मुख्य समाचार
‘द पोएट आइडल’ को उपाधि सिक्किमकी नीलम गुरुङलाई
‘द पोएट आइडल’ को उपाधि सिक्किमकी नीलम गुरुङलाई

काठमाडौं : नेपालकै पहिलो साहित्यसम्बन्धी रियालिटी शो ‘द पोएट आइडल’को उपाधि सिक्किमकी नीलम गुरुङले जितेका छन्। फिनालेमा पुगेका पल्लविव, नाथन रायान र मिल्सन राईलाई भोटमा पछि पार्दै नीलमले ‘पोएट आइडल’को उपाधि जितेकी हुन् । उपाधिसँगै निलमले १० लाख नगद पुरस्कार प्राप्त गरिन् ।


गत भदौदेखि डिजिटल अडिसन, फिजिकल अडिसन हुँदै भोटिङसम्म पुगेर फिनालेमा पुगेको थियो । अडिसनमा नेपालबाट १ सय ७२ र विदेशबाट ५० जना छनोट भएका थिए । यसरी छानिएका सहभागीमध्येबाट विभिन्न चरण पार गरेका १४ जना कविबाट दर्शक तथा स्रोताको भोट र निर्णायकको निर्णय सहित चार जना ग्राण्ड फिनालेमा पुगेका थिए ।

प्रतिस्पर्धामा सहभागी १४ कविका कविता समावेश भएको पुस्तक पनि लोकार्पण गरिएको छ।

यसैबीच अन्नपूर्ण मिडिया ग्रुपका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले पोइट आइडलको पहिलो संस्करणको समापन गर्दै नेपाल आइडलको पाँचौ संस्करण छिट्टै सुरु हुने घोषणा गरेका छन्। null

एपी वान टेलिभिजनले समाचारका साथै अन्तर्राष्ट्रियस्तरका फ्रेन्चाइज शोहरूमार्फत आम दर्शकलाई सूचना तथा मनोरञ्जन प्रदान गर्दै आएको छ। आगामी दिनमा पनि एपी वान टेलिभिजनले दर्शकका रोजाई र चाहना अनुसारका कार्यक्रम प्रस्तुत गर्दै जाने अध्यक्ष थापाले प्रतिबद्धता जनाए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। भारतको महाराष्ट्रको दल एनसीपी अजित पवार गुटका नेता तथा महाराष्ट्र सरकारका पूर्वमन्त्री बाबा सिद्दिकीको शनिबार राति गोली हानी हत्या गरिएको थियो । लरेन्स ग्याङले यसको जिम्मेवारी लिएको छ । सिद्दिकीको हत्यापछि उनी निकटवर्ती अभिनेता सलमान खानको सुरक्षा बढाइएको छ । राजनीतिमा रुचि नभएका मानिसले बाबा सिद्दिकीलाई उनको इफ्तार पार्टीका लागि चिन्थे । हरेक वर्ष रमजानको ...
। बहुचर्चित फिल्म ‘ओपेनहाइमर’बाट गतवर्ष अस्कर अवार्ड जितेका निर्देशक क्रिस्टोफर नोलनले नयाँ फिल्ममा युनिभर्सल स्टुडियोसँग सहकार्य गर्ने पक्का भएको छ । भेराइटी म्यागजिनका अनुसार ‘ओपेनहाइमर’ र ‘इन्टरस्टेलर’जस्ता फिल्ममा अभिनय गरेका स्टार अभिनेता म्याट डेमन शीर्ष भूमिकामा देखिन सक्छन् । नोलनकै पटकथा लेखन रहने यो फिल्मको निर्माणमा उनले एम्मा थोमससँग सहकार्य गर्ने र फिल्म सिन्कोप ब्यानरमा निर्माण हुने ...
। भारतीय गायक जुबिन नौटियालले मंसिर २९ गते पहिलोपटक नेपालमा सांगीतिक प्रस्तुति दिने भएका छन् । बलिउडका चर्चित पार्श्व गायक समेत रहेका उनले सामाजिक सञ्जालबाट यसबारे जानकारी दिएका छन् । काठमाडौंको हायात रिजेन्सी ग्राउन्डमा उनको लाइभ प्रस्तुति रहने जनाइएको छ । यो च्यारिटी कन्सर्टबाट प्राप्त हुने रकम अटिजम भएका व्यक्तिका लागि खर्च गरिने भएको छ । एन-अटिजम ...
। पपस्टार रिहानालाई उछिन्दै टेलर स्वीफ्ट संसारकै धनी महिला संगीतकर्मी बनेकी छन् । फोर्ब्स म्यागजिनका अनुसार गत वर्षको बहुचर्चित ‘इरास टुर’पछि उनको सम्पत्तिमा वृद्धि भएको हो । ३४ वर्षीया गायिका स्वीफ्टको कुल सम्पत्ति १.६ बिलियन डलर पुगेको छ । फोर्ब्सको विश्वका अर्बपतिको सूचीमा स्वीफ्ट २ हजार ११७ औं स्थानमा छिन् । अर्बपति गायिका रिहानाको सम्पत्ति चाहिं ...
। बहुप्रतीक्षित मानिएको ‘जोकर २’ ले खराब ओपनिङ गर्दा हलिउड स्तब्ध बनेको छ । अपेक्षा विपरीत फिल्मले अन्तर्राष्ट्रिय बजारमा निराशाजक सुरुवात गर्‍यो । १९० मिलियन डलरको लागतमा बनेको फिल्मले शुक्रबार उत्तर अमेरिकामा ४ हजार १०२ बजारबाट २० मिलियन डलर मात्र कमाउन सक्यो । रिलिजअघि फिल्मले ५० देखि ६५ मिलियन डलरको ओपनिङ गर्ने प्रक्षेपण गरिएको थियो । पहिलो ...