जोन सीनासँग फिल्म खेल्दै प्रियंका चोपडा, अमेजनको नयाँ फिल्म घोषणा
जोन सीनासँग फिल्म खेल्दै प्रियंका चोपडा, अमेजनको नयाँ फिल्म घोषणा

। जासूस शृंखला ‘सिटाडेल’को विश्वव्यापी रिलिजअघि अभिनेत्री प्रियंका चोपडा र अमेजन स्टुडियोबीच पुनः सहकार्य पक्का भएको छ । यसपटक प्रियंकाले अमेजनको आगामी फिल्म ‘हेड्स अफ स्टेट’मा जोन सीना र इड्रिस एल्बासँग काम गर्दैछिन् । छायांकन मे महिनादेखि सुरु हुनेछ ।

‘नोबडी’ फिल्म निर्माता इल्या नाइशुलरले जोश एपेलबम र एन्ड्रे नेमेकद्वारा लिखित फिल्मलाई निर्देशन गर्दैछन् । फिल्मको कथावस्तुबारे खुलाइएको छैन यद्यपी यसलाई ‘एयरफोर्स वान’ र ‘मिडनाइट रन’जस्ता श्रृंखलाबाट प्रभावित हुनसक्ने बताइएको छ । निर्माताहरू सफारान कम्पनीका पिटर सफ्रान र जोन रिकार्ड हुन्।

पछिल्लो समय प्रियंका हलिउडमा समेत ब्यस्त बनिरहेकी छन् । कलाकार र निर्मात्रीको रुपमा उनले ६० भन्दा बढी अन्तर्राष्ट्रिय र हलिउड फिल्ममा काम गरेकी छन् । फेब्रअरी २०२१ मा उनी आफ्नो संस्मरण ‘अनफिनिश्ड’को साथ न्यूयोर्क टाइम्सको बेस्टसेलिङ लेखिका बनिन् । उनी रिचर्ड म्याडेनसँग प्राइम भिडियोको ‘सिटाडेल’मा अभिनय गर्दैछिन्, जुन अप्रिल २८ मा स्ट्रिमिङ सुरु हुँदैछ ।

सोनीको आगामी फिल्म ‘लभ अगेन’मा उनी देखिँदैछिन् । प्रियंकाले हालसालै ओस्कार मनोनित नेटफ्ल्क्सि फिल्म ‘द ह्वाइट टाइगर’मा अभिनय गरिन् जसको निर्माण पनि उनले गरेकी हुन् । उनको फिल्म ब्यानर पर्पल पेबल पिक्चर्सले हालै अमेजन स्टुडियोसँग फिल्म र टिभी सम्झौता गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...
। संकटा क्लबमाथि ३–० को जित निकाल्दै एपीएफ क्लबले महिला लिगमा छैटौं खेलसम्म अपराजित यात्रा कायम राखेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफलाई जिताउन सरु लिम्बू, अनिता केसी र सविता रानामगरले गोल गरे । खेलको १३ औं मिनेटमा रश्मीकुमारी घिसिङको उत्कृष्ट कट ब्याकलाई सरुले वान टचमै पोस्टको दिशा दिएर टिमलाई अग्रता दिलाइन् । एक मिनेट ...
– गुलशन झाले पाँच विकेट लिनुको साथै आक्रामक अर्धशतक प्रहार गर्दै सानदार अलराउण्ड प्रदर्शन गरेपनि नेपाल आईसीसी विश्वकप लिग२ मा ओमानसँग १ विकेटले पराजित भएको छ । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । ओमानलाई अन्तिम ६ बलमा जितको लागि ८ रन चाहिँएको थियो । सोमपालको पहिलो बलमा कलिमुल्लाहले एक ...
– नेपालका युवा अलराउण्डर गुलशन झाले आईसीसी विश्वकप लिग-२ मा ओमानसँग हारका बाबजुद प्लेयर अफ द म्याच अवार्ड पाएका छन् । नेपाल १ विकेटले पराजित भएपनि आक्रामक अर्धशतक प्रहार गरेका गुलशनले ५ विकेट लिदै खेललाई रोमान्चक बनाएका थिए । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । गुलशनले १० ओभरमा २ ...