इङ्लिस प्रिमियर लिग : लिभरपुल र आर्सनलको बराबरी
इङ्लिस प्रिमियर लिग : लिभरपुल र आर्सनलको बराबरी

: इङ्लिस प्रिमियर लिग लिडर आर्सनल ०–२ को अग्रता जोगाउन नसक्दा आइतबार राति लिभरपुलसँग २–२ गोलको बराबरीमा अल्झिएको छ। लिभरपुलको मैदानमा भएको खेलको आठौं मिनेटमा गाब्रियल मार्टिनेलीले गोल गर्दै भ्रमणकारी टिमलाई अग्रता दिलाएका थिए।


सुरुआती ३० मिनेटसम्म घरेलु टिममाथि हाबी बनेको आर्सनलले २८औं मिनेटमा गाब्रियल जिजसको गोलसँगै अग्रता दोब्बर पार्‍यो। मार्टिनेलीले नै दिएको पासलाई जिजसले गोलमा परिणत गरेका थिए।

सुरुआतमा दबाबमा परेको लिभरपुलले पलिहो हाफको अन्त्यतिर खेलमा फर्किने प्रभावकारी संकेत देखाएको थियो। सोही क्रममा पहिलो हाफको खेल सकिन तीन मिनेट बाँकी रहँदा मोहम्मद सालाहले गोल गर्दै स्कोरलाइन १–२ मा ल्याएका थिए।

दोस्रो हाफमा पनि आर्सनलको रक्षापंक्तिमाथि तीव्र दबाब कायम राखेको लिभरपुलले ५४औं मिनेटमा पेनाल्टी पाएको थियो। तर, सालाह त्यो पेनाल्टीमा गोल गर्न चुकेका थिए।

यद्यपि, निर्धारित ९० मिनेटको खेल सकिन तीन मिनेट बाँकी रहँदा रोबर्टो फिर्मिन्होले गरेको गोलसँगै लिरभपुलले बराबरी गर्‍यो।

बराबरीसँगै आर्सनलले शीर्ष स्थानमा ९ अंकको अग्रता बनाउने मौका गुमाएको छ। ३० खेलबाट ७३ अंक जोडेको आर्सनल दोस्रो स्थानको म्यानचेस्टर सिटीभन्दा ६ अंकले अगाडि छ।

तर, आर्सनलले सिटीको मैदानमा एक खेल खेल्न बाँकी नै छ भने सिटीले २९ खेल मात्रै खेलेको छ। यो बराबरीसँगै उपाधि दौड भने रोमाञ्चक बनेको छ।

बराबरीसँगै २९ खेलबाट ४४ अंक जोडेको लिभरपुल लिग तालिकाको आठौं स्थानमा छ।

आइतबार राति नै भएको खेलमा क्रिस्टल प्यालेसले लिड्स युनाइटेडलाई ५–१ गोलको नतिजामा पराजित गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...
। संकटा क्लबमाथि ३–० को जित निकाल्दै एपीएफ क्लबले महिला लिगमा छैटौं खेलसम्म अपराजित यात्रा कायम राखेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफलाई जिताउन सरु लिम्बू, अनिता केसी र सविता रानामगरले गोल गरे । खेलको १३ औं मिनेटमा रश्मीकुमारी घिसिङको उत्कृष्ट कट ब्याकलाई सरुले वान टचमै पोस्टको दिशा दिएर टिमलाई अग्रता दिलाइन् । एक मिनेट ...
– गुलशन झाले पाँच विकेट लिनुको साथै आक्रामक अर्धशतक प्रहार गर्दै सानदार अलराउण्ड प्रदर्शन गरेपनि नेपाल आईसीसी विश्वकप लिग२ मा ओमानसँग १ विकेटले पराजित भएको छ । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । ओमानलाई अन्तिम ६ बलमा जितको लागि ८ रन चाहिँएको थियो । सोमपालको पहिलो बलमा कलिमुल्लाहले एक ...
– नेपालका युवा अलराउण्डर गुलशन झाले आईसीसी विश्वकप लिग-२ मा ओमानसँग हारका बाबजुद प्लेयर अफ द म्याच अवार्ड पाएका छन् । नेपाल १ विकेटले पराजित भएपनि आक्रामक अर्धशतक प्रहार गरेका गुलशनले ५ विकेट लिदै खेललाई रोमान्चक बनाएका थिए । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । गुलशनले १० ओभरमा २ ...