हुथी विद्रोहीसँग वार्ता गर्न साउदी टोली यमनमा
हुथी विद्रोहीसँग वार्ता गर्न साउदी टोली यमनमा

साना (सिन्ह्वा) : इरानसमर्थित हुथी लडाकू समूहसँग युद्धविराम वार्ता गर्न साउदी अरबको एक प्रतिनिधिमण्डल यमनको राजधानीमा शनिबार साँझ आइपुगेको हुथीद्वारा सञ्चालित अल–मसिराह टीभीले आइतबार जनाएको छ।


युद्धविराम सम्झौता नवीकरण गर्ने विषयमा छलफल गर्न साउदी प्रतिनिधिमण्डल ओमानी अधिकारीसहित हुथीको राजनीतिक परिषद्का अध्यक्ष महदी अल–मशातसँग भेटवार्ता गर्न आएको समाचारमा उल्लेख छ। उक्त सम्झौता सन् २०२२ को अक्टोबरमा समाप्त भएको थियो।

‘यमनमा शान्ति स्थापनाका लागि ओमानको मध्यस्थता प्रयासको एक हिस्साको रूपमा यो कदम चालिएको हो’, विज्ञप्तिमा लेखिएको छ। यमन र साउदी दुवैसँग सीमा जोडिएको ओमान संयुक्त राष्ट्रसंघको शान्ति प्रयाससँग समन्वय गरी यमनमा युद्धविरामका लागि लागिपरेको छ।

यमनी सुरा परिषद्का सदस्य तथा हुथी समूहका प्रमुख नेता मोहम्मद अल बुखैतीले सिन्ह्वालाई बताएअनुसार यमनका लागि साउदी राजदूत मोहम्मद अल जाबेर प्रतिनिधिमण्डल प्रमुखका रूपमा शनिबार यमनको राजधानी आइपुगेका हुन्। हुथी समूहले शनिबार पनि साउदीले रिहा गरेका १३ जना युद्धबन्दीलाई साउदी कैदीको बदलामा प्राप्त गरेको बताएको थियो।

विशेष गरी साउदी अरब र इरानबीच तनाव कम गर्न र कूटनीतिक सम्बन्ध पुनः स्थापित गर्न हालैका चिनियाँ प्रयासहरू पछि यमनमा युद्ध अन्त्यका लागि शान्ति प्रयासहरू बढ्दै गएका छन्। यमनमा सन् २०१४ को अन्त्यतिर हुथी लडाकू समूहले उत्तरी क्षेत्रका धेरै सहर आफ्नो नियन्त्रणमा लिएको थियो। यससँगै साउदीसमर्थित यमन सरकारलाई राजधानी सानाबाट बाहिर निकाल्न बाध्य पारेपछि यमनमा द्वन्द्वले उत्कर्ष रूप लिएको थियो।

साउदी नेतृत्वको गठबन्धनले सन् २०१५ मा यमन सरकारलाई समर्थन गर्न यमनमा हस्तक्षेप गरेको थियो। यस युद्धले १० औंं हजार जनाको ज्यान लिइसकेको छ। ४० लाख व्यक्ति विस्थापित भएका छन्। युद्धले देशलाई भोकमरीको संघारमा पुर्‍याएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
दुईजना व्यक्ति । एक अर्बपति र अर्का इन्जिनियर । दुवैले गत सेप्टेम्बर १२ मा एलन मस्कको कम्पनी स्पेस एक्सको पोलारिस डन अन्तरिक्ष मिशनमार्फत अन्तरिक्षमा हिंडेर (स्पेसवाक) गरेर कीर्तिमान कायम गरे । ड्रयागन क्याप्सुलबाट पृथ्वीभन्दा ७३७ किलोमिटर माथि अन्तरिक्षमा पुगेर उनीहरू बाहिर निस्किए र पृथ्वीलाई अभिवादन गरे । व्यवसायिक अन्तरिक्षयात्री बाहेकले स्पेसवाक गरेको यो नै पहिलो घटना ...
। अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ०.५० प्रतिशत विन्दुले ब्याजदर कटौती गरेको छ । फेडरल ओपन मार्केट कमिटी (एफओएमसी)ले हालको सन्दर्भ ब्याजदरमा ०.५० प्रतिशत कटौतीको निर्णय गरेको हो । कोभिड १९ सुरुवातपछि पहिलो पटक फेडले ब्याजदर कटौती गरेको हो । यो निर्णयपछि फेडरल ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्मको सीमामा झरेको छ । यसअघि यस्तो दर ५.२५ ...
महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले विज्ञान जगतमा जुन योगदान गरे त्यसका लागि संसार अहिलेपनि उनीप्रति कृतज्ञ छ। मानिसहरुले आइन्स्टाइनलाई केवल एक वैज्ञानिकका रुपमामात्र होइन मानवताका लागि उनले गरेको योगदानका लागि समेत चिन्दछ । त्यसैले यो कुरा निश्चित छ कि उनीसँग जोडिएका हरेक कुरा अमूल्य छन् । हालै भएको एउटा घटनाले अल्बर्ट आइन्स्टाइनसँग सम्बन्धित चिजहरू कति महत्वपूर्ण र ...
: अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको फेरि हत्या प्रयास भएको छ। आगामी नोभेम्बर ५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प भएको स्थानमा फेरि गोली चलेको हो। ट्रम्पलाई उनको फ्लोरिडा गोल्फ क्लबमा आइतबार दोस्रो पटक हत्याको प्रयास भएको सीएनएनले जनाएको छ। हत्याको प्रयास भएको बेला ट्रम्प त्यतिबेला गल्फ खेल्दै थिए। अमेरिकी अधिकारीहरूका अनुसार पूर्व राष्ट्रपति ...
स्पेस एक्सको पोलारिस डन मिसनले नयाँ कीर्तिमान बनाएको छ । यो मिसनमार्फत् इतिहासमै पहिलोपटक पृथ्वीभन्दा ७ सय ३७ किलोमिटर माथि दुईजना आम मानिस अर्थात् गैर व्यवसायिक अन्तरिक्षयात्रीले अन्तरिक्षमा हिडेर कीर्तिमान कायम गरेका छन् । निजी अन्तरिक्ष मिसनमा रहेका यात्रीहरुले स्पेसवाक गरेको यो पहिलो पटक हो । अमेरिकाको केन्नेडी स्पेस सेन्टरबाट मंगलबार प्रक्षेपण भएको स्पेस एक्सको उक्त ...