मनाङ र थ्री स्टारको रोमाञ्चक बराबरी
मनाङ र थ्री स्टारको रोमाञ्चक बराबरी

काठमाडौं : कोफी कौडोले ८४औं मिनेटमा बराबरी गोल गरेसँगै मनाङ मर्स्याङ्दी क्लबले सहिद स्मारक लिगमा सोमबार थ्री स्टार क्लबविरुद्धको हार टारेको छ।


त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सन्तोष साहुखलले ७८औं मिनेटमा गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाएका थिए। कौडोले दिएको ब्याक पासमा थ्री स्टारका लाकेन लिम्बुले खोसेपछि १८ यार्ड बक्स भित्र अन्मार्क्ड सन्तोषको खुट्टामा बल पुगेको थियो। सन्तोषले सोही बलमा उत्कृष्ट प्रहार गर्दै फार कर्नरमा फिनिस गरे।

तर, त्यसको ६ मिनेट नबित्दै विशोन गुरुङले दायाँतर्फबाट दिएको पासमा कौडोले हेडरमार्फत बराबरी गोल फर्काए। उनले बराबरी गोल फर्काएसँगै मनाङले जारी सिजन लिगमा अपराजित यात्रा कायमै राखेको छ।

त्यसअघि दिपेश गुरुङले १२औं मिनेटमा दिपेश गुरुङको क्रसमा पेनाल्टी एरिया भित्रबाट सन्तोषले गरेका प्रहार मनाङका गोलकिपर दीप कार्कीले रोकेका थिए।

यस्तै, ३९औं मिनेटमा मनाङका कौडोले प्रहार गरेको फ्रि–किक क्रसबार माथिबाट बाहिरिएको थियो। ​​​​​​​बराबरीसँगै मनाङ ६ खेलबाट १५ अंक जोडेर लिग तालिकाको शीर्ष स्थानमा छ। समान खेलबाट ११ अंक जोडेको थ्री स्टार पाँचौं स्थानमा छ।

आजै भएको खेलमा चर्च ब्वाइज युनाइटेड र एपीएफ क्लबले गोलविहीन बराबरी खेलेका थिए। यस्तै, एन्फा कम्प्लेक्समा भएको खेलमा नेपाल पुलिस क्लबले फ्रेन्ड्स क्लबलाई ३–१ गोलको नतिजामा पराजित गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...
। संकटा क्लबमाथि ३–० को जित निकाल्दै एपीएफ क्लबले महिला लिगमा छैटौं खेलसम्म अपराजित यात्रा कायम राखेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफलाई जिताउन सरु लिम्बू, अनिता केसी र सविता रानामगरले गोल गरे । खेलको १३ औं मिनेटमा रश्मीकुमारी घिसिङको उत्कृष्ट कट ब्याकलाई सरुले वान टचमै पोस्टको दिशा दिएर टिमलाई अग्रता दिलाइन् । एक मिनेट ...
– गुलशन झाले पाँच विकेट लिनुको साथै आक्रामक अर्धशतक प्रहार गर्दै सानदार अलराउण्ड प्रदर्शन गरेपनि नेपाल आईसीसी विश्वकप लिग२ मा ओमानसँग १ विकेटले पराजित भएको छ । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । ओमानलाई अन्तिम ६ बलमा जितको लागि ८ रन चाहिँएको थियो । सोमपालको पहिलो बलमा कलिमुल्लाहले एक ...
– नेपालका युवा अलराउण्डर गुलशन झाले आईसीसी विश्वकप लिग-२ मा ओमानसँग हारका बाबजुद प्लेयर अफ द म्याच अवार्ड पाएका छन् । नेपाल १ विकेटले पराजित भएपनि आक्रामक अर्धशतक प्रहार गरेका गुलशनले ५ विकेट लिदै खेललाई रोमान्चक बनाएका थिए । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । गुलशनले १० ओभरमा २ ...