको हो । कोभिड १९ सुरुवातपछि पहिलो पटक फेडले ब्याजदर कटौती गरेको हो । यो निर्णयपछि फेडरल ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्मको सीमामा झरेको छ । यसअघि यस्तो दर ५.२५ ...
महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले विज्ञान जगतमा जुन योगदान गरे त्यसका लागि संसार अहिलेपनि उनीप्रति कृतज्ञ छ। मानिसहरुले आइन्स्टाइनलाई केवल एक वैज्ञानिकका रुपमामात्र होइन मानवताका लागि उनले गरेको योगदानका लागि समेत चिन्दछ । त्यसैले यो कुरा निश्चित छ कि उनीसँग जोडिएका हरेक कुरा अमूल्य छन् । हालै भएको एउटा घटनाले अल्बर्ट आइन्स्टाइनसँग सम्बन्धित चिजहरू कति महत्वपूर्ण र ...
: अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको फेरि हत्या प्रयास भएको छ। आगामी नोभेम्बर ५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प भएको स्थानमा फेरि गोली चलेको हो। ट्रम्पलाई उनको फ्लोरिडा गोल्फ क्लबमा आइतबार दोस्रो पटक हत्याको प्रयास भएको सीएनएनले जनाएको छ। हत्याको प्रयास भएको बेला ट्रम्प त्यतिबेला गल्फ खेल्दै थिए। अमेरिकी अधिकारीहरूका अनुसार पूर्व राष्ट्रपति ...
स्पेस एक्सको पोलारिस डन मिसनले नयाँ कीर्तिमान बनाएको छ । यो मिसनमार्फत् इतिहासमै पहिलोपटक पृथ्वीभन्दा ७ सय ३७ किलोमिटर माथि दुईजना आम मानिस अर्थात् गैर व्यवसायिक अन्तरिक्षयात्रीले अन्तरिक्षमा हिडेर कीर्तिमान कायम गरेका छन् । निजी अन्तरिक्ष मिसनमा रहेका यात्रीहरुले स्पेसवाक गरेको यो पहिलो पटक हो । अमेरिकाको केन्नेडी स्पेस सेन्टरबाट मंगलबार प्रक्षेपण भएको स्पेस एक्सको उक्त ...